सामग्रीमा जानुहोस्

गौरादह नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गौरादह नगरपालिका
गौरादह नगरपालिका मा पर्दछ कोशी प्रदेश
गौरादह नगरपालिका
कोशी प्रदेशको नक्सामा गौरादह नगरपालिकाको अवस्थिति
गौरादह नगरपालिका मा पर्दछ नेपाल
गौरादह नगरपालिका
गौरादह नगरपालिका (नेपाल)
निर्देशाङ्क: २६°३४′N ८७°४३′E / 26.56°N 87.72°E / 26.56; 87.72
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाझापा
स्थापित२०७२ असोज १
सरकार
  अध्यक्षछत्रपति सुवेदी (नेकपा (एमाले))
  उपाध्यक्षजलवर्षा राजवंशी (नेकपा (एमाले))
क्षेत्रफल
  जम्मा१४९.८६ किमी (५७.८६ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा६०,४५१
  घनत्व४००/किमी (१०००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०२३
वेबसाइटआधिकारिक वेबसाइट

गौरादह नगरपालिका झापाका ८ वटा नगरपालिकाहरू मध्ये एक हो।[] गौरादह दमक नगरपालिकागौरीगन्जको मध्यभागमा रहेको छ। यो नगरपालिका झापा क्षेत्र नम्बर ६ मा पर्छ। गौरादह जानलाई दमकबाट २ कि.मि.पुर्ब पडाजुगीबाट १० कि.मि. दक्षिण जानु पर्छ। गौरादह बजारमा सुन्दर पोखरीहरू रहेका छन्। स्थानीय विकास मन्त्रालयले २०७२ असोज १ गते २६ वटा नयाँ नगरपालिका थप्दा झापा जिल्लामा महारानीझोडा, जुरोपानी, कोहवरा, बैगुन्धुरा र साबिकको गौरादह गरी ५ गाउँ विकास समितिहरूलाई समेटेर गौरादह नगरपालिका घोषणा गरिएको थियो।[] गौरादह नगरपालिकाको केन्द्र भने साविक गौरादह गाउँ विकास समितिको धोबिनिया चोक नजिक वडा नं ४ र ७ को बिचमा रहको छ।

महारानीझोडा, जुरोपानी, कोहवरा, बैगुन्धुरा र साबिकको गौरादह गरी यी ५ गाउँ विकास समितिहरूलाई मिलाएर गौरादह नगरपालिका बनाइएको हो।[] राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार गौरादह नगरपालिकाको कुल जनसङ्ख्या ६०,४५१ रहेको छ भने यहाँ १४,८४६ घरधुरी रहेका छन्।[]

वडागत विभाजन र जनसङ्ख्या

[सम्पादन गर्नुहोस्]

नेपालको बाह्रौँ राष्ट्रिय जनगणना, २०७८ अनुसार गौरादह नगरपालिकाको कुल जनसङ्ख्या ६०,४५१ रहेको छ। यस नगरपालिकालाई ९ वटा वडाहरूमा विभाजन गरिएको छ। नगरपालिकाको वडागत विवरण, क्षेत्रफल र जनघनत्वको विस्तृत तथ्याङ्क तलको तालिकामा दिइएको छ:

गौरादह नगरपालिकाको वडागत विभाजन, जनसङ्ख्या र जनघनत्व (२०७८)
वडा नं.समावेश साविकका वडाहरू/गाविसहरूजनसङ्ख्या (२०७८)क्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
गौरादह (१-३,९)९,७८०१५.४७६३२.१९
गौरादह (६-८)४,९३३८.४५८७.२६
गौरादह (४-५)४,७१३९.५२४९५.०६
महारानीझोडा (१-५,९)७,४६११६.०२४६५.७३
महारानीझोडा (२-४), कोहवरा (१-२)८,१३८२३.३९३४७.९३
कोहवरा (३-९)६,६७७२१.८९३०५.०३
जुरोपानी (४-८)६,८७५१७.१२४०१.५८
जुरोपानी (१-३,९)५,५९९११.५३४८५.६०
बैगुन्धुरा६,२७५२६.५६२३६.२६
जम्मा६०,४५११४९.९४०३.२८

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन
  4. "गौरादह नगरपालिका घोषण, स्थानियबासिन्दामा खुसियाली", स्वतन्त्र खबर, २०७२ असोज १, अन्तिम पहुँच २०७२ असोज १[स्थायी मृत कडी]
  5. "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२ अभिलेखिकरण २०१५-०२-१३ वेब्याक मेसिन