सामग्रीमा जानुहोस्

बिर्तामोड नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बिर्तामोड नगरपालिका
बिर्तामोड मुक्ति चौक
बिर्तामोड मुक्ति चौक
उपनाम: 
बिर्तामोड
बिर्तामोड नगरपालिका कोशी प्रदेश मा अवस्थित छ
बिर्तामोड नगरपालिका
बिर्तामोड नगरपालिका
नेपालमा रहेको बिर्तामोड नगरपालिका
निर्देशाङ्क: २६°३८′उ ८७°५९′पू / 26.633°N 87.983°E / 26.633; 87.983
देश नेपाल
प्रदेशकोशी
जिल्लाझापा
सरकार
  नगरप्रमुखपवित्रादेवी महतारा (नेकपा (एमाले))
  उपप्रमुखनगेन्द्रप्रसाद सङ्ग्रौला (नेकपा (एमाले))
क्षेत्रफल
  जम्मा७८.२४ किमी (३०.२१ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा११६,१९२
  घनत्व१५००/किमी (३८००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
पोस्टल कोड
५७२०४
क्षेत्रीय सङ्केत+९७७-२३
वेबसाइटआधिकारिक वेबसाइट

विर्तामोड नेपालको कोशी प्रदेशको झापा जिल्लाको एक नगरपालिका हो। यो झापा जिल्लामा अवस्थित एउटा प्रसिद्ध व्यापारिक केन्द्र हो। पूर्व पश्चिम जोडने महेन्द्र राजमार्गमा पर्ने यो बजार झापा जिल्लाको सबैभन्दा महत्त्वपूर्ण वाणिज्य केन्द्र हो। बिर्तामोडलाई झापाको मुटुपनि भनिन्छ। २०७१ वैशाख २५ मा, नगरपालिका घोषणा गर्दा अनारमनीचारपाने गाउँ विकास समितिहरू समावेश गरिएका थिए भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा गरामनी गाविस यसमा गाभिएको थियो। प्राचिन कालको बिर्ता बजारलाई हाल अनारमनि भनिन्छ। बिर्ता बजारतिर मोडिने ठाउँ भएकोले यो ठाउँको नाम बिर्तामोड रहेको भएतापनि अहिले बिर्ता बजारको अस्तित्व पनि बिर्तामोडमा नै बिलिन भैसकेको छ।[]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार बिर्तामोड नगरपालिकाको कुल जनसङ्ख्या १,१६,१९२ रहेको छ भने यहाँ २९,८५२ घरधुरी रहेका छन्।[]

बिर्तामोड नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
चारपाने (१)१३,७०७२.९७४६१५.१५
चारपाने (२-९)१३,४१५१४.५१९२४.५३
अनारमनी (५-९)१३,२८३५.९८२२२१.२४
अनारमनी (२-४)१६,६६८२.०४८१७०.५९
अनारमनी (३)२२,४८४२.६६८४५२.६३
अनारमनी (१)८,७१०७.७८१११९.५४
गरामनी (१-२)८,२७३८.४६९७७.८९
गरामनी (३-५)५,९३७८.५१६९७.६५
गरामनी (६-८)५,५४६८.९३६२१.०५
१०गरामनी (९)८,१६९१६.४४९८.११
जम्मा१,१६,१९२७८.२४१४८५.०७

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  2. कृष्ण ज्ञवाली, बलराम बानियाँ (२०७१ वैशाख २५), "थप ७२ नगरपालिका घोषणा (सूचिसहित)", कान्तिपुर पोस्ट, कान्तिपुर पोस्ट, अन्तिम पहुँच वैशाख २५ अभिलेखिकरण २०१४-१०-२३ वेब्याक मेसिन