बिर्तामोड नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बिर्तामोड नगरपालिका
बिर्तामोड मुक्ति चौक
बिर्तामोड मुक्ति चौक
उपनाम: 
बिर्तामोड
देश नेपाल
विकास क्षेत्रपुर्वाञ्चल
अञ्चलमेची
जिल्लाझापा
सरकार
 • मेयरध्रुव कुमार शिवाकोटी
 • उपमेयरपवित्रा महतारा प्रसाई
जनसङ्ख्या
 (नेपालको राष्ट्रिय जनगणना बि.स.२०६८)[१]
 • जम्मा६०,१७४
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
पोस्टल कोड
५७२०४
क्षेत्रीय सङ्केत+९७७-२३
वेबसाइटwww.birtamodmun.gov.np

विर्तामोड नेपालको मेची अञ्चलको झापा जिल्लाको एउटा नगरपालिका हो । यो झापा जिल्लामा अवस्थित एउटा प्रसिद्ध व्यापारिक केन्द्र हो । पूर्व पश्चिम जोडने महेन्द्र राजमार्गमा पर्ने यो बजार झापा जिल्लाको सबैभन्दा महत्त्वपूर्ण वाणिज्य केन्द्र हो । बिर्तामोडलाई झापाको मुटुपनि भनिन्छ । पहिले अनारमनी गाविसमा रहेको यो व्यापारिक केन्द्र २०७१ जेष्ठ ४ गतेदेखि नगरपालिकामा परिणत भएको हो । अनारमनि चाहिँ बिर्तामोड चोकबाट करिव २ किलोमिटर दक्षिणमा अवस्थित बजार हो । यसलाई नगरपालिका घोषणा गर्दा अनारमनीचारपाने गाउँ विकास समितिहरू समावेश गरिएका हुन् । प्राचिन कालको बिर्ता बजारलाई हाल अनारमनि भनिन्छ । बिर्ता बजारतिर मोडिने ठाउँ भएकोले यो ठाउँको नाम बिर्तामोड रहेको भएतापनि अहिले बिर्ता बजारको अस्तित्त्व पनि बिर्तामोडमा नै बिलिन भैसकेको छ । बिर्तामोड धेरै सम्भावना बोकेको सुदुर पुर्वको एक शहर हो । अहिले याँहा विकासको क्रान्ति सुरु भइसकेको छ, र देखिन पनि थाल्यो ।[२]

जनसङ्ख्या[सम्पादन गर्नुहोस्]

यो नगरपालिका अनारमनी र चारपाने मिलेर बनेको हो। त्यसैले बि.स.२०६८ को जनगणना अनुसार दुई ठाउँको जनसङ्ख्यालाई जोडेर ६०,१७४ रहेको छ ।[१]

चित्रहरु[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२ 
  2. कृष्ण ज्ञवाली, बलराम बानियाँ (२०७१ वैशाख २५), "थप ७२ नगरपालिका घोषणा (सूचिसहित)", कान्तिपुर पोस्ट, कान्तिपुर पोस्ट, अन्तिम पहुँच वैशाख २५ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]