बिर्तामोड नगरपालिका

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(अनारमनी बाट पठाईएको)
Jump to navigation Jump to search
बिर्तामोड नगरपालिका
Birtamode city of jhapa district2.JPGबिर्तामोड मुक्ति चौक
उपनाम(हरू): बिर्तामोड
बिर्तामोड नगरपालिका Nepal-এ অবস্থিত
बिर्तामोड नगरपालिका
बिर्तामोड नगरपालिका
नेपालमा रहेको बिर्तामोड नगरपालिका
निर्देशाङ्क (बिर्तामोड): २६°३८′ उत्तर ८७°५९′ पूर्व / २६.६३३° उत्तर ८७.९८३° पूर्व / 26.633; 87.983निर्देशाङ्क: २६°३८′ उत्तर ८७°५९′ पूर्व / २६.६३३° उत्तर ८७.९८३° पूर्व / 26.633; 87.983
देश  नेपाल
विकास क्षेत्र पुर्वाञ्चल
अञ्चल मेची
जिल्ला झापा
सरकार
 - मेयर ध्रुव कुमार शिवाकोटी
 - उपमेयर पवित्रा महतारा प्रसाई
जनसङ्ख्या (नेपालको राष्ट्रिय जनगणना बि.स.२०६८)[१]
 - जम्मा ६०,१७४
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+५:४५)
पोस्टल कोड ५७२०४
टेलिफोन कोड +९७७-२३
वेबसाइट www.birtamodmun.gov.np

विर्तामोड नेपालको मेची अञ्चलको झापा जिल्लाको एउटा नगरपालिका हो । यो झापा जिल्लामा अवस्थित एउटा प्रसिद्ध व्यापारिक केन्द्र हो । पूर्व पश्चिम जोडने महेन्द्र राजमार्गमा पर्ने यो बजार झापा जिल्लाको सबैभन्दा महत्वपूर्ण वाणिज्य केन्द्र हो । बिर्तामोडलाई झापाको मुटुपनि भनिन्छ । पहिले अनारमनी गाविसमा रहेको यो व्यापारिक केन्द्र २०७१ जेष्ठ ४ गतेदेखि नगरपालिकामा परिणत भएको हो । अनारमनि चाहिँ बिर्तामोड चोकबाट करिव २ किलोमिटर दक्षिणमा अवस्थित बजार हो । यसलाई नगरपालिका घोषणा गर्दा अनारमनीचारपाने गाउँ विकास समितिहरू समावेश गरिएका हुन् । प्राचिन कालको बिर्ता बजारलाई हाल अनारमनि भनिन्छ । बिर्ता बजारतिर मोडिने ठाउँ भएकोले यो ठाउँको नाम बिर्तामोड रहेको भएतापनि अहिले बिर्ता बजारको अस्तित्त्व पनि बिर्तामोडमा नै बिलिन भैसकेको छ । बिर्तामोड धेरै सम्भावना बोकेको सुदुर पुर्वको एक शहर हो । अहिले याँहा विकासको क्रान्ति सुरु भइसकेको छ, र देखिन पनि थाल्यो ।[२]

जनसङ्ख्या[सम्पादन गर्ने]

यो नगरपालिका अनारमनीचारपाने मिलेर बनेको हो। त्यसैले बि.स.२०६८ को जनगणना अनुसार दुई ठाउँको जनसङ्ख्यालाई जोडेर ६०,१७४ रहेको छ ।[१]

चित्रहरु[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. १.० १.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२ 
  2. कृष्ण ज्ञवाली, बलराम बानियाँ (२०७१ वैशाख २५), "थप ७२ नगरपालिका घोषणा (सूचिसहित)", कान्तिपुर पोस्ट, कान्तिपुर पोस्ट, अन्तिम पहुँच वैशाख २५ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]

ढाँचा:नेपालका नगरपालिकाहरू