सामग्रीमा जानुहोस्

शनि-अर्जुन नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
शनि-अर्जुन नगरपालिका
देश नेपाल
विकास क्षेत्रपश्चिमाञ्चल
अञ्चलमेची
जिल्लाझापा
जनसङ्ख्या
 (नेपालको राष्ट्रिय जनगणना बि.स.२०६८)[]
 • जम्मा४५,१७४
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
पोस्टल कोड
५७२०४
क्षेत्रीय सङ्केत+९७७-२३

शनि-अर्जुन नेपालको मेची अञ्चलको झापा जिल्लाको एउटा नगरपालिका हो । यो झापा जिल्लामा अवस्थित धार्मिक तथा पर्यटकीय स्थलको साथै पुरानो व्यापारिक केन्द्र हो । शनिश्चरेअर्जुनधारा गाविस मिलेर शनि-अर्जुन नगरपालिका बनेको हो । कन्काईबिर्तामोडको बिचमा रहेको यो नगरपालिका पूर्व पश्चिम जोडने महेन्द्र राजमार्गको उत्तरमा अवस्थित छ । शनिश्चरे बजार भएको ठाँउलाई नगरपालिकाको केन्द्र बनाइएको छ । यो नगरपालिका मा पर्ने अर्जुनधारा पुर्बको एक ठूलो धार्मिक स्थल हो।[]

शनिश्चरे र अर्जुनधारा गाविस मिलेर शनि-अर्जुन नगरपालिका बनेको हो। त्यसैले बि.स.२०६८ को जनगणना अनुसार दुई ठाउँको जनसङ्ख्यालाई जोडेर ४५,१७४ रहेको छ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. १.० १.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१४-१०-२६ मिति
  2. कृष्ण ज्ञवाली, बलराम बानियाँ (२०७१ वैशाख २५), "थप ७२ नगरपालिका घोषणा (सूचिसहित)", कान्तिपुर पोस्ट, कान्तिपुर पोस्ट, अन्तिम पहुँच वैशाख २५  वेब्याक मेसिन अभिलेखिकरण २०१४-१०-२३ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस

[सम्पादन गर्नुहोस्]