सुरुङ्गा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
सुरुङ्गा
—  गाउँ विकास समिति  —
सुरुङ्गा नेपाल-এ অবস্থিত
सुरुङ्गा
सुरुङ्गा
झापा जिल्लामा रहेका गा.बि.स.
निर्देशाङ्क: २६°४०′उत्तर ८७°५४′पूर्व / २६.६६° उत्तर ८७.९०° पूर्व / 26.66; 87.90निर्देशाङ्क: २६°४०′उत्तर ८७°५४′पूर्व / २६.६६° उत्तर ८७.९०° पूर्व / 26.66; 87.90
देश नेपाल
जनसङ्ख्या (बि.स.२०५८)
 - जम्मा १६,७४७
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+५:४५)
टेलिफोन कोड ०२३
सुरुङ्गा बजार झापा रोड

सुरुङ्गा झापा जिल्लाको कन्काई नगरपालिकामा पर्ने एक व्यापारिक केन्द्र हो। पहिले सुरुङ्गा गाउँ विकास समितिको रूपमा रहेको यो ठाउँ र तत्कालिन सुरुङ्गा र घैलाडुवा गाविस मिलेर वि.स. २०७१ जेठदेखि कन्काई नगरपालिका बनेको हो।[१] यो ठाँउ कन्काई नदिको पुर्वी तटमा अवस्थित छ। यो जिल्लाको मध्यभागमा रहेको एउटा महत्वपूर्ण स्थान हो । ऐतिहासिक, धार्मिक, पौराणिक एवं पर्यटकीय दृष्टिबाट यो स्थान उल्लेख्य रहेको छ तापनि अद्यावधि यसको अध्ययन, अनुसन्धान हुन सकेको देखिदैन।

सुरुङ्गा शब्दको व्युत्पत्तिगत अर्थ पहिल्याउँदै जाँदा महाभारत कालसम्म पुग्न सकिन्छ । सो समयमा पाँच पाण्डवद्वारा सुरुङ खनिएको क्षेत्र भएकाले यसको नाम सुरुङ्गा भएको हुनसक्ने प्रशस्त आधारहरू छन् । “सुरुङ्गा” अथवा “सुरङ्गा” शब्दको अर्थ सुरुङमार्ग हो । [२]

सुरुङ्गा र यसको ऐतिहासिक महत्त्व[सम्पादन गर्ने]

उहिल्यै सुरुङ्गा खोला धेरै गहिरिएर बगेको थियो” । सुरुङ्गाका आदिवासी सन्थालहरूको भनाइ पनि यस्तै रहिआएको पाइन्छ । यस पङ्क्तिकारले आजभन्दा ४० वर्षअघि सुरुङ्गा धेरै गहिरो सतहमा बगेको देखेको थियो । आज पनि अन्य खोलाका तुलनामा यो खोलो गहिरिएरै बगेको छ । यस दृष्टिबाट पनि यहाँ सुरुङमार्ग थियो भन्न सकिन्छ । सुरुङ्गा क्षेत्र र यसको उत्तरमा रहेको पहाड अनि त्यसको उत्तरमा रहेको “गरुवा”लाई पाण्डवहरू गुप्तवास बसेका बेला उपभोग गरिएका स्थानका रूपमा लिन सकिन्छ । “गरुवा” को शब्दगत व्युत्पत्तिलाई हेर्दा पनि यसको पुष्टि हुन आउँछ । उदाहरणका लागि “गो + हरा”=“गोहरा” भएको र अपभ्रंश हुँदै “गोरुवा”>“गरुवा” शब्द प्रचलनमा आएको हुनसक्छ । यसरी हेर्दा “गरुवा” भन्ने ठाउँ नै विराट राजाका गाई हराएको ठाउँ हो भन्ने कुरा पुष्टि हुन आउँछ । अर्का कुरा सुरुङ्गा क्षेत्रकै पूर्व–उत्तरमा रहेको लुकानी भन्ने स्थानमा विराट राजाका गाईहरू हरण गरेर लुकाइएको हो भन्ने कुरा यस क्षेत्रका वयोबृद्ध व्यक्तित्वहरूबाट सुनिदै आएको छ । सुरुङ्गा (सुरुङ्गा) शब्द बह्वर्थक देखिन्छ । मूलतः “सुरुङमार्ग” भन्ने नेपाली अर्थ बोकेको सुरुङ्गा को अर्को अर्थ पनि लाग्छ । महाभारत कालमा यसलाई सुरगङ्गा भनिन्थ्यो । “सुरगङ्गा” लाई षष्ठी तत्पुरुष समास अन्तर्गत “सुरस्य गङ्गा” “सुरगङ्गा” भनेर विग्रह गर्न सकिन्छ । त्यही “सुरगङ्गा” अपभ्रंश भएर अर्थात् “ग” लोप भएर “सुरङ्गा” (सुरुङ्गा) भएको हो । “सुरगङ्गा” को व्युत्पत्तिगत अर्थ हुन्छ “देवगङ्गा” । भागिरथी गङ्गालाई “सुरगङ्गा”का रूपमा पवित्र मानेझैं यसलाई पनि सोही पवित्र नाम दिइएको हुनसक्छ । अर्को कुरा पाँच पाण्डवद्वारा खनिएको सुरुङमार्गबाट यो नदी बगेको र कुनै समयमा पवित्र माई (कनकाई) गङ्गा समाहित भएर बगेको कारणबाट पनि यो नदी “सुरगङ्गा”का नामबाट प्रख्यात भएको हुनसक्छ । यसरी हेर्दा पनि “सुरुङ्का” को महाभारतकालीन महत्व रहेको कुरा स्पष्ट हुन्छ ।

सुरुङ्गा क्षेत्रको अर्को पौराणिक महत्व पनि छ । महाभारत पर्वत श्रृङ्खलाको काखमा रहेको यसै भूमिको आसपासमा गाण्डिव धनुर्धारी अर्जुनले कठोर तपस्या गरेको, किरातेश्वर महादेव र तपस्वी अर्जुनको लडाइ भएको, धनुको टुप्पो (धनुषकोटि) शिवमा लय भएको, शिवलाई चिनेर अर्जुनले स्तुति गरेको, सो स्तुतिबाट प्रसन्न भई शिवजीले अर्जुनलाई वरदान दिएको र सो क्षेत्रलाई “धनुषकोटि महातीर्थ”का रूपमा शिव भगवान् स्वयंले उद्धोष गर्नुभएको कुरा हिमवत्खण्ड र शिव पुराणमा वर्णित छ ।[३]उपर्युक्त विविध प्रसङ्गहरूबाट “सुरुङ्गा” क्षेत्र पुराण कालीन एवं महाभारत कालीन प्राग्भूमि हो भन्ने कुरा प्रस्ट भएको छ ।

सुरूङ्गा बजार चित्र दीर्घा[सम्पादन गर्ने]

भौगोलिक अवस्था[सम्पादन गर्ने]

यो कन्काई नगरपालिकामा पर्दछ । सुरुङ्गाले ५७ बर्गकिलोमिटर ओगटेकोछ । यसका सिमानामा उत्तरमा खुदुनाबारि,पूर्वमा अर्जुनधारा र घैलाडुबा,पश्चिममा कन्काई नदी, सतासीधाम र शिवगन्ज तथा दक्षिणमा शरणामति छन् ।

शैक्षिक अवस्था[सम्पादन गर्ने]

सुरुङ्गा क्षेत्रको शैक्षिक गतिविधिलाई हेर्ने हो भने यहा उल्लेख्य रूपमा विद्यालय तथा कलेजहरु सन्चालित भएका छन् । कनकार्इ उच्च माध्यमिक विद्यालय तथा सरस्वती माध्यमिक विद्यालय गरी दुईवटा सामुदायिक माध्यमिक विद्यालयहरू एवम् ८ वटाको सङ्ख्यामा प्राथमिक विद्यालयहरू स्थापित छन् । साथै ८ वटा सस्थागत विद्यालयहरू पनि सन्चालनमा रहेका छन् । उच्च शिक्षाका लागि यहाँकाेकनकाई बहुमुखी क्याम्पसले ठुलो भूमिका निर्वाह गरेको छ । यस क्याम्पसमा स्नातकोत्तर तह सम्मको आध्यापन हुने गर्दछ ।

साहित्यिक अवस्था[सम्पादन गर्ने]

सुरुङ्गा क्षेत्रका धार्मिक एवं पर्यटकीय स्थलहरू[सम्पादन गर्ने]

सुरुङ्गा क्षेत्रमा विभिन्न धार्मिक तथा ऐतिहासिक स्थलहरू रहेका छन् । जसमध्ये कोटिहोम धाम, राधाकृष्ण मन्दिर, श्री कृष्ण प्रणामी सत्सङ्ग सेवा आश्रम, कविर मन्दिर, गायत्री मन्दिर , श्री सत्य साई भजनसमूह, आर्य समाज, वशिष्ठ भन्डारी समाज, लक्ष्मीनारायण मन्दिर (गैडे, सतासीधाम), घनुषकोटि घाम (दोमुखा पूर्वीतट) , गायत्री मन्दिर (चम्पापुर, घैलाडुब्बा), दुर्गामन्दिर (सुरुङ्गा ५), सर्वेश्वर महादेव मन्दिर (सुरुङ्गा ९, एकान्त टोल), जलेश्वर शिव मन्दिर (शिबगन्ज ५), दुर्गा मन्दिर (शिवगन्ज ५), गरमकाली मन्दिर (सुरुङ्गा ३), श्री दुर्गा भगवती मन्दिर (सुरुङ्गा १, दुर्गापुर), श्री शिव पाञ्चायन मन्दिर (घैलाडुब्बा १ दुर्गापुर), कृष्णप्रणामी मन्दिर (सुरुङ्गा गाविस वडा ९), सरस्वती भवन र निर्मित अवस्थामा सरस्वती मन्दिर (सुरुङ्गा गाविस वडा ९), गोकर्णेश्वर शिव पाञ्चायन मन्दिर (सुरुङ्गा ७ तुलसीबारी), जामुन खाडी (सुरुङ्गा ३) आदि मुख्य पर्दछन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "थप ७२ नयाँ नगरपालिका", अन्तिम पहुँच मे १८  |accessyear= प्यारामिटर ग्रहण गरेन (सहायता)
  2. आप्टे, वामन शिवराम (र्इ.१९६९ : १११६), संस्कृत हिन्दी कोश, दिल्ली : मोतीलाल बनारसीदास पब्लिसर्स
  3. सिग्देल,आनन्दप्रसाद (२०६७), हिमवत्खण्ड महात्म्यम्, झापा : आनन्दप्रसाद सिग्देल

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]