सन्थाल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

परिचय[सम्पादन गर्ने]

पूर्वी नेपालको झापा,मोरङ,सूनसरी जिल्लाहरूमा परापूर्व कालदेखि स्थायी रूपमा बसोबास गर्ने 'सन्थाल'आफ्नो छूट्टै मौलिक पहिचान भएको जाती समूदाय हो।सन्थाल नेपाल सरकार व्दरा सूचिकृत 59 आदिवासी जनजाति मध्ये एक हो।यस समूदायको छूट्टै आफ्नो संस्कारसंस्कृति,भेषभूषा,साहित्य,भाषालिपी ले गर्दा सांस्कृतिक रूपमा धनि मानिन्छन् र यी कूराहरूले गर्दा महत्वपूर्ण स्थान ओगटेको छ।आफूलाई प्रकृतिका पूजारी मान्ने यो समूदाय सालको रूखलाई पवित्र मान्दछन्।'ठाकूर'लाई अर्थात् बिष्णू लाई प्रमूख देवता मान्ने यो समूदायले पूजा गर्ने स्थानलाई 'मान्झिथान'र 'जाहेरथान'भनिन्छ।गाउँमा एउटा मूखिया हून्छ त्यसलाई'मान्झिहाडाम'भन्दछन।तीरधनूष यस जातीको प्रमूख हतियार हो।यस जातीमा बाह्र वटा थरहरू हून्छन्।ती थरहरूबाट नै सन्थाल हो भनी पहिचान गर्न सकिन्छ।

2068 को जनगणना अनूसार यो जातीको संख्या करिब 52000 सरकारी तथ्यांक भएतापनि एक लाख भन्दा माथि जनसङ्ख्या रहको अनूमान छ।आर्थिक,सामाजिक तथा राजनितीक रूपमा पिल्सिएका राज्यव्दरा पछाडी पारिएको कारण राज्यको मूलधारमा अवसर पाएके छैन्न।सामाजिक बहिष्करणमा परेको सन्थाल समूदायलाई राज्यको मूलधारका समूदाय सरह अवसर दिए राष्ट्रनिर्माणमा ठूलो योगदान पूग्छ।

सन्थाल भाषालिपि[सम्पादन गर्ने]

सन्थाल जातीको आफ्नो छूट्टै भाषा र लिपि छ।सन्थाल जातिले बोल्ने भाषालाई 'सन्थाली' भनिन्छ,सन्थालहरूले घरमा आफ्नै मातृभाषा प्रयोग गर्छन।पूजा गर्ने बेलामा पनि आफ्नै भाषामा मन्त्र पढ्छन।

सन्थालहरूको आफ्नो छूट्टै लिपि पनि छ जसलाई'ओल चिकी /ओल चेमेत्'भनिन्छ।यस लिपिको अविष्कार पण्डित रघूनाथ मूर्म ले गरेका थिए जून सन् 1925 मा बैज्ञानिक मान्यता पाएको थियो।अल सिकि मा जम्मा तीस वटा वर्णमाला हून्छन् जसमा छ वटा स्वर वर्ण र चौबिस वटा व्यञ्जनवर्ण हून्छन्।यहि बाट नै सम्पूर्ण शब्दहरूको निर्माण गरिन्छ।

केहि बर्ष यता सन्थाली भाषा र लिपि लोप हूने कगारमा देछिन्छ।बिशेषतःबदलिदो समय र समाज सँग ढल्ने क्रममा आजको नयाँ यूवा पूस्ताहरूमा यो चूनौति देछिन्छ।उचित संरक्षण र संर्वध्दन को अभाव र अरू भाषाहरूको दबदबाले गर्दा यो समस्या खडा भएको देखिन्छ।अत:यस सम्बन्धमा सम्बन्धित सरोकारवाला निकाय,सरकार र सन्थाल समूदाय आफै पनि संवेदनशील हून अत्यन्त जरूरी देखिन्छ।