सामग्रीमा जानुहोस्

झारखण्ड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

झारखण्ड
माथिदेखि घडीको दिशामा: दशम झरना, बिरला प्राविधिक संस्थान, दामोदर नदीको पञ्चेत बाँध, शिखरजी, वैद्यनाथ धाम, पतरातू राजमार्ग र दलमा अभयारण्य
झारखण्डको आधिकारिक छाप
झारखण्डको अवस्थितिको अवस्थिति
झारखण्डको अवस्थिति
झारखण्डको नक्साको अवस्थिति
झारखण्डको नक्सा
निर्देशाङ्क (राँची): २३°२१′N ८५°२०′E / २३.३५°N ८५.३३°E / 23.35; 85.33निर्देशाङ्कहरू: २३°२१′N ८५°२०′E / २३.३५°N ८५.३३°E / 23.35; 85.33
देश भारत
क्षेत्रपूर्वी भारत
स्थापना१५ नोभेम्बर २०००
राजधानीराँची
उप-राजधानीदुम्का
सबैभन्दा ठुलो सहरजमशेदपुर
जिल्ला२४
सरकार
 • अङ्गझारखण्ड सरकार
 • प्रदेश प्रमुखरमेश बैस
 • मुख्यमन्त्रीहेमन्त सोरेन
 • विधान सभाएकसदनात्मक
  • सभा (८१ सिट)
 • लोक सभा
 • उच्च अदालतझारखण्ड उच्च अदालत
क्षेत्रफल
 • जम्मा७९,७१६ किमी (३०७७९ वर्ग माइल)
 • क्रम१५औँ
जनसङ्ख्या
 (सन् २०११)[१]
 • जम्मा३२,९८८,१३४
 • क्रम१४औँ
 • घनत्व४१४/किमी (१०७०/वर्ग माइल)
वासिन्दाझारखण्डी
कुल ग्राहस्थ उत्पादन (सन् २०१९–२०)
 • जम्मा३.८३ लाख करोड (युएस$५४ बिलियन)
 • प्रतिव्यक्ति आय७९,८७३ (युएस$१,१००)
भाषा
 • आधिकारिक भाषाहिन्दी[३]
 • अतिरिक्त आधिकारिक भाषाहरू
समय क्षेत्रयुटिसी+०५:३० (भारतीय मानक समय)
मानव विकास सूचकाङ्क (सन् २०१९)ह्रास ०.५९८ (मध्यम) ३४औँ
साक्षरता (सन् २०११)६६.४१% (३१औँ)
लिङ्ग अनुपात (सन् २०२१)१,०५० /१००० [६]
वेबसाइटwww.jharkhand.gov.in
झारखण्डका प्रतीकहरू
प्रतीक
झारखण्डको निसान छाप
चरा कोइली
फूल पलाँस[७]
स्तनपायी भारतीय हात्ती[७]
रुख साल[७]
बिहार पुनर्गठन ऐन, सन् २००० द्वारा निर्मित

झारखण्ड पूर्वी भारतको एक राज्य हो।[८] पूर्वमा पश्चिम बङ्गाल, पश्चिममा छत्तीसगढ, उत्तरपश्चिममा उत्तर प्रदेश, उत्तरमा बिहार र दक्षिणमा उडिसा लगायतका राज्यहरूसँग यसको सिमाना जोडिएको छ।[३] यसको क्षेत्रफल ७९,७१६ वर्ग किलोमिटर (३०,७७९ वर्ग माइल) रहेको छ। यो क्षेत्रफलको आधारमा भारतको १५औँ ठुलो राज्य हो र जनसङ्ख्याको आधारमा १४औँ ठुलो राज्य हो। हिन्दी राज्यको आधिकारिक भाषा हो। राँची सहर यसको राजधानी हो र दुम्का यसको उप-राजधानी हो।[९][१०] राज्य यसको झरना, पहाड र पवित्र स्थानहरूको लागि परिचित छ। वैद्यनाथ धाम, पारसनाथ, देउरी र राजरप्पा प्रमुख धार्मिक स्थलहरू हुन्। यस राज्यको गठन १५ नोभेम्बर २००० मा गरिएको थियो, जुन पहिले बिहारको दक्षिणी आधा भाग थियो।

झारखण्डले भारतको खनिज स्रोतको ४०% भन्दा बढी हिस्सा ओगटेको छ[११] , तर यसको जनसङ्ख्या ३९.१% गरिबीको रेखामुनि छ र पाँच वर्ष मुनिका १९.६% बालबालिका कुपोषित छन्।[१२] झारखण्ड मुख्यतया ग्रामीण क्षेत्र हो र यसको जनसङ्ख्याको लगभग २४% शहरमा बसोबास गर्दछन्।[१३] यो आर्थिक वृद्धिको मामलामा अग्रणी राज्यहरू मध्ये एक हो।[१४] सन् २०१७–१८ मा राज्यको कुल ग्राहस्थ उत्पादनको वृद्धिदर १०.२२ प्रतिशत रहेको थियो।[१५] भारत सरकारद्वारा सञ्चालित सन् २०११ को जनगणना अनुसार यस राज्यको आधिकारिक साक्षरता दर ६७.६३% (पुरुष: ७८.४५%; महिला: ५६.२१%) रहेको थियो जसमा राज्यमा पुरै राष्ट्रको औसत साक्षरता दर भन्दा नौ जिल्लाहरूको साक्षरता दर बढी थियो।[१६][१७]

शब्दोत्पत्ति[सम्पादन गर्नुहोस्]

विभिन्न हिन्द-आर्य भाषाहरूमा "झार" शब्दको अर्थ वन र खण्डको अर्थ भूमि हो। यस प्रकार "झारखण्ड"को अर्थ वन भूमि हो।[१८]

प्राचीन कालमा महाभारतमा यस क्षेत्रलाई कर्क रेखा अर्थात् कर्कट रेखाको नजिक रहेको कारण कर्कखण्ड भनिएको थियो।[१९] मध्यकालीन समयमा यस क्षेत्रलाई झारखण्डको नामले चिनिन्थ्यो। भविष्य पुराण (१२०० ईस्वी) का अनुसार झारखण्ड सात पुन्द्रा देसामध्ये एक थियो। पूर्वी गङ्गा वंशका नरसिंहदेव द्वितीयको शासनकालदेखि उडिसा क्षेत्रको केन्द्रपाडामा १३औँ शताब्दीको ताम्रपत्रमा यो नाम पहिलो पटक फेला परेको हो। बैधनाथ धामदेखि पुरीसम्मको वन क्षेत्र झारखण्ड भनेर चिनिन्थ्यो। अकबरनामामा पूर्वमा पञ्चेतदेखि पश्चिममा रतनपुर, उत्तरमा रोहतासगढ र दक्षिणमा उडिसाको सिमानालाई झारखण्ड भनिन्थ्यो।[२०][२१]

इतिहास[सम्पादन गर्नुहोस्]

प्राचीन काल[सम्पादन गर्नुहोस्]

यो क्षेत्रमा मध्यपाषाण-ताम्रपाषाण कालदेखि बसोबास भएको पाइन्छ, जुन धेरै प्राचीन गुफा चित्रहरूले देखाउँदछ।[२२][२३][२४] मध्यपाषाण र नवपाषाण कालको छोटा नागपुर पठार क्षेत्रबाट पत्थरका औजारहरू पत्ता लगाइएको छ। इस्को, हजारीबाग जिल्लामा प्राचीन गुफा चित्रहरू छन् जुन मध्य-ताम्रा काल (९०-५००० ईसा पूर्व) का हुन्।[२२] ईसापूर्व दोस्रो सहस्राब्दीको दौडान छोटा नागपुर पठारमा तामाका औजारहरूको प्रयोग फैलिँदै गएको पाइन्छ र। पलामु जिल्लामा सोन र उत्तरी कोयल नदीहरूको सङ्गममा रहेको काबरा-काला ढिस्कोमा विभिन्न पुरातात्विक वस्तुहरू र कला वस्तुहरू फेला परेका छन् जुन नवपाषाणदेखि मध्ययुगीन कालसम्मका छन्।[२३] सिंहभूम जिल्लाबाट धेरै फलामका अवशेष, ढुङ्गा र गमलाहरू फेला परेका छन् जुन कार्बन काल निर्धारण विधि अनुसार १४०० ईसा पूर्वदेखिका छन्।[२५] यस क्षेत्रमा प्राचीन कालमा नन्द, मौर्य र गुप्त सहित धेरै साम्राज्य र राजवंशहरूले शासन गरेका थिएँ।[२४]

महाभारतमा यस क्षेत्रलाई कर्कट रेखाको नजिक रहेको हुनाले कर्कखण्ड भनिएको थियो।[१९] लगभग ५०० ईसा पूर्व महाजनपदको युगमा, झारखण्ड राज्य मगध र अङ्गको एक भाग थियो। मौर्य कालमा, यस क्षेत्रमा धेरै राज्यहरूद्वारा शासन गरिएको थियो, जुन सामूहिक रूपमा अटाविका (वन) राज्यहरूको रूपमा चिनिन्थ्यो। अशोकको शासनकालमा मौर्य साम्राज्यको आधिपत्य स्वीकार्न बाध्य भएका थिएँ। सारिडकेलको प्राचीन स्थलमा जलेका इँटाका घरहरू, रातो भाँडाकुँडाका, तामाका औजार, सिक्का र फलामका औजारहरू फेला परेका थिएँ जुन इस्वी संवत्को सुरुका शताब्दीका हुन्। ब्राह्मी शिलालेख खुन्टी जिल्लामा फेला परेको थियो जुन ईसापूर्व तेस्रो शताब्दीको हो। समुद्रगुप्तले हालको छोटानागपुर क्षेत्र (उत्तर र दक्षिण) को माध्यमले शासन गर्ने क्रममा महानदी घाटीमा दक्षिण कोशलाको राज्यविरुद्ध पहिलो आक्रमणको निर्देशन दिएका थिएँ।[२६]

मध्यकालीन समय[सम्पादन गर्नुहोस्]

सातौँ शताब्दीमा, चिनियाँ यात्री जुआनजाङ यस क्षेत्र हुँदै गएका थिएँ। उनले राज्यलाई कर्णसुवर्ण र शशांकलाई शासकको रूपमा वर्णन गरेका थिएँ। कर्ण-सुवर्णको उत्तरमा मगध, पूर्वमा चम्पा, पश्चिममा महेन्द्र र दक्षिणमा उडिसा थियो।[२७]

मध्ययुगीन कालमा यस क्षेत्रमा नागवंशी, पाला, खयरवल, रामगढ राज र चेरो शासकको शासन थियो।[२८] हजारीबागमा एक बौद्ध गुम्बा फेला परेको थियो जुन १०औँ शताब्दीमा पाल शासनको समयमा निर्माण गरिएको थियो। भीम कर्ण मध्ययुगीन कालमा नागवंशी राजा थिएँ।[२९]

नवौँ शताब्दीको शिव मन्दिर

आधुनिक काल[सम्पादन गर्नुहोस्]

सन् १५७४ मा राजपुत राजा मानसिंहले विजय प्राप्त गरेपछि सम्राट अकबरको शासनकालमा मुगल प्रभाव पलामुमा पुगेको थियो।[३०] मुगल शासनको समयमा धेरै आक्रमणहरू भएका थिएँ। नागवंशी राजा मधु सिंहको शासनकालमा अकबरका सेनापतिले खुखरामाथि आक्रमण गरेका थिएँ। दुर्जन शाहको शासनकालमा पनि आक्रमण भएको थियो।[३१]

राजा राम शाहले सन् १६४० देखि १६६३ सम्म नवरत्नगढमा शासन गरेका थिएँ। उनले सन् १६४३ मा कपिलनाथ मन्दिरको निर्माण गरेका थिएँ।[३२] उनको उत्तराधिकारी उनका छोरा रघुनाथ शाह थिएँ। सन् १६९१ मा राँचीको जगन्नाथ मन्दिरलाई ठाकुर अनिनाथ शाहदेवले निर्माण गरेका थिएँ। राजा मेदिनी रेले सन् १६५८ देखि १६७४ सम्म पलामूमा शासन गरेका थिएँ। उनको शासन दक्षिण गया र हजारीबागका क्षेत्रहरूमा फैलिएको थियो।[३३] उनले नवरत्नगढमा आक्रमण गर्दै र छोटानागपुरका नागवंशी महाराजालाई पराजित गरेका थिएँ। पलामु क्षेत्रमा चेरो शासन १९औँ ईस्वीसम्म चलेको थियो, जबसम्म विभिन्न गुटहरू बीचको आन्तरिक द्वन्द्वले चेरोसलाई कमजोर बनायो र उनीहरू इस्ट इन्डिया कम्पनीसँग पराजित भएनन्। पछि पलामूको सम्पत्तिलाई अङ्ग्रेजहरूले बेचेका थिएँ।[३४]

भूगोल[सम्पादन गर्नुहोस्]

झारखण्ड भारतको पूर्वी भागमा अवस्थित छ र यसको पूर्वी भागमा पश्चिम बङ्गाल, पश्चिममा छत्तीसगढउत्तर प्रदेश, उत्तरी भागमा बिहार र दक्षिणी भागमा उडिसाले घेरिएको छ।

झारखण्डको भौगोलिक क्षेत्रफल ७९ लाख ७० हजार हेक्टर रहेको छ। झारखण्डको अधिकांश भाग छोटा नागपुर पठारमा अवस्थित छ। धेरै नदीहरू छोटा नागपुर पठारबाट गुज्रन्छन् जसमा दामोदर, उत्तरी कोयल, बाराकर, दक्षिण कोयल, शङ्ख र सुवर्णरेखा नदीहरू पर्दछन्। यी नदीहरूको उच्च जलाधार झारखण्ड राज्यभित्र फैलिएको छ। झारखण्ड राज्यको अधिकांश भाग अझै पनि जङ्गलले घेरिएको छ। जङ्गलले हात्ती र बाघको सङ्ख्यालाई धान्दछ।

झारखण्डको भौगोलिक नक्सा

जलवायु[सम्पादन गर्नुहोस्]

झारखण्डको जलवायु उत्तरमा आर्द्र उपोष्णकटिबन्धीय देखि दक्षिण-पूर्वमा उष्णकटिबन्धीय ओसिलो र सुख्खा सम्म अवस्थित छ।[३५] मुख्य ऋतुहरूमा ग्रीष्म, वर्षा, शरद, हिउँद र वसन्त पर्दछन्। गर्मी अप्रिलको मध्यदेखि मध्य जुनसम्म रहन्छ। मे महिनाको सबैभन्दा गर्मी महिना हो, जहाँ दैनिक उच्च तापक्रम ३७ डिग्री सेल्सियस (९९ डिग्री फारेनहाइट) र कम तापक्रम २५ डिग्री सेल्सियस (७७ डिग्री फारेनहाइट) हुन्छ। जुनको मध्यदेखि अक्टोबरसम्म दक्षिण-पश्चिम मनसुनले राज्यको लगभग सबै वार्षिक वर्षा ल्याउँदछ, जुन राज्यको पश्चिम-मध्य भागमा लगभग १,००० मिमी (४० इन्च) देखि दक्षिण-पश्चिममा १,५०० मिमी (६० इन्च) भन्दा बढी हुन्छ। वार्षिक वर्षाको लगभग आधा भाग जुलाईअगस्टमा पर्छ। जाडो याम नोभेम्बरदेखि फेब्रुअरीसम्म रहन्छ। डिसेम्बरमा राँचीको तापक्रम सामान्यतया १०–२४ डिग्री सेल्सियस (५०–७५ डिग्री फारेनहाइट) सम्म हुन्छ। वसन्त ऋतु फेब्रुअरीको मध्यदेखि मध्य अप्रिलसम्म रहन्छ। [३६]

पहाड र हिमशृङ्खलाहरू[सम्पादन गर्नुहोस्]

  • पारसनाथ: पारसनाथ पर्वतलाई श्री सम्मेद शिखरजीको नामले पनि चिनिन्छ। पारसनाथ पर्वत झारखण्डको गिरीडीह जिल्लामा अवस्थित छ। यो एक प्रमुख जैन तीर्थस्थल हो र जैनहरूको लागि पवित्र स्थान हो। जैन संस्कृतिमा २४ तीर्थङ्करमध्ये २० जनाले यस स्थानबाट मोक्ष प्राप्त गरेको विश्वास गरिन्छ। यस डाँडाको उचाइ १,३६५ मिटर रहेको छ।
  • नेतरहाट: नेतरहाट लातेहार जिल्लामा अवस्थित एक सहर हो। "छोटानागपुरकी रानी"को रूपमा चिनिन्छ, यो एक हवाखोरी हो। नेतरहाट आवासीय विद्यालय यहाँ स्थित छ। नेतरहाट बाँध पनि यस क्षेत्रमा अवस्थित छ।
  • राजमहल पहाड: यी पहाडहरू झारखण्डको पूर्वी भागको साहिबगन्ज र गोड्डा जिल्लामा अवस्थित छन्। राजमहल पहाडहरू जुरासिक युगका हुन्। अन्य पहाडमा जस्तै यी पहाडहरूमा पनि धेरै झरनाहरू, तालहरू र हरियालीहरू छन्।
  • त्रिकुट पहाड देवघरबाट १० किलोमिटरको दूरीमा अवस्थित छ र झारखण्डको दुमका जाने बाटोमा अवस्थित छ। त्रिकुट डाँडामा ३ वटा प्रमुख चुचुरा भएकाले यसलाई त्रिकुच्छल पनि भनिन्छ। त्रिकुट पहाडको उचाइ २४७० फिट रहेको छ।
  • मारोबादी पर्वत: मारोबादी पर्वतलाई टेगोर पहाडको नाममा पनि परिचित छ। यो राँचीमा अवस्थित छ। रवीन्द्रनाथ ठाकुरका भाइ ज्योतिरिन्द्रनाथ ठाकुरले सन् १९०८ मा राँचीको भ्रमण गरेका थिएँ।[३७]

मुख्य नदीहरू[सम्पादन गर्नुहोस्]

  • गङ्गा नदी: पवित्र नदी गङ्गा उत्तर-पूर्वी जिल्ला साहेबगन्ज हुँदै बग्दछ।
  • सोन नदी: सोन नदीको उद्गम स्थल अमरकण्टक हो।
  • सुवर्णरेखा नदी: सुवर्णरेखा नदीको उद्गम: (नागदी राँची) छोटा नागपुर पठार हो। सुवर्णरेखा नदीको किनारमा रहेका सहरहरूमा राँची, चण्डिल, जमशेदपुर, घाटशिला, गोपीबल्लभपुर हुन्।
  • खडकई नदी: खडकाई नदीको उद्गमस्थल: मयूरभञ्ज जिल्ला, उडिसा हो। यस नदीको किनारमा रहेका सहरहरू: रायरङ्गपुर, आदित्यपुर पर्दछन् र यो नदी उत्तर-पश्चिमी जमशेदपुरमा सुवर्णरेखा नदीमा प्रवेश गर्दछ।
  • दामोदर नदी: दामोदर नदीको उत्पत्ति: छोटा नागपुर पठार (तोरी लातेहार), दामोदर नदीको किनारमा अवस्थित सहरहरूमा लातेहार, लोहरदगा, रामगढ, गिरिडीह, धनबाद, बोकारो, आसनसोल, रानीगन्ज, दुर्गापुर, बर्धमान पर्दछन्।
  • उत्तरी कोयल नदी: उत्तरी कोयल नदीको उत्पत्ति छोटा नागपुर पठार हो।, उत्तरी कोयल नदीको तटमा अवस्थित सहरमा डाल्टनगन्ज पर्दछ।
  • दक्षिणी कोयल नदी: यस नदीको उद्गमस्थल छोटा नागपुर पठार हो। यसको किनारमा अवस्थित सहरहरूमा मनोहरपुर र राउरकेला पर्दछ।
  • लीलाजन नदी: यो नदीलाई फाल्गु नदी पनि भनिन्छ।
  • अजय नदी: यो उद्गमस्थल: मुङ्गेर हो। अजय नदीको किनारका सहरहरूमा पुरुलिया, चित्तरञ्जन, इलामबजार, जयदेव केन्दुली पर्दछन्।
  • मयूराक्षी नदी: यसको उद्गमस्थल त्रिकुट पर्वत हो। मयूराक्षी नदीको किनारमा रहेको सहर सुरी हो।
  • बराकार नदी: यस नदीको उद्गमस्थल पद्मा हो। बराकर नदी कोडरमा, गिरिडीह, हजारीबाग, आदि जिल्लाहरू हुँदै बग्दछ।

वनस्पति र जीवजन्तु[सम्पादन गर्नुहोस्]

झारखण्डमा विभिन्न प्रकारका वनस्पति र जीवजन्तुहरू पाइन्छन्। झारखण्ड राज्यका राष्ट्रिय निकुञ्ज र आरक्षणहरूले प्रजातिको विविध स्वरूप प्रस्तुत गर्दछ।

झारखण्ड राज्यमा पाइने वनस्पति र जीवजन्तुको विविधताको कारणको एक भागलाई प्रोजेक्ट टाइगर अन्तर्गत पलामू बाघ आरक्षको मान्यता दिन सकिन्छ। यो आरक्ष सयौँ प्रजातिका वनस्पति र जीवजन्तुहरूको बासस्थान हो।[३८] स्तनधारी (३९), सर्प (८), छेपारो (४), माछा (६), कीरा (२१), चरा (१७०), बीउ बोक्ने बोटबिरुवा र रूखहरू (९७), झाडी र जडीबुटी (४६), परजीवी र अर्ध-परजीवी (२५), र घाँस र बाँस (१७) समावेश छन्।

जनसाङ्ख्यिकी[सम्पादन गर्नुहोस्]

ऐतिहासिक जनसङ्ख्या
वर्षजन.±%
सन् १९०१ ६,०६८,२३३—    
सन् १९११ ६,७४७,१२२+११.२%
सन् १९२१ ६,७६७,७७०+०.३%
सन् १९३१ ७,९०८,७३७+१६.९%
सन् १९४१ ८,८६८,०६९+१२.१%
सन् १९५१ ९,६९७,०००+९.३%
सन् १९६१ ११,६०६,०००+१९.७%
सन् १९७१ १४,२२७,०००+२२.६%
सन् १९८१ १७,६१२,०००+२३.८%
सन् १९९१ २१,८४४,०००+२४%
सन् २००१ २६,९४५,८२९+२३.४%
सन् २०११ ३२,९८८,१३४+२२.४%
स्रोत: भारतको जनगणना[३९]

सन् २०११ को भारतीय जनगणना अनुसार झारखण्डको जनसङ्ख्या ३ करोड २९ लाख ६० हजार रहेको छ जसमा १ करोड ६९ लाख ३० हजार पुरुष र १ करोड ६० लाख ३० हजार महिला रहेका छन्।[४०] यसको लिङ्ग अनुपात ९४७ महिला र १,००० पुरुष रहेको छ।[४०] राज्यको साक्षरता दर ६७.६३% रहेको छ जसमा राँची जिल्ला ७७.१३% सहित सबैभन्दा बढी शिक्षित रहेको छ भने ग्रामीण पाकुड जिल्लाको साक्षरता दर सबैभन्दा कम अर्थात् ५०.१७% रहेको छ।[४०]

भाषाहरू[सम्पादन गर्नुहोस्]

झारखण्डको भाषा (सन् २०११ जनगणना)[४१][४२]

  खोरठा (२३.४६%)
  हिन्दी (२१.४%)
  सन्थाली (९.९१%)
  बङ्गाली (९.७४%)
  नागपुरी (७.२३%)
  उर्दू (५.९६%)
  मगही (४.१४%)
  हो (३.०१%)
  मुण्डारी (२.९३%)
  कुरुख (२.८९%)
  भोजपुरी (२.२९%)
  ओडिया (१.६१%)
  अन्य (५.५%)

हिन्दी झारखण्डको आधिकारिक भाषा हो।[३] यद्यपि विभिन्न क्षेत्रहरूको आफ्नै भाषाहरू छन्। यसमा नागपुरी, खोर्था, कुर्माली, मगही र भोजपुरी समावेश छन्। झारखण्डले अङ्गिका, बङ्गाली, भोजपुरी, भूमिज, हो, खरिया, कुरुख, खोर्था, कुर्माली, मगही, मैथिली, मुण्डारी, नागपुरी, ओडिया, सन्थालीउर्दू भाषालाई अतिरिक्त आधिकारिक भाषाको दर्जा दिएको छ।[४][४३][३]

धर्म[सम्पादन गर्नुहोस्]

राँची स्थित सूर्य मन्दिर; राज्यमा हिन्दु धर्मको बाहुल्यता रहेको छ।

झारखण्डमा धर्म (सन् २०११)[४४]

  हिन्दु (६७.८३%)
  इस्लाम (१४.५३%)
  सारना (१२.५२%)
  इसाई (४.३%)
  सिख (०.२२%)
  अन्य (०.४%)
  उल्लेख छैन (०.२१%)

सन् २०११ को जनगणना अनुसार राज्यमा हिन्दु धर्म ६७.८%, इस्लाम १४.५% र इसाई धर्म ४.३% रहेको छ।[४४] अन्य धर्महरू, मुख्यतया सारना, जनसङ्ख्याको १२.८% रहेको छ।[४५]

झारखण्डका २४ जिल्लामध्ये १९ जिल्लाहरूमा हिन्दुको बाहुल्यता रहेको छ।[४४] सिमडेगा जिल्लामा इसाई धर्मको बाहुल्यता (५१.०४%) रहेको छ। लोहरदगा (५१.०१%), पश्चिम सिंहभूम (६२.२९%) र गुमला (४४.६२%) र खुन्टी (४५.३७%) मा सारना धर्मको बहुमत रहेको छ।[४६] झारखण्डको पाकुड जिल्ला र साहेबगन्ज जिल्लामा मुसलमानहरूको सबैभन्दा बढी उपस्थिति रहेको छ जुन जनसङ्ख्याको ३५% र ३४% हुन आउँछ।[४७]

सरकार र प्रशासन[सम्पादन गर्नुहोस्]

झारखण्ड सरकारको संवैधानिक प्रमुख राज्यपाल हो, जसलाई भारतका राष्ट्रपतिले नियुक्त गर्छन्। वास्तविक कार्यकारी अधिकार मुख्यमन्त्री र मन्त्रिपरिषद्मा निहित हुन्छ। विधान सभामा बहुमत प्राप्त राजनीतिक दल वा राजनीतिक दलहरूको गठबन्धनले सरकार गठन गर्दछ।

राज्यको कर्मचारीतन्त्रको प्रमुख मुख्यसचिव हुन्छ। यस पद अन्तर्गत, भारतीय प्रशासनिक सेवा, भारतीय प्रहरी सेवा, भारतीय वन सेवा र राज्य नागरिक सेवाका विभिन्न शाखाहरूबाट तानिएका अधिकारीहरूको पदानुक्रम हो। न्यायपालिकाको नेतृत्व प्रधान न्यायाधीशले गर्छन्। झारखण्डमा एक उच्च अदालत छ जुन २००० देखि सेवारत छ। सरकारका सबै शाखाहरू राज्यको राजधानी राँचीमा अवस्थित छन्।

प्रशासनिक जिल्लाहरू[सम्पादन गर्नुहोस्]

यो राज्य १८ जिल्लाहरू मिलेर बनेको थियो जुन पहिले दक्षिण बिहारको भाग थियो। यी मध्ये केही जिल्लाहरूलाई पुनर्गठित गरी ६ वटा नयाँ जिल्लाहरू बनाइयो जसमा लातेहार, सराइकेला खरसावाँ, जामताडा, पाकुड, खुन्टी र रामगढ पर्दछन्। हाल यस प्रदेशमा ५ वटा विभाग र २४ वटा जिल्ला रहेका छन्। झारखण्डको एउटा चाखलाग्दो कुरा के छ भने लोहरदगा र खुँटी बाहेक यसका सबै जिल्लाहरूको सीमा छिमेकी राज्यसँग जोडिएको छ।[४८]

विभाग र जिल्लाहरू[सम्पादन गर्नुहोस्]

मुख्य सहरहरू[सम्पादन गर्नुहोस्]

झारखण्डका मुख्य सहरहरू
(सन् २०११ को भारतीय जनगणना)[४९]

क्रम सहर जिल्ला जनसङ्ख्या क्रम सहर जिल्ला जनसङ्ख्या
जमशेदपुर
बोकारो
०१ जमशेदपुर पूर्वी सिंहभूम १,३३९,४३८ ०७ फुसरो बोकारो १८६,१३९
०२ धनबाद धनबाद १,१९६,२१४ ०७ हजारीबाग हजारीबाग १५३,५९५
०३ राँची राँची १,१२६,७४१ ०८ गिरीडीह गिरीडीह १४३,६३०
०४ बोकारो बोकारो ५६४,३१९ ०९ रामगढ रामगढ १३२,४४१
०५ देवघर देवघर २०३,१२३ १० मेदिनीनगर पलामू १२०,३२५

अर्थतन्त्र[सम्पादन गर्नुहोस्]

सन् २०२०–२१ मा झारखण्डको कुल ग्राहस्थ उत्पादन ३.८३ लाख करोड भारु (४८ अर्ब अमेरिकी डलर) हुने अनुमान गरिएको छ। सन् २०१८-१९ मा झारखण्डको प्रतिव्यक्ति कुल ग्राहस्थ उत्पादन ८२,४३० भारु (१,००० अमेरिकी डलर) रहेको थियो।[५०]

धनबादस्थित कोइला खानी उत्खनन क्षेत्र

झारखण्डमा धेरै सहरहरू र असङ्ख्य गाउँहरू छन् जहाँ नागरिक सुविधाहरू छन्। शहरीकरण अनुपात २४.१% रहेको छ।[५१] झारखण्डमा अथाह खनिज स्रोतहरू पनि रहेका छन् जसमा फलाम अयस्क, कोइला, तामा अयस्क , अभ्रक, बक्साइट, म्यागनिज, चुनढुङ्गा, चीन माटो, अग्नि माटो, ग्रेफाइट, काइनाइट, क्रोमाइट, एस्बेस्टस , थोरियम , सिलिमानाइट, युरेनियम (जडुगुडा खानी) र सुन जस्ता खनिजहरू पाउन सकिन्छ। जमशेदपुर, धनबाद, बोकारोराँची जस्ता केन्द्रहरूमा कोइला र फलाम अयस्कको ठुलो भण्डारले उद्योगको एकाग्रतालाई समर्थन गर्दछ। टाटा स्टिल, जस्तो ठुलो कम्पनीले प्रधान कार्यालय र मुख्य संयन्त्र टाटानगर, झारखण्डमा अवस्थित छ।[५२] यसले सन् २००५ मा, ₹२०४९१० करोड कुल आम्दानी गरेको थियो। राष्ट्रिय तापविद्युत निगम लिमिटेडले सन् २०११–१२ मा राज्यको क्याप्टिभ खानीबाट कोइला उत्पादन सुरु गरेको थियो, जसका लागि कम्पनीले करिब १८ अर्ब भारू लगानी गरेको थियो।[५३]

कृषि झारखण्डको अर्थतन्त्रको अर्को क्षेत्र हो जसले अर्थव्यवस्थालाई वृद्धि गर्न मद्दत गर्दछ। झारखण्डका किसानहरूले धान, गहुँ, मकै, दलहन, आलु र गोलभेडा, गाजर, बन्दागोभी, भाण्टा, कोदो र मेवा जस्ता तरकारीहरू उत्पादन गर्छन्। अन्य उद्योगमा सूचना प्रविधि उद्योग पर्दछ।[५४]

संस्कृति[सम्पादन गर्नुहोस्]

झारखण्ड राज्य देशको पूर्वी भागमा अवस्थित छ र यो ज्वलन्त संस्कृति, विशिष्ट चित्रकला, परम्परा र उत्सवहरूको लागि चिनिन्छ।[५५]

परिकार[सम्पादन गर्नुहोस्]

झारखण्डको खाना

झारखण्डको मुख्य खाद्य पदार्थ चामल, दाल, तरकारी र कन्दमूल हुन्। खानामा मसलाको कम प्रयोग गरिन्छ। छिलका रोटी, मालपुआ, पिठा, धुस्का, अर्सा रोटी, दुधौरी र पानीपुरी प्रसिद्ध परिकार हुन्।[५६][५७] रुग्रा र पुटु एक प्रकारको खाद्य च्याउ हो जुन झारखण्डमा व्यापक रूपमा खेती गरिन्छ र वर्षाको महिनामा काटिन्छ।। बाँसका हाँगाहरू पनि तरकारीको रूपमा प्रयोग गरिन्छ।[५८] सैजनकोइरालोको रूखको पात सागको रूपमा प्रयोग गरिन्छ।[५९]

स्थानीय अल्कोहलयुक्त पेयपदार्थहरूमा चामलको बियर समावेश छ, जसलाई मूलरूपमा हाँडिया भनेर चिनिन्छ, यसलाई बनाउन प्रयोग गरिने माटोको भाँडाको नामबाट यसको नामाकरण गरिएको छ। हँडिया सांस्कृतिक रूपमा स्थानीय अर्थात् सदन र आदिवासीसँग जोडिएको छ, यो पेय पुरुष र महिला दुवैले विवाह र अन्य चाडहरूमा सामाजिक अवसरहरूमा सेवन गर्छन्।[६०][६१] अर्को सामान्य रक्सीलाई मौवा दारु भनिन्छ, जुन "मौवा" रूखको फूलबाट बनाइन्छ।[६२]

लोक सङ्गीत र नृत्य[सम्पादन गर्नुहोस्]

झारखण्डको एक गाउँमा छउ नृत्य

झारखण्डमा झुमइर, मर्दानी झुमर, जननी झुमर, डमकच, विन्सरिया, झुम्टा, फागुआ, अङ्गनै, पाइकी, छउ, फिर्कल, मुण्डारी र सन्थाली नृत्य जस्ता धेरै लोक नृत्यहरू छन्।[६३]

चाडपर्व[सम्पादन गर्नुहोस्]

झारखण्डका प्रमुख स्थानीय चाडहरू सरस्वती पूजा, सरहुल, तुसू पर्व, रथयात्रा, मकर सङ्क्रान्ति, दुर्गा पूजा, करम, नवखानी, जितिया, मनसा पूजा, दीपावली, सोहराई, फागु, दशहरा, रामनवमी, मागे पौरोब, र सेन्द्रा पर्व हुन्।[६४]

चित्रकला[सम्पादन गर्नुहोस्]

झारखण्डमा सोहराई भित्तेचित्र

सोहराई र खोवर चित्रकला महिलाहरूले अभ्यास गर्ने भित्तेचित्र कला हो। सोहराई चित्रकला परम्परागत रूपमा सोहराई उत्सवमा गरिन्छ, जबकि खोवर चित्रकला विवाहमा गरिन्छ।[६४]

चलचित्र[सम्पादन गर्नुहोस्]

झारखण्डले नागपुरी, खोर्था, सन्थाली, हो र कुरुख लगायत क्षेत्रीय र आदिवासी भाषाहरूमा धेरै चलचित्रहरू निर्माण गर्दछ।[६५] झारखण्ड राज्यको चलचित्र उद्योगलाई झलिउडको रूपमा चिनिन्छ।[६६][६७]

पर्यटन[सम्पादन गर्नुहोस्]

झारखण्ड झरना, पहाड र पवित्र स्थलका लागि प्रख्यात छ।[६८][९] पारसनाथ, वैद्यनाथ धाम, माँ देउडी मन्दिर र छिन्नमस्ता मन्दिर प्रमुख धार्मिक स्थलहरू हुन्।[६९][७०]

तात्तापानी तातोपानीको मुहान लातेहारबाट ८ किलोमिटरको दुरीमा अवस्थित छ। सुकरी नदीको किनारमा विभिन्न स्थानबाट तातो पानीको मुहानको पानी निस्कन्छ। तातोपानीको झरना औषधीय गुण र छालाको लागि राम्रो मानिन्छ।[७१]

इटखोरी हिन्दु, बौद्ध र जैन धर्मावलम्बीका लागि पवित्र स्थल हो। गौतम बुद्धले बोधगयाको यात्रा सुरु गरेको स्थान यही हो भन्ने विश्वास गरिन्छ। सन् २०१८ मा हिन्दु, जैन र बौद्ध कला शैलीका धेरै मूर्तिहरू फेला परेका थिएँ।[७२][७३] जडुगोडाको राङ्किणी मन्दिर झारखण्डका साथै उडिसा, पश्चिम बङ्गालबिहारमा प्रसिद्ध छ।[७४][७५][७६] राज्यमा जोन्हा झरना, हुन्द्रु झरना, दासम झरना, परवाघग झरना र पाँचघघ झरना सहित धेरै झरनाहरू छन्।[७७][७८] नेतरहाट राज्यको एक हावाखोरी हो।[७९][८०][८१]

झारखण्डमा बेतला राष्ट्रिय निकुञ्ज र दलमा वन्यजन्तु अभ्यारण्य सहित धेरै वन्यजीव अभयारण्यहरू छन् जुन पर्यटकहरूको लागि प्रमुख आकर्षण हुन्।[८२][८३][८४][८५]

राँचीमा एक जनजातीय अनुसन्धान संस्थान र सङ्ग्रहालय छ जसको उद्देश्य मनोवैज्ञानिक कारकहरूको अध्ययन गर्नु हो जसले सहरी वातावरणमा किशोर ग्रामीण आदिवासी विद्यार्थीहरूको प्रकृतिको परिवर्तनमा योगदान पुर्‍याउँछ।[८६]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Jharkhand Profile 2011 Census", Registrar General & Census Commissioner, India, मूलबाट २२ अप्रिल २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ फेब्रुअरी २०१७ 
  2. "MOSPI Gross State Domestic Product", तथ्याङ्क तथा कार्यक्रम कार्यान्वयन मन्त्रालय, भारत सरकार, १ मार्च २०१९, मूलबाट १७ जुन २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ जुन २०१९ 
  3. ३.० ३.१ ३.२ ३.३ "Report of the Commissioner for linguistic minorities: 52nd report (July 2014 to June 2015)", Commissioner for Linguistic Minorities, Ministry of Minority Affairs, Government of India, पृ: 43–44, मूलबाट १५ नोभेम्बर २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ फेब्रुअरी २०१६  वेब्याक मेसिन अभिलेखिकरण १५ नोभेम्बर २०१६ मिति
  4. ४.० ४.१ "Jharkhand gives second language status to Magahi, Angika, Bhojpuri and Maithili", The Avenue Mail, २१ मार्च २०१८, मूलबाट २८ मार्च २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० अप्रिल २०१९  वेब्याक मेसिन अभिलेखिकरण २८ अप्रिल २०२० मिति
  5. "Jharkhand notifies Bhumij as second state language", The Avenue Mail, ५ जनवरी २०१९, अन्तिम पहुँच १७ अप्रिल २०२२ 
  6. "Sex ratio of State and Union Territories of India as per National Health survey (2019-2021)", Ministry of Health and Family Welfare, India 
  7. ७.० ७.१ ७.२ "State animals, birds, trees and flowers", Wildlife Institute of India, मूलबाट ४ मार्च २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ मार्च २०१२ 
  8. "Jharkhand – At a Glance", मूलबाट ५ मे २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ मे २०१२  वेब्याक मेसिन अभिलेखिकरण ५ मे २०१२ मिति
  9. ९.० ९.१ "Adventure capital of the east, Jharkhand will drive you crazy", nyoooz.com, मूलबाट ३ अप्रिल २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० अप्रिल २०१९ 
  10. "Jharkhand registers 385% increase in foreign tourist visits", hindustantimes.com, मूलबाट ३ अप्रिल २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० अप्रिल २०१९ 
  11. "Resource Curse and Jharkhand", Economic & Political Weekly, मूलबाट १३ डिसेम्बर २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ डिसेम्बर २०१७ 
  12. "Jharkhand: Here is why India's richest mineral state is not even close to development", Daily Bhaskar, ३१ मार्च २०१४, मूलबाट ४ अप्रिल २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० अप्रिल २०१९ 
  13. "UNDP- Jharkhand: Economic and Human Development Indicators", www.in.undp.org, मूलबाट २७ जनवरी २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २० मार्च २०१७  वेब्याक मेसिन अभिलेखिकरण २७ जनवरी २०१८ मिति
  14. Jharkhand Profile (२०११), "Census India", censusindia.gov.in, मूलबाट २२ अप्रिल २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २० मार्च २०१७ 
  15. "About Jharkhand: Information On Mining Industries, Economy, Agriculture & Geography", www.ibef.org, मूलबाट २९ नोभेम्बर २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० अप्रिल २०१९ 
  16. Dr. Arun C. Mehta, "District-specific Literates and Literacy Rates, 2001", Educationforallinindia.com, मूलबाट १४ अप्रिल २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ नोभेम्बर २०११ 
  17. "National Family Health Survey, 1998–99: Fact Sheet, Jharkhand, Section: Basic Socio-Demographic Features of Jharkhand", पृ: ३, मूलबाट ३ अक्टोबर २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ अगस्ट २००९  वेब्याक मेसिन अभिलेखिकरण ३ अक्टोबर २००७ मिति
  18. Minahan, James (२००२), Encyclopedia of the Stateless Nations: D-K, Greenwood Publishing Group, पृ: 839, आइएसबिएन 0313316171, अन्तिम पहुँच ८ अप्रिल २०२२ 
  19. १९.० १९.१ "Nagpuri Shist Sahitya", अन्तिम पहुँच २४ सेप्टेम्बर २०२२ 
  20. Gautam Kumar Bera (२००८), The unrest axle: ethno-social movements in Eastern India, Mittal Publications, पृ: 32–44, आइएसबिएन 978-81-8324-145-8, मूलबाट ४ अक्टोबर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० मे २०२० 
  21. Ram Chandra Prasad (१९८३), Bihar, National Book Trust, India, पृ: ६९, अन्तिम पहुँच ८ अप्रिल २०२२ 
  22. २२.० २२.१ India – Pre-historic and Proto-historic periods (अङ्ग्रेजीमा), Publications Division, Ministry of Information & Broadcasting, २०१६, पृ: १४, आइएसबिएन 9788123023458 
  23. २३.० २३.१ "Cave paintings lie in neglect", The Telegraph, १३ मार्च २००८, मूलबाट ६ सेप्टेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० अप्रिल २०१९ 
  24. २४.० २४.१ Singh, Upinder (२००८), A History of Ancient and Early Medieval India: From the Stone Age to the 12th Century (अङ्ग्रेजीमा), Pearson Education India, पृ: २२०, आइएसबिएन 9788131711200, मूलबाट २५ डिसेम्बर २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ सेप्टेम्बर २०१८ 
  25. "KABRA – KALA", www.asiranchi.org, मूलबाट ८ अक्टोबर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० अप्रिल २०१९ 
  26. Sharma, Tej Ram (१९७८), Personal and Geographical Names in the Gupta Inscriptions, Concept Publishing Company, पृ: २५८ 
  27. Kiro, Santosh (१५ सेप्टेम्बर २०२०), The Life and Times of Jaipal Singh Munda, आइएसबिएन 9789352669431, मूलबाट ४ अक्टोबर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ नोभेम्बर २०२० 
  28. Sinha, Anuj Kumar (जनवरी २०१७), Unsung Heroes of Jharkhand Movement, आइएसबिएन 9789352660001, मूलबाट ४ अक्टोबर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ जुलाई २०१९ 
  29. "Archaeologists uncover remains of ancient empire in Jharkhand", oneindia, ११ मे २००९, अन्तिम पहुँच ३ अक्टोबर २०२२ 
  30. "History | Latehar, Government of Jharkhand", मूलबाट २८ मार्च २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० अप्रिल २०१९ 
  31. "The Nagbanshis and the Cheros", archive.org, १९६९। 
  32. "Navratangarh: Lost Kingdom of the Nagvanshis", livehistoryindia, २७ अप्रिल २०१९, अन्तिम पहुँच २८ सेप्टेम्बर २०२२ 
  33. "Palamufort", मूलबाट १८ नोभेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २० डिसेम्बर २०१८ 
  34. "history", latehar.nic.in, मूलबाट २८ मार्च २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० अप्रिल २०१९ 
  35. "Climate: Jharkhand", मूलबाट १५ अक्टोबर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० अप्रिल २०१९ 
  36. "Jharkhand: Climate", १६ जुलाई २०१३, मूलबाट १८ अप्रिल २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० अप्रिल २०१९ 
  37. "Tagore Hill", ranchi.nic.in, मूलबाट २ अगस्ट २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ जुलाई २०२० 
  38. "Birds and animals found in the forest of the Palamau district", Official website of the Palamau district, मूलबाट १२ जनवरी २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ अप्रिल २००९ 
  39. "Census Population", भारतको जनगणना, भारतको अर्थ मन्त्रालय, मूलबाट १९ डिसेम्बर २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ डिसेम्बर २००८  वेब्याक मेसिन अभिलेखिकरण १९ डिसेम्बर २००८ मिति
  40. ४०.० ४०.१ ४०.२ "Jharkhand Provisional Result-Census 2011-Data Sheet", Office of the Registrar General & Census Commissioner, India, Ministry of Home Affairs, Government of India, मूलबाट १७ मे २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ जुलाई २०१७ 
  41. "Language – India, States and Union Territories", Census of India 2011, Office of the Registrar General, पृ: 13–14, मूलबाट १४ नोभेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० अप्रिल २०१९ 
  42. "C-16 Population By Mother Tongue", census.gov.in, मूलबाट १२ जनवरी २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ मार्च २०२० 
  43. "Bedlam & bill rush in Assembly", The Telegraph (अङ्ग्रेजीमा), २१ जुन २०१८, मूलबाट २३ जुलाई २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० अप्रिल २०१९ 
  44. ४४.० ४४.१ ४४.२ "Population by religion community – 2011", Census of India, 2011, The Registrar General & Census Commissioner, India, मूलबाट २५ अगस्ट २०१५-मा सङ्ग्रहित। 
  45. "In Jharkhand's Singhbhum, religion census deepens divide among tribals", The Times of India, मूलबाट २३ सेप्टेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २० जुलाई २०१५ 
  46. Ashraf, Ajaz, "Census data shows the outcry against Christian missionaries by Hindutva groups is propaganda", Scroll.in (en-USमा), मूलबाट २ अगस्ट २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ मे २०२० 
  47. "'Treated as Mere Vote Bank,' Say Muslims Left Out of Jharkhand's Grand Alliance", thewire.in (अङ्ग्रेजीमा), मूलबाट २ अगस्ट २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ मे २०२० 
  48. "Districts of Jharkhand", www.jharkhand.gov.in, Government of Jharkhan, मूलबाट ३ फेब्रुअरी २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ फेब्रुअरी २०१७  वेब्याक मेसिन अभिलेखिकरण ३ फेब्रुअरी २०१७ मिति
  49. "Jharkhand", Office of the Registrar General and Census Commissioner, १८ मार्च २००७, मूलबाट १५ सेप्टेम्बर २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ जुलाई २००८ 
  50. "Jharkhand Budget Analysis 2020-21", PRSIndia (अङ्ग्रेजीमा), २३ मार्च २०२०, मूलबाट २५ मार्च २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ मार्च २०२० 
  51. "Jharkhand", India Brand Equity Foundation, मूलबाट २४ सेप्टेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ जनवरी २०१४ 
  52. "Tata Steel > Listing Details > Steel – Large > Listing Details of Tata Steel – BSE: 500470, NSE: TATASTEEL", मूलबाट ७ जुलाई २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ जुन २०१७ 
  53. "NTPC eyes 20K crore thermal plant in MP", business.rediff.com, मूलबाट १५ जुलाई २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ अक्टोबर २०१० 
  54. "Jharkhand Economy", मूलबाट १७ अक्टोबर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० अप्रिल २०१९ 
  55. "Culture of Jharkhand, Languages in Jharkhand, Arts and Crafts" 
  56. "10 Dishes of Cuisine of Jharkhand you must try at least once in Life", Great Indian Food (en-USमा), ३० सेप्टेम्बर २०१६, मूलबाट ३ फेब्रुअरी २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २ फेब्रुअरी २०१७ 
  57. "Jharkhand Tourism::Cusines", www.jharkhandtourism.in, मूलबाट २६ फेब्रुअरी २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २ फेब्रुअरी २०१७  वेब्याक मेसिन अभिलेखिकरण २६ फेब्रुअरी २०१७ मिति
  58. "Rugra on a rain high - Mushroom demand shoots up in holy month of Shravan", www.telegraphindia.com (अङ्ग्रेजीमा), मूलबाट २८ मार्च २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ अक्टोबर २०१८ 
  59. "Tribal Food of Chota Nagpur", १५ अप्रिल २०१६, मूलबाट १८ अप्रिल २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० अप्रिल २०१९ 
  60. "Hadia is a popular beverage of Jharkhand | Rice Knowledge Management Portal – Rice, Paddy, Dhan, Chawal, Rice Research Domain, Rice Extension Domain, Rice Farmers Domain, Rice General Domain, Rice Service Domain, RKMP, Rice in India, Rice Government Schemes, Rice ITKs, Rice FLDs, Rice Package of Practices", www.rkmp.co.in (अङ्ग्रेजीमा), मूलबाट ३ फेब्रुअरी २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २ फेब्रुअरी २०१७  वेब्याक मेसिन अभिलेखिकरण ३ फेब्रुअरी २०१७ मिति
  61. "The Telegraph – Calcutta : Jharkhand", www.telegraphindia.com, मूलबाट ३ फेब्रुअरी २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २ फेब्रुअरी २०१७ 
  62. "High time to make most of mahua – Times of India", The Times of India, मूलबाट ९ फेब्रुअरी २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २ फेब्रुअरी २०१७ 
  63. "Welcome :: Jharkhand Tourism Development Corporation Ltd", मूलबाट ५ अगस्ट २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० अप्रिल २०१९  वेब्याक मेसिन अभिलेखिकरण ५ अगस्ट २०१८ मिति
  64. ६४.० ६४.१ Khanna, Dr. C. L. (सेप्टेम्बर २०१०), Jharkhand General Knowledge, आइएसबिएन 9788174822468, मूलबाट ४ अक्टोबर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ नोभेम्बर २०२० 
  65. "Jharkhand govt gives approval for production of 20 films", मूलबाट १४ अक्टोबर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० अप्रिल २०१९ 
  66. "Here comes Jollywood", India today, मूलबाट २७ जुन २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ जुन २०२१ 
  67. "Jollywood gets moving forward in regional film industry", Jharkhandstatenews, २२ फेब्रुअरी २०१८, मूलबाट २७ जुन २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ जुन २०२१ 
  68. "Places to Visit in Jharkhand", Maps of India, मूलबाट ३ अप्रिल २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० अप्रिल २०१९ 
  69. "Jharkhand registers 385% increase in foreign tourist visits", Hindustan Times, मूलबाट ३ अप्रिल २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० अप्रिल २०१९ 
  70. Srivastava, Priya (१२ अगस्ट २०१८), "Worshipping 'headless deity' at Chinnamasta Temple in Jharkhand", Times of India Travel (अङ्ग्रेजीमा), अन्तिम पहुँच २५ अप्रिल २०२२ 
  71. "Tattapani", latehar.nic.in, Government of Jharkhand, अन्तिम पहुँच १८ अप्रिल २०२२ 
  72. Jaipuriar, Vishvendu (२१ नोभेम्बर २०१७), "Cop picket plan for temple", The Telegraph (अङ्ग्रेजीमा), मूलबाट २९ जुलाई २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ जुलाई २०१९ 
  73. Ravi, S. (११ मे २०१८), "Deciphering the past", The Hindu (अङ्ग्रेजीमा), मूलबाट २ अगस्ट २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ जुलाई २०१९ 
  74. "Jharkhand steps up plastic policing at picnic spots", The Telegraph, मूलबाट ३ अप्रिल २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० अप्रिल २०१९ 
  75. "'Emerging' tourist destinations vie for attention at IITM", The Hindu, मूलबाट २ अगस्ट २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ अप्रिल २०१९ 
  76. "Adventure tourism extravaganza kick-starts today", The Pioneer, मूलबाट ३ अप्रिल २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० अप्रिल २०१९ 
  77. Ranjan, Rakesh (२६ Apr २०२), "Lockdown: आंशिक लॉकडाउन का जादूगोड़ा रंकिनी मन्दिर पर पड़ा जबर्दस्त असर, कपाट खुले, भक्त नदारद", Jagran (हिन्दीमा), अन्तिम पहुँच ३१ मे २०२२ 
  78. "मां रंकिणी का पाषाण और जागृत रूप, जानिए मां की महिमा", ETV Bharat News, २४ अक्टोबर २०२०, अन्तिम पहुँच ३१ मे २०२२ 
  79. "Autumn of thrill at hill station of Netarhat", The Telegraph, मूलबाट ३ अप्रिल २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० अप्रिल २०१९ 
  80. "Netarhat: Jharkhand's Secret Hill Station", Outlook, मूलबाट ३ अप्रिल २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० अप्रिल २०१९ 
  81. "Netarhat is Home to Innumerable Waterfalls And Unlimited Peace", India.com, मूलबाट ३ अप्रिल २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० अप्रिल २०१९ 
  82. "BETLA NATIONAL PARK & TIGER RESERVE", WebIndia123, मूलबाट ३ अप्रिल २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० अप्रिल २०१९ 
  83. "You Can Walk Amid Wildlife at Dalma Wildlife Sanctuary in Jharkhand", India.com, मूलबाट ३ अप्रिल २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० अप्रिल २०१९ 
  84. "Winter holiday rush at Betla, Netarhat", The Telegraph, मूलबाट ३ अप्रिल २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० अप्रिल २०१९ 
  85. "Dalma Wildlife Sanctuary bursts at the seams of autumn season", The Pioneer, मूलबाट ३ अप्रिल २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० अप्रिल २०१९ 
  86. Roy, Saurav (१३ अक्टोबर २०२०), "What holds back tribal students in an urban milieu?", the Telegraph, अन्तिम पहुँच १२ अप्रिल २०२२ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

सरकार

साधारण जानकारी