वैद्यनाथ ज्योतिर्लिङ्ग मन्दिर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

वैद्यनाथ १२ ज्यतिर्लिङ्ग मध्यको एक स्थान हो । वैद्यनाथलाई बाबाधाम पनि भनिन्छ । वैद्यनाथ नेपालको सुदूरपश्चिम प्रदेशमा पर्ने अछाम जिल्लामा पर्दछ । यहाँ वैद्यनाथको नामले भगवान शिवको पूजा आरधना गरिन्छ ।

उत्पत्ती इतिहास[सम्पादन गर्नुहोस्]

सत्य युगमा राक्षसहरूको राजा रावणले दशहजार वर्षसम्म भगवान शिवको घोर तपस्या गरेको थियो । भगवान शिवको तपस्या गर्दा रावणले प्रत्यक हजार वर्षमा आफ्नो एक शिर काटेर त्यता पट्टीको शरिरको बाजा बनाएर भगवान शिवको स्तुती गर्ने गर्थ्यो । यसरी रावणले १० हजार वर्षमा आफ्नो १० औँ शिर काट्न लाग्दा महादेव प्रकट भएर रावणलाई ईछ्छा अनुसारको वर माग्न भने । महादेवको कुरा सुनेर रावणले लोक विजयी बन्न पाउँ भन्ने वर माग्यो । रावणले मागेको वरदान देवताहरूको लागि घातक भएपनि रावणको तपस्या देखेर भगवान शिवले लोक विजयीको वरदान दिए । आफ्नो इछ्छा अनुसारको बरदान पाएर रावणले खुसी हुँदै भगवान शिवलाई आफ्नो साथैमा आफ्नो राज्य लङ्का जान आग्रह गर्न थाल्यो । रावणको कुरा सुनेर महादेवले रावणलाई आफू लङ्कामा नजाने बरू रावणले तपस्या गर्दा पूजा गर्ने गरेको शिवलिङ्गलाई लिएर जानु भने । यसका साथै रावणलाई महादेवले यो शिवलिङ्गलाई जमिनमा नराखेर लङ्का पुगाउनु पर्ने र यदी जमिनमा राखेमा यो शिवलिङ्गलाई उठाउन नसकिने कुरा पनि जानकारी गराए । महादेवको कुरा सुनेर रावणले खुसी हुँदै शिवलिङ्ग बोकेर लंकाको बाटो लाग्यो । यदी रावणले त्यो शिवलिङ्ग लंकामा पुगाएमा देवताहरूको लागि घातक हुने भएकोले देवताहरू सबै मिलेर भगवान विष्णुसँग कुनै उपाय निकाल्नको लागि अनुरोध गरे । देवताहरूको विन्ती सुनेर भगवान विष्णुले गङ्गाजीला रावणको पेटमा पसेर रावणलाई पिसाब गर्न वाद्य बनाउने आज्ञा दिए । भगवान विष्णुको त्यो आज्ञा सुनेर गङ्गाजी रावणको पेटमा पसिन् । पेटमा गङ्गाजी पसेकोले रावणलाई पिसाबले च्याप्न थाल्यो । जुन ठाउँमा अहिले वैद्यनाथ मन्दिर छ त्यो ठाउँमा पुगेपछी रावणले वैद्यनाथ नामको गोठालोलाई भेटायो । भनिन्छ भगवान विष्णु नै वैद्यनाथको भेषमा रावणलाई देखिएका थिए । रावणले शिवलिङ्ग वैद्यनाथलाई समात्न लगाएर आफू पिसाब गर्न गयो । पेटमा गङ्गाजी पसेकी हुनाले रावणलाई पिसाब गर्न धेरै समय लाग्यो । यता वैद्यनाथको हातबाट शिवलिङ्ग जमिनमा खस्यो । केही बेरमा रावण आएर हेर्दा शिवलिङ्ग जमिनमा खसेको देखेर उठाउने कोसिस गर्यो तर रावणले शिवलिङ्गलाई उठाउन सकेन । रावणले वैद्यनाथलाई शिवलिङ्ग जमिनमा नराख्नु भनेर गएको थियो । त्यसैले रावणले वैद्यनाथलाई धेरै गाली गरेर खाली हात घर फर्क्यो । अनाहकमा आफुले गाली खाएकोमा वैद्यनाथलाई निकै रिश उठ्यो । शिवलिङ्गको कारणले आफुले गाली खाएकोमा वैद्यनाथले प्रत्यक दिन शिवलिङ्गमा एक एक चोट लठ्ठीले हानेर मात्र खाना खाने प्रतिज्ञा गरे । वैद्यनाथले सधैं एक चोट शिवलिङ्मा हानेर मात्र खाना खान्थे । यसै क्रममा एक दिन शिवलिङ्गमा लठ्ठीले हान्न लाग्दी भगवान शिव प्रकट भएर वैद्यनाथलाई दर्शन दिए । उनै वैद्यनाथले यहाँ शिव मन्दिरको स्थापना गरेर पूजाको आरम्भ गरेकाले यो स्थानको नाम वैद्यनाथ पर्न गएको हो ।[१]

सरदार पंडा को सूची[सम्पादन गर्नुहोस्]

1. मुकुंद झा

2. जूधन झा

3 मुकुंद झा दूसरी बार

4. चिक्कू झा

5. रघुनाथ झा 1586 में

6. चिक्कू झा दूसरी बार

7. मल्लू

8. सेमकरण झा सरेवार

9. सदानंद

10. चंद्रपाणी

11. रत्नपाणी

12. जय नाथ झा

13. वामदेव

14. यदुनंदन

15. टीकाराम 1762 तक

16. देवकी नंदन 1782 तक

17. नारायण दत्त 1791 तक

18. रामदत्त 1810 तक

19. आनंद दत्त ओझा 1810 तक

20. परमानंद 1810 से 1823 तक

21. सर्वानंद 1823 से 1836 तक

22. ईश्वरी नंद ओझा 1876 तक

23. शैलजानंद ओझा 1906 तक

24. उमेशा नंद ओझा 1921 तक

25. भवप्रीतानन्द ओझा 1928 से 1970 तक

26. अजीता नंद ओझा 06 जुलाई 2017 से 22 मई 2018 तक

27. गुलाब नंद ओझा 22 मई 2018 से[२]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. शिवपुराण
  2. "Prabhat Khabar" 


अन्य प्रसिद्ध शिव मन्दिर[सम्पादन गर्नुहोस्]

यी पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]

बाह्य स्रोतहरू[सम्पादन गर्नुहोस्]