सामग्रीमा जानुहोस्

राम नवमी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
राम नवमी
प्रकारहिन्दु
महत्त्वरामको जन्मदिन
उत्सवचैतको अन्तिम दिन नवरात्रि
परिपालनपूजा, बर्त, रामायण कथा, हवन, दान, संगीतिक मेला
मितिचैतको नवौँं दिन (चैत्र शुक्ल पक्ष नवमी)
आवृत्तिबार्सिक
भगवान राम र सिताको मुर्ति

राम नवमी हिन्दू धर्मावलम्बीहरूको एक पर्व हो । यो पर्व चैत्र महिनाको शुक्ल पक्षको नवमी तिथीका दिन मनाइने गरिन्छ ।[] प्रख्यात हिन्दू धर्म ग्रन्थ रामायणका अनुसार यो दिनलाई भगवान् श्री राम चन्द्रको जन्म दिनको रूपमा लिइन्छ । यो पर्व चैत्र नवरात्रको विचमा आउने भएकाले यो दिन भगवान् श्री राम का साथै आद्य शक्ति नव दुर्गा देवीको पनि पूजा हुन्छ । त्रेता युगमा चैत्र शुक्ल नवमीका दिन अयोध्यामा जन्मनु भएका श्रीरामले दानवीय प्रवृत्तिका रावणको अन्त्य गरी जन कल्याण गरिएको सम्झनामा यो पर्व मनाइन्छ । हिन्दू धर्मावलम्बीहरू रामनवमीका दिन बिहानै नुहाइधुवाइ गरी राम मन्दिरमा गई पूजा आराधना गर्ने गर्दछन् । यसै क्रममा राजधानीको बत्तिसपुतली स्थित राम मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भीड लाग्छ । राजधानीकै प्रसिद्ध राम मन्दिरमा ललितपुर, भक्तपुरबाट भक्तजन पूजाका लागि आउँछन् । रामनवमीका दिन जनकपुर स्थित रामजानकी मन्दिरमा भव्य मेला लाग्छ । मेलामा नेपाल तथा भारतका हजारौं श्रद्धालुको घुइँचो लाग्छ । पवित्र पोखरी गङ्गासागरमा स्नान गरी श्रद्धालुले जानकी मन्दिर सहित विभिन्न मठ मन्दिरमा पूजापाठ गर्ने प्रचलन छ ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. James G. Lochtefeld (२००२), The Illustrated Encyclopedia of Hinduism: N-Z, The Rosen Publishing Group, पृ: ५६२, आइएसबिएन 978-0-8239-3180-4

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]