कथा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

कथा साहित्यको एउटा विधा हो। यसमा कुनैपनि विषयको कथा अथवा कहानी गद्यमा लेखिन्छ। अङ्ग्रेजी भाषामा लामो कथालाई नै उपन्यास भन्ने गरिन्छ। कथा लेख्ने मान्छेलाई कथाकार भनिन्छ।


बदमास नारायनद्वारा रचित एक कथा

        एकछिन मरिहेर्दा

जीवनदेखी आजीत म न बाँच्न मन छ न मर्न नै आँट । सबैको नजरमा तल परेको काम गर्न नसक्ने लाक्षी भएको छु । जुन दिन बस दुर्घटनामा परेर हात काट्नुपर्यो, ढाड भाँचियो सबैको नजरमा कसिङ्गर भएँ । कमाउनजेल स्वास्नीले राम्रो गर्थी,भन्थी, छरछिमेकमा राम्रो थियो, काम सघाइदिन्थे तर आज छरछिमेक त पर स्वस्नीको लागी नि बोझ छुँ म ।कुनै बेला त घर छाडेड जाउँ कतै एकान्तमा र एक्लै बसौँ झै हुन्छ तर ढाडले गर्दा हिँडन सक्दिन । दिनरात स्वास्नीको मनमा भाला घोप्ने बचनको कारण आफ्नो कायरता फाली आँट गरेर मैले मर्ने निर्णय गरे । ठुलो निर्णय, ज्यादै ठुलो…

खाना खाने बेला भयो । “आउ घिच्न, कमाइ छैन घिच्न त सक्छौ नि । हाड रगडि रगडि दिनमा काम गर्यो रातमा ………….. ” स्वास्नी बरबराइ रहि । यसरी नै जहिलै खाना खाने बेलामा स्वास्नीले नाना थरी भन्थी, गाली गर्थी, मसँग बिहे गरेकोमा आँफैलाई कोच्थी, कहिले सन्तान नभएको राम्रो भो भन्थी त कहिले मेरो कारणले सन्तान नभएको भनि नपुंसकको संज्ञा दिन्थी ।

[ यो सँग बिवाह हुनुभन्दा पहिले मेरो कलेजकै एउटी सँग लभ थियो, पछि गर्भ रहेको थाहा पाएर गिराउनु परेको थियो । म कसरि नपुंसक भए । ]

स्वास्नीका यस्ता वचनका कारण खाना पनि मजाले खान सक्दिनथिए तर आज उसका कुराको कुनै पर्वाह नगरि गमागम थपिथपि खाइदिएँ किनकी मैले ठुलो निर्णय लिएको थिए ‘आत्महत्या’ ।

गाउँ सुनसान थियो । बुडी सुतिसकेकी थिइ । उठेर झुन्डीन जाउँ त उठ्न सक्दिन, साँच्चै म लाचार रहेँछु मर्न पनि नसक्ने तर म मेरो निर्णय कुनै हालतमा फेरदिन । आँफैले आफ्नो घाँटी थिचे । बिस्तारै शरिर चिसो भो । हातहरु खुकुलिए, स्वास्नी बिउँझिने डरले छटपटाउन पनि पाइन । तर हात खुकुलीना साथ हराएको सास एक्कासी आयो स्वा… स्वा…. भएर सास आँफै फेरीयो । लौ यसरी त मर्न नसकिने रहेछ ।

कहिलेकाहीँ रातमा दिसा आउँदा बुढीलाई उठाउँथे तर हिजोमात्रै उठाउँदा बुडीले रिसाएर भनेकी थीइ: -“ अबदेखी मलाई उठाउने हैन, आफै जाने बाहीर । यहा छ टेक्ने लौरो ” हिजो त यही कुरा मन परेको थीएन तर आज मन पर्यो । लौरो टेकी बल्ल बल्ल बाहीर निस्कीएँ, अन्धकार, किराहरु कराइरहेका थिए । सायद मेरै स्वास्नीले झै झ्याउकिरीहरु आफ्ना लाचार र अशक्त श्रीमानलाई गाली गरीरहेका होलान ।

डोरी हातमा थीयो, छेउबाट कुर्सी ल्याएर चड्न खोजे तर असफल प्रयास म लडे १०/१२ पल्टको प्रयासपछी कुर्सीमा चडेर छेउको आपको हाँगामा डोरी बाने र मेरो घाँटीमा नी बाने । कुर्सी लडाइदीएँ, मलाई असहाय हुन थाल्यो, मेरा खुट्टाहरु काटीएर उछिट्टीएका औलाझै छट्पटाइ रहेका थिए । विस्तारै मेरो हात चिसो हुन थाल्यो, सुरुमा हात र बिस्तारै पुरै शरिर फ्रिजमा परिवर्तन भयो । मेरो शरिर शुन्यमा, बिना प्रतिक्रिया झुलीरहे । लिंगेपिंग माफिक…..

म मेरो शरिर हल्लिएको हेरिरहे । म तल भुइमा पछारिसकेको थिए । माथी मेरो शरिर झुलिरहेको थियो । लडेको कुर्सि उठाउन हात बडाए तर मेरा हातहरु हावासँग मात्र स्पर्ष गरिरहे, मैले आँफैलाई स्पर्ष गर्ने कोसीष गरे तर मेरो असफल प्रयास, म पनि खोक्रो भैसकेछुँ । म सायद अदृश्य ब्लाकहोलमा रुपान्तरण भैसकेछुँ ।

सायद म भुत भैसकेछुँ । म घरभित्र पसेँ, न मलाई घरका पर्खालले रोके न त कुनै कुरा मसँग स्पर्ष भए । म रातभर छट्पटिरहेँ । सायद म भुतलाई नि निन्द्रा लागेछ म भुसुक्क निदाएँ, सायद मेरा आँखा बन्द भए ।

बिहान मात्र मेरा आँखा खोलीए । म भुइँमा पछारीरहेको थीएँ र छेउमै मेरो स्थीर शरीर लडेको थीयो । नाकभीत्र रुवा, घाँटीदेखीन तल सेतो कपडा र छेउमा एउटा दियो । मेरी स्वास्नी मेरो मुढो लाशको अगाडी बसेर छाती पिटी पिटी रोइरहेकी थिइ, कराउँदै थिइ र भकभकाउँदै भनिरहेकी थिइ: – “ हे भगवान! मलाई लानुपर्थ्यो, किन वहाँलाई लग्नुभएको । म अब कसरि बाँच्नु, के गर्नुभयो हजुरले अब म कसको आशमा बाँच्ने ” मेरी स्वास्नीले मलाई यती धेरै माया गर्छे थाहा थिएन । अहिलै गएर शरिरभित्र पसौ झै भयो तर गाउँलेको नि व्यवहार हेर्न मन लाग्यो, जहाँ थुप्रा थुप्रा बनी मेरो लाशको छेउछाउमा गफिरहेका थिए । म विस्तारै गाउँका मास्टरहरुको झुन्डमा पुगे, त्यहा अस्थाइ शिक्षक र स्थाइ शिक्षकको कुराहरु भैरहेका थिए ।

मैले

निकै बेर सुन्दा नि मेरो कुरा भेटीन । अर्को हुल गाउँका नेताको थियो तर त्यहा पार्टीको कुरा । यसरी म ४/५ हुल चाहारे तर उनीहरुका आफ्नै कुरा । मर्ने म तर उनिहरु आफ्नै कुरा गरिरेका थिए जहाँ मेरो कुरा थिएन । पछाडीबाट कसैले मेरो नाम उच्चारण गरे झैँ लाग्यो,फनक्क फर्कि हेरेँ । त्यो हुल ११/१२ वर्षका ठिटाहरुको थियो । जे होस कसैले त मेरो कुरा गर्दैछ भनि मुसुक्क हाँसे, उनीहरुको छेउमा मेरो कुरा सुन्न गएँ तर उनीहरु मलाई जोक्समा सेरेको संज्ञामा राखेर जोक्स भन्दै हाँस्दै रहेछन । त्यहाबाट नी म निराश फर्किए र अर्को २१/२२ वर्षका युवाहरुको हुलमा गएँ । त्यहाँ उनिहरु आजबाट १३ दिनसम्म तास खेल्ने योजना बनाउँदै रहेछन । अस्ती हारेका पैसाहरु उठाउने दाऊ रैछ म मरेकोमा ।

यत्रा जमातमा मैले मेरो बारेमा सोँच्नै एउटै मात्र देखेँ ‘मेरी स्वास्नी’ । एकछिनमा गाउँको टाउके भनाउँदा नेता हातमा पार्टीको झन्डा लिएर आए र मेरो लडीरहेको लाश माथी ओडाए र चिच्याएर भने: – “ वहाँ हाम्रो पार्टीको सक्रिय कार्यकर्ता हुनुहुन्थो ।वहाँको यस असामायिक निधनप्रती हामी र हाम्रो पार्टी स्तब्ध छौ । वहाँको आत्माको चिरशान्तीको लागी १ मिनटको मौन धारण गरौँ ।” सबै स्तब्ध रहे तर मेरो मन चञ्चल भयो । मेरो बारेमा कुरा गर्ने मेरी स्वास्नीबाहेक सायद यी नेतामात्र होलान तर म उनको पार्टीमा नलागेको कसरी सक्रिय भएँ । मलाई लाग्यो मेरी स्वास्नी देखी बाहेक मेरो मृत्युको पिडा कसैलाई छैन । म मेरो शरीर भित्र प्रस्थान गर्न दौडिए । बल्लबल्ल भित्र पसे स्वा… स्वा… गर्दै जुरुक्क उठेँ । मलाई लानुपर्थो भनी कराउने मेरी स्वास्नी म उठ्नासाथ ६ कोश टाडा पुगि । सबै आत्तिएर पछाडी सरे । म जुरुक्क उठेँ र लौरो टेकी हिडेँ तर आज हिजोको जस्तो म मा अशक्तपना ज्यादा थिएन । मेरो मुहारमा छुट्टै मुस्कान थियो । म मरेकोमा अरुलाई हुनसक्ने फाइदाहरु मैले काँच फुटाए झै सबैको मुहारबाट फुटाइदिसकेको थिएँ । एकछिन मरिहेर्दा मैले समाज, परिवार बुझिसकेको थिए । एकछिन मरि हेर्दा…..

बदमास नारायन @badmash_badu

कथा सिद्धान्त[सम्पादन गर्ने]

माेटामाेटी रूपमा कथाकाे सिद्धान्तलार्इ निम्नानुसार अध्ययन गर्न सकिन्छ ः

कथाको परिभाषा[सम्पादन गर्ने]

पूर्वीय एवम् पाश्चात्य परम्परामा कथाकाे लामाे परम्परा रहे पनि यसले सैद्धान्तिक मान्यता भने १९ अाैं शताब्दीमा पाश्चात्य जगत्मा प्राप्त गरेकाे देखिन्छ । संस्कृत भाषाकाे कथ् (कथने) धातुमा अङ् (अ) प्रत्ययबाट निष्पन्न कथमा टाप् (अा) प्रत्यय लागेर कथा शब्दकाे निर्माण भएकाे हाे । यसकाे शाब्दिक अर्थ हुन्छ केही कुरा भन्नु वा कहनु । संस्कृत साहित्यमा कथालार्इ अाख्यान, अाख्यायिका, कथागाथा भन्ने गरेकाे पाइन्छ भने अङ्ग्रेजी साहित्यमा story, tale, fable र अन्त्यमा short story भन्ने गरेकाे पाइन्छ । त्यसैगरी यसलार्इ हिन्दीमा कहानी, बंगालीमा गल्प र नेपालीमा कथाकुथुङ्ग्री, अाहान भन्ने गरेकाे देखिन्छ । वर्तमान समयसम्म अाइपुग्दा कथा विधाले अाफुलार्इ विश्व जनमानसमा गहकिलाे प्रभाव छाेड्न सफल भएकाे पाइन्छ । विभिन् विद्वान्ले दिएका कथासम्बन्धी परिभाषाहरू ः

संस्कृत साहित्यमा कथा

  • अाख्यायिका, कथा, खण्डकथा, परिकथा र कथालिका गरी पाँच भेदकाे अाख्यान छन्द, अध्याय, सर्गबन्ध जस्ता संरचना शिल्पभित्र पर्ने प्रसङ्गहरू कृतिका बाह्य अावरण हुन् । भाषा र कथनका सन्दर्भमा कुनै त्यस्ताे अनिवार्य प्रावधान रहनु हुन्न । समष्टिमा सबैलार्इ कथा भनिदिए अापत्ति पर्दैन । (अाचार्य दण्डी)
  • अाख्यायिका, कथा, परिकथा, खण्डकथा, र कथालिका जस्ता कथाका पाँचवटा भेद छन् । भाषा र कथयिताका अाधारमा नभएर वस्तु ग्रहण र त्यसकाे विन्यासका साथै कथ्य चयनका अाधारमा कथाकाे व्याख्या गर्नु समुचित कार्य ठहर्छ (अग्नि पुराण) ।

रचना विधान[सम्पादन गर्ने]

कथाका प्रकार तथा वर्गीकरण[सम्पादन गर्ने]