चुट्किला
चुट्किला संक्षेपमा हाँसाउने वा मनोरञ्जन दिने उद्देश्यले तयार गरिएका रमाइला वा मजेदार वाक्यांशहरू हुन्। वास्तवमा चुट्किला भन्नाले छिटोछरितो एवं चिटिक्क उक्तिद्वारा कुनै घतलाग्दो कुरो वा मनोरञ्जनात्मक कुरा प्रस्तुत गर्ने माध्यमलाई बुझ्न सकिन्छ। कतिपय चुट्किलाहरू त राजनीतिक तथा सामाजिक विकृति विसंगतिप्रति तीक्ष्ण व्यङ्ग्य गर्ने किसिमका हुन्छन्। यिनीहरू प्रायः हास्य, आश्चर्यजनक घटनाहरू, वा दैनिक जीवनका परिदृश्यहरूमा आधारित हुन्छन्। चुट्किला विभिन्न सांस्कृतिक र भाषिक परिप्रेक्ष्यमा फरक-फरक ढंगले प्रस्तुत गरिन्छन्, तर सबैको उद्देश्य समान हुन्छ: हाँसो र मनोरञ्जन प्रदान गर्नु।
हाँसोले हाम्रो जीवनमा सकारात्मक उर्जा बढाउँछ। हामीलाई हाँस्नको लागि कुनै विशेष अवसर चाहिँदैन, किनकि हामी समय निकालेर जुनसुकै बेला हाँस्न सक्छौं। स्वस्थ रहनका लागि स्वास्थ्य विज्ञ र योग गुरुहरूले पनि मानिसलाई हाँस्न सल्लाह दिन्छन् । चुटकिला पढेर पनि हाँस्न सकिन्छ । यसका अलावा कमेडी चलचित्र, टिभी कार्यक्रम वा चुटकिला पढेर पनि हाँस्न सकिन्छ ।
उदाहरण
[सम्पादन गर्नुहोस्]- दीपक र राजु कुरा गर्दै
- दीपकः राजु मेरो बाबा त यस्तो चीसो ठाउँमा बस्नु हुन्छ कि त्यहाँको पानी सधैं जमेको हुन्छ।
- राजुः मेरो बाबा त त्यो भन्दा पनि चीसो ठाउँमा बस्नु हुन्छ। वहाँ बसेको ठाउँमा त हावा पानी मात्र हैन बोलेको बोली पनि जमेर अर्को मानिसले सुन्न सक्दैन रे।
- दीपकः त्यसोभए गफ चैं कसरी गर्ने त?
- राजुः सबैजना वरिपरी बसेर बीचमा स्टोभ बाल्ने अनि कराई बसालेर गफ गर्न थाल्ने।