उपवास

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
दीर्घ उपवासको पश्चात महात्मा बुद्ध

केहि वा सम्पूर्ण भोजन, पेय वा दुईटैको बिना केहि अवधि सम्म केहि नखाई त्यसै बस्नु उपवास (Fasting) हो। उपवास पूर्ण वा आंशिक हुन् सक्दछ। यो धेरै सानो अवधिदेखि लिएर महिनौंसम्म पनि हुन सक्दछ। उपवासका अनेक रूप छन्। धार्मिक एवं आध्यात्मिक साधनाका रूपमा प्रागीतिहासिक कालदेखि नै उपवासको प्रचलन रहेको छ।[१]


परिचय[सम्पादन गर्ने]

यो अनेकौं प्रकारको हुने गर्दछ। यस प्रकारको उपवास धार्मिक हुने गर्दछ, जुन एकादशी, सङ्क्रान्ति तथा यस्तै नै पर्वहरुका दिनहरुमा गर्ने गरिन्छ।[२]यस्तो उपवासहरुमा दिनभर दूधद्वारा बनाइएको मिठाई तथा शुष्क र हरियो दुईटै प्रकारका फल खान सकिन्छ। केहि निर्जल उपवास पनि हुने गर्दछन्। यसमा दिनभर न केहि खान सकिन्छ न जल नै पिउन मिल्छ। रोगहरुमा पनि उपवास गर्न सकिन्छ, जसलाई लङ्घन भनिने गरिन्छ। हिजोआज राजनीतिक उपवास पनि गरिने गरिन्छ जसलाई "अनसन" भनिने गरिन्छ। यसको उद्देश्य सरकारको दृष्टिलाई आकर्षित गर्नु र सरकारलाई दबाब दिएर कार्य गराउनु भन्ने हुन्छ जसका लागि उपवास गर्ने गरिन्छ। कहिलेकाहीँ भोजन नपाएपछी बाध्य भएर पनि उपवास गर्ने गरिन्छ।[३]

यस्ता सबै प्रकारका उपवासहरुमा शरीरमा समान प्रभाव पर्ने गर्दछ। एक पटक भोजन ग्रहण गरे पश्चात् केहि घण्टासम्म, शरीरलाई खाएको आहारबाट शक्ति मिल्ने गर्दछ,[४]तर तत्पश्चात शरीरमा सञ्चित आहारका अवयव- प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम जस्ता तत्वहरु शरीरले उपयोग गर्न थाल्दछ। बोसो र कार्बोहाइड्रेट परिश्रम गर्ने शक्ति उत्पन्न गर्दछ। प्रोटीनको काम शरीरका टूटे-फूटेका भागहरुको पुनर्निर्माण गर्नु हो। तर जब उपवास लामो वा अधिक समयसम्म हुने गर्दछ त्यतिखेर शक्ति उत्पादनका लागि शरीरले प्रोटिनको पनि उपयोग गर्ने गर्दछ। यस प्रकार प्रोटिन ऊतकनिर्माण (तन्तु फोरमेसन) र शक्ति-उत्पादन दुईटै काम गर्ने गर्दछ।

शरीरमा कार्बोहाइड्रेट दुई रूपमा अवस्थित हुने गर्दछ : ग्लूकोज, जुन कि रक्तमा प्रवाहित हुने गर्दछ र गलाइकोजेन, जुन पेशी र यकृत मा सञ्चित रहने गर्दछ।[५]साधारणतया कार्बोहाइड्रेट शरीर प्रतिदिनको भोजनबाट प्राप्त हुने गर्दछ। उपवासको अवस्थामा जब रक्तको ग्लूकोज खर्च हुने गर्दछ तब सञ्चित ग्लाइकोजेन ग्लूकोजमा परिणत भएर रक्तमा जाने गर्दछ। उपवासको अवस्थामा यो सञ्चित कार्बोहाइड्रेट दुई चार दिनमा समाप्त हुने गर्दछ; तब कार्बोहाइड्रेटको काम बोसोलाई गर्नपर्दछ र साथै प्रोटिनलाई पनि यस कार्यमा सहायता गर्नुपर्दछ।

शरीरमा बोसो विशेष मात्रामा छालाको (त्वचा) को तल तथा कल्लाहरुमा सञ्चित रहने गर्दछ। स्थूल शरीरमा बोसोको अधिक मात्रा हुने गर्दछ। यहि कारण पातलो व्यक्तिको अपेक्षा स्थूल व्यक्ति अधिक दिनसम्म पनि भोकै बस्न सक्दछ। शरीरलाई दैनिक कर्म र उष्माका लागि कार्बोहाइड्रेट, बोसो र प्रोटिन, तीनटै पदार्थहरुको आवश्यकता हुन्छ, जो त्यसलाई आहारबाट प्राप्त हुने गर्दछ। आहारबाट उपलब्ध बोसो यकृतमा जाने गर्दछ र त्यहाँ रासायनिक प्रतिक्रियाहरुमा वसाम्ल र ऐसिटो-ऐसीटिक-अम्लमा परिवर्तित भएर रक्तमा प्रवाहित हुने गर्दछ तथा शरीरलाई शक्ति र उष्मा प्रदान गर्ने गर्दछ। उपवासको अवस्थामा शरीरको सञ्चित बोसोको यकृतद्वारा यहि प्रकार उपयोग गर्ने गरिन्छ। यो सञ्चित बोसो केहि सप्ताहसम्म कार्बोहाइड्रेटलाई पनि स्थान ग्रहण गर्न सकिन्छ। अन्तर केवल यति मात्रै छ कि जब शरीरलाई आहारबाट कार्बोहाइड्रेट मिल्ने गर्दछ तब ऐसिटो-ऐसीटिक-अम्ल यकृत द्वारा त्यति नै मात्रामा सञ्चालित हुने गर्दछ जतिको आवश्यकता शरीरलाई हुने गर्दछ। कार्बोहाइड्रेटको अनुपस्थितिमा यस अम्लको उत्पादन विशेष तथा अधिक हुने गर्दछ र त्यसको केहि अंश मूत्रमा आउने गर्दछ। यस अंशलाई किटोन भनिने गरिन्छ कीटोन मूत्रमा पाइने गर्दा शरीरमा कार्बोहाइड्रेटको कमीको चिह्न हो र त्यसको अर्थ यो हुन्छ कि कार्बोहाइड्रेटको कार्य अब सञ्चित बोसोलाई गर्नुपर्दछ। यो उपवासको प्रारम्भावस्थामा हुने गर्दछ। रुग्णावस्थामा जब रोगी भोजन गर्न सक्दैन तब शरीरमा कार्बोहाइड्रेटको चया-पचयलाई जान्नका लागि मूत्र मा किटोनको जाँच गर्नु आवश्यक छ।

उपवासको लामो अवधिमा सञ्चित बोसो समाप्त भैसकेपछी उष्मा र शक्तिको उत्पादनको भार प्रोटिनमा पर्ने गर्दछ। शरीरका कोमल भागहरुको प्राय: ७५ प्रतिशत अंश प्रोटिनबाट बनेको हुन्छ। उपवासको अवस्थामा यही प्रोटिन एमिनो-अम्लमा परिवर्तित भएर रक्तमा प्रवाहित हुने गर्दछ। सबै अंगका प्रोटिनलाई सञ्चालन समान मात्रामा हुने गर्दछ। लामो उपवासमा जब सम्म मस्तिष्क र हृदयको भार प्राय: ३ प्रतिशत कमी हुने गर्दछ, तब सम्म पेशीको ३० प्रतिशत भार कम हुने गर्दछ। शारीरिक ऊतक (तन्तु) बाट प्राप्त एमिनो-अम्लका मुख्य दुई कार्य हुने गर्दछ : (१) अत्यावश्यक अंगलाई सुरक्षित राख्नु र (२) रक्तमा ग्लूकोजको अपेक्षित मात्रालाई स्थिर राख्नु।

प्रोटिन नाइट्रोजनयुक्त पदार्थ हुने गर्दछ। अतएव जब शरीरका प्रोटिनलाई उपर्युक्त काम गर्नुपर्दछ तब मूत्रको नाइट्रोजनीय अंश बढ्ने गर्दछ। उपवासको पहिले सप्ताहमा यो अंश प्रति दिन मूत्रका साथ लगभग १० ग्राम निस्किने गर्दछ। अर्कोतिर तेस्रो सप्ताहमा यसको मात्रा केहि कम हुने गर्दछ। यदि यस नाइट्रोजनीय अंशलाई बाहिर निकाल्नमा वृक्क असमर्थ हुन्छ भने त्यो अंश रक्तमा जान थाल्दछ र व्यक्तिमा मूत्ररक्तता (यूरीमिया) को दशामा उत्पन्न हुने गर्दछ। यसलाई व्यक्तिको अन्तिम अवस्था सम्झनु पर्दछ।[६][७][८]





  1. Effendi, Shoghi (१९७३), Directives from the Guardian, Hawaii Baháʼí Publishing Trust, पृ: २८, मूलबाट ६ जुलाई २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ अप्रिल २००८ 
  2. "The Buddhist Monk's Discipline: Some Points Explained for Laypeople", Accesstoinsight.org, २३ अगस्ट २०१०, मूलबाट २ डिसेम्बर २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ अक्टोबर २०१० 
  3. "Kitagiri Sutta-Majjhima Nikaya", Urbandharma.org, मूलबाट ३० नोभेम्बर २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०११-०३-१२ 
  4. Lee, Yujin; Krawinkel, Michael (२००९), "Body composition and nutrient intake of Buddhist vegetarians", Asia Pacific Journal of Clinical Nutrition 18 (2): 265–271, आइएसएसएन 0964-7058, पिएमआइडी 19713187 
  5. Harderwijk, Rudy (६ फेब्रुअरी २०११), "The Eight Mahayana Precepts", Viewonbuddhism.org, मूलबाट २७ जनवरी २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ मार्च २०११ 
  6. "Nyung Ne", Drepung.org, मूलबाट २६ जुलाई २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ मार्च २०११ 
  7. "Nyungne Retreat with Lama Dudjom Dorjee", Ktcdallas.org, मूलबाट २६ डिसेम्बर २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ मार्च २०११ 
  8. Randi Fredricks (२० डिसेम्बर २०१२), Fasting: An Exceptional Human Experience, AuthorHouse, आइएसबिएन 978-1-4817-2379-4, मूलबाट ७ फेब्रुअरी २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १ सेप्टेम्बर २०१५