खाद्यपदार्थ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
Foods.jpg

यस्तो कुनै पनि पदार्थ जो कार्बोहाइड्रेट, बोसो , जल तथा/अथवा प्रोटिनबाट बनेको हो। जीव जगत द्वारा ग्रहण गरे गर्नुलाई भोजन भन्दछन्। जीव न केवल जीवित रहनका लागि तर स्वस्थ र सक्रिय जीवन बिताउनका लागि भोजन गर्दछन्। भोजनमा अनेक पोषक तत्व हुन्छन् जो शरीरको विकास गर्दछन्, त्यसलाई स्वस्थ राख्दछन् र शक्ति प्रदान गर्दछ।

भोजनका विविध अवयव[सम्पादन गर्नुहोस्]

भोजनमा पाइने आवश्यक तत्व[सम्पादन गर्नुहोस्]

कार्बोहाइड्रेट, प्रोटीन, बोसोतेल, भिटामिनखनिज। यसका अतिरिक्त भोजनमा सबै पोषक तत्व हुनुपर्दछ ; अर्थत् मांसपेशिहरू र उतकहरूलाई सबल बनाउनको लागि प्रोटीन, ऊर्जा वा शक्ति प्रदान गर्नका लागि कार्बोहाइड्रेट र वसा, मजबूत ह्ड्डीहरू र रक्तका विकासका लागि खनिज लवण र स्वस्थ जीवन एवं शारीरिक विकासका लागि भिटामिन आवश्कता पर्दछ।

शरीरमा विभिन्न पोषक तत्वहरू[सम्पादन गर्नुहोस्]

कार्बोहाइड्रेट, प्रोटीन, बोसो, भिटामिनखनिजको आवश्यकता मनुष्यको आयु, लिंग, शारीरिक श्रम र शरीरको दशामा निर्भर गर्दछ। शारीरिक श्रम गर्ने एक मजदूरलाई कार्यालयमा काम गर्ने व्यक्तिको अपेक्षा शक्ति प्रदान गर्ने भोजनको धेरै आवश्यकता हुन्छ। गर्भवती महिलाहरू र स्तनपान गर्ने बच्चाका माताहरूलाई शारीरिक परिवर्तनहरूका कारण अधिक प्रोटीन र खनिजहरूको आवश्यकता हुन्छ। इसलिए यो जरूरी छ कि हर व्यक्ति आफ्नो आयु, लिंग, कामको दशा आदिका अनुसार आफ्नो भोजनमा सबै आवश्यक पोषक तत्व शामिल गरे। मनुष्यको यी आवश्यकताहरूलाई पूरा गर्ने भोजनलाई संतुलित भोजन (ब्यालेन्स फुड) भन्दछन्। निम्नलिखित खाद्य वर्गको वस्तुहरूलाई सूझबूझका साथ मिलाएर संतुलित भोजन तयार गर्न सकिन्छ।

भोजनको प्रकार[सम्पादन गर्नुहोस्]

शक्तिदायक भोजन :[सम्पादन गर्नुहोस्]

कार्बोहाइड्रेट तथा वसा युक्त भोजनलाई शक्तिदायक भोजन भन्दछन्। दालहरू, कन्दमूल, सुखा फलहरू, चीनी, तेल र वसा यस वर्गमा आउँछन्।

शरीर-निर्माण गर्ने भोजन:[सम्पादन गर्नुहोस्]

अधिक प्रोटीन वाला भोजन शरीर निर्माण गर्न वाला भोजन कहल्याउँछ। दूध, मांस, मछली, अंडे, दालहरू, तिलहन, गिरी र कम चिल्लो भएका उत्पाद यस वर्गमा आउँछन्। प्रोटिन हाम्रो शरीरको अत्यन्त आवश्यक तत्व हो।

संरक्षण दिने भोजन :[सम्पादन गर्नुहोस्]

जुन भोजनमा प्रोटीन, भिटामिन र खनिज अधिक पाइन्छ त्यसलाई संरक्षण दिने भोजन भन्दछन्। दूध र दूधका उत्पाद, अण्डा, कलेजी, हरियो सागपात र फल यस वर्गमा आउँछन्।

भारत र नेपालमा अधिकांश मानिस अधिक अन्न खान्छन् र तिनको भोजनमा अर्को शक्तिवर्द्धक तत्वहरूको कमी हुन्छ। विशेष गरी भोजनमा परिवर्तन गरेर ल्याएर त्यसमा सुधार गर्न सकिन्छ, अर्थात् जहां कहीं भोजनमा अन्नको अधिकता हो, अन्नको मात्रा कमको जाए र त्यसको बजाए भोजनमा शरीरको प्रोटीन, भिटामिन र खनिजहरूको आवश्यकता पूर्ण गर्ने तत्व बढाइयोस्। जहाँ कहीं यस प्रकारका खाद्य पदार्थ उपलब्ध होउन् तिनसित र विज्ञान एवं प्रविधिको प्रयोगले, परिरक्षित भोजनको सहायताले, पौष्टिक आहारमा सुधार ल्याउन सकिन्छ। भोजन तैयार गर्ने विधिहरूको प्रयोग गरेर भोजन पकाउँदा पोषक तत्वहरूलाई हुने हानिलाई रोक्न सकिन्छ। भोजनलाई अधिक उसिन्नाले वा धेर पकाउनाले वा फ्राई गर्नाले धेरै पोषक तत्व नष्ट हुन्छन्। यस लागि यस कुराको पूरा ध्यान राख्नु पर्छ कि भोजन सही तरिकाले पकाइयोस्।

पोषकहरूका कार्य र तिनको स्रोत :[सम्पादन गर्नुहोस्]

प्रोटीन :[सम्पादन गर्नुहोस्]

शरीरमा उत्तकहरू, मांसपेशीहरू र रक्त जस्तै महत्त्वपूर्ण द्रव्यको निर्माण, संक्रमणको सामना गर्नका लागि इन्जाइम र रोग प्रतिकारक तत्वहरूका विकासमा सहायता।

स्रोत :- ताजा वा सुकाइएको दूध, पनीर, दही, तेला आउने गेडागुडी, भटमास, खमीर, दालहरू, मांस, कलेजी, माछा, अण्डा र अन्न।

बोसो वा चिल्लो पदार्थ:[सम्पादन गर्नुहोस्]

शक्तिका संकेन्द्रित स्रोतको काम गर्नु र बिलाउने खाले भिटामिनहरूको पूर्ति गर्नु।

स्रोत : दूधको तर, नौनी, घिउ, वनस्पति तेल र बोसो, तिलहन, माछाको तेल र अण्डाको भित्री।

कार्बोहाइड्रेट :[सम्पादन गर्नुहोस्]

शरीरलाई शक्ति प्रदान गर्नु।

स्रोत : अन्न, बाजरा, कन्दमूल जस्तै कि आलू,अरबी, टेपिओका आदि र चीनी तथा गुड।

भिटामिन[सम्पादन गर्नुहोस्]

भिटामिन ए :[सम्पादन गर्नुहोस्]

शरीरको छाला र श्लेष्म झिल्लीलाई स्वस्थ रखना र रात्रि अन्धताबाट बचाव।

स्रोत : माछाको तेल, कलेजी, दूधका उत्पाद -दही, मक्खन, घिउ- गाजर, फल र पत्तेदार सब्जीहरू।

भिटामिन बी १ (थायामिन)[सम्पादन गर्नुहोस्]

सामान्य भोक, पाचन शक्ति तथा स्वस्थ स्नायु प्रणाली र भोजनको शर्करालाई शक्तिमा बद्लिनु।

स्रोत : कलेजी, अण्डा, फलीहरू, दालहरू, गिरी, तिलहन, खमीर, अनाज, सेला चामल।

भिटामिन बी-२ (रिबोफ्लेविन) :[सम्पादन गर्नुहोस्]

कोशिकाहरूलाई आक्सीजनका उपयोगमा सहायता दिनु, आँखालाई स्वस्थ र साफ राख्नु तथा नाम मुखको छेउछाउ पाप्रा बनिन नदिनु तथा मुखका कोरहरूलाई चिरिनबाट बचाउनु।

स्रोत : दूध, सपरेटा, दही, पनीर, अण्डे, कलेजी र पत्तेदार सब्जीहरू।

नीकोसिन[सम्पादन गर्नुहोस्]

छाला, पेट, आन्द्राहरू र स्नायु तंत्रलाई स्वस्थ राख्नु।

स्रोत : दालहरू, साबुत अनाज, मासु, कलेजी, खमीर, तिलहन, गिरी र फलहरू।

भिटामिन सी :[सम्पादन गर्नुहोस्]

कोशिकाहरूलाई मजबूत बनाउनु, रक्त वाहिकको भित्तिहरूलाई शक्तिशाली बनाउनु, संक्रमणको रोकथाम र रोगबाट चाँडै मुक्ति पाउने शक्ति प्रदान गर्नु।

स्रोत : अमला, अम्बक, कागतीको जातिका फल, ताजा सब्जी र अंकुरित दालहरू।

भिटामिन डी :[सम्पादन गर्नुहोस्]

शरीरलाई पर्याप्त मात्रामा कैल्शियमले ग्रहण गर्न र हड्डी मजबूत बनाउनमा सहायता दिन्छ।

स्रोत : दूध, मक्खन, अण्डाको भित्री, दूध, पनीर, माछा, तेल र घिउ।

कैल्शियम र फस्फोरस :[सम्पादन गर्नुहोस्]

हड्डी र दाँत बनाउन, रक्त बढाउन तथा पेशिहरू र नाडीहरूलाई ठीक रूपले काम गर्नमा सहायक हुन्छ।

स्रोत : दूध र यसका उत्पाद, पत्तेदार तरकारीहरू, माछा र अनाज आदि।

लौहतत्व :[सम्पादन गर्नुहोस्]

प्रोटीनका साथ मिलेर हिमोग्लोबिन (रक्तमा एक रातो पदार्थ जो कोसिकाहरूमा अक्सिजन लान्छ) बनाउनु।

स्रोत : कलेजी, मिर्गौला, अण्डा, सब्जी, तिलहन-गिरी, फल, दालहरू, गुड, सुक्खा फलहरू र हरियो पात।


खाद्यपदार्थका श्रोतहरू[सम्पादन गर्नुहोस्]

वनस्पति[सम्पादन गर्नुहोस्]

जनावर[सम्पादन गर्नुहोस्]

उत्पादन[सम्पादन गर्नुहोस्]

पोषण[सम्पादन गर्नुहोस्]