दूध

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(दुध बाट पठाईएको)
Jump to navigation Jump to search
Glass of milk on tablecloth.jpg
एक गिलास दूध

दूध एक पोषक तत्वयुक्त सेतो तरल पदार्थ हो जुन पोथी स्तनपायी प्राणीहरूको स्तन ग्रंथिहरूले उत्पादन गर्दछ । यो अन्य प्रकारका खाना पचाउन सक्नु अघि शिशु स्तनपायी जन्तुहरू (स्तनपान गराएका मानिस सहित) को लागि पोषणको प्राथमिक स्रोत हो । नवजात शिशुहरू प्राय जसो दूधमा निर्भर हुने गर्छन् । सुरुको दुधमा कोलोस्ट्रम हुन्छ, जसले आमाको एन्टिबडीहरू आफ्ना शिशुलाई दिन्छ जसले धेरै रोगहरूको जोखिम कम गर्न सक्छ। यसमा प्रोटीन र ल्याक्टोज सहित अन्य धेरै पोषक तत्वहरु समावेश हुन्छ।[१] दुधको अन्तरप्रजातिय उपभोग असाधारण होइन, विशेष गरी मानवहरूमा, जसमध्ये धेरैले अन्य स्तनपायीहरूको दुध खान्छन्।[२][३]

साधारणतया दूधमा ८५ प्रतिशत पानी हुन्छ र बाँकी भागमा ठोस तत्त्व वा खनिज तथा बोसो हुन्छ । गाई-भैंसी वाहेक बजारमा विभिन्न कम्पनीहरूको प्याक गरिएको दूध पनि उपलब्ध हुन्छन् । दूध प्रोटिन, क्याल्सियम र राइबोफ्लेविन (भिटामिन बी२) युक्त हुन्छ । यस वाहेक यसमा भिटामिन ए, डी र ई सहित फस्फोरस, म्याग्नेसियम, आयोडीन तथा धेरै खनिज र बोसो तथा ऊर्जा पनि हुन्छ । यस वाहेक दूधमा धेरै इन्जाइम र केही जीवित रक्त कोषिकाहरू पनि हुन सक्छन ।[४]

कृषि उत्पादनको रूपमा, दुध गर्भावस्थाको समयमा वा गर्भावस्थाको पश्चात पालिएका जनावरहरूबाट निकालिन्छ। संसारमा दुग्ध फार्मले २०११ मा २६० मिलियन दुग्ध गाईबाट[५] लगभग ७३० मिलियन टन दुध[६] उत्पादन गरेको थियो। विश्वमा भारत दुधको सबैभन्दा ठूलो उत्पादक हो र स्किम्ड दुध पाउडरको अग्रणी निर्यातकर्ता हो, यसले थप अन्य दुध उत्पादनहरू पनि निर्यात गर्दछ।[७][८] दुग्धजन्य उत्पादनहरूको आन्तरिक मागमा निरन्तर वृद्धि र माग-आपूर्ति अन्तर ठूलो हुदै गइरहेको अवस्थामा भारत भविष्यमा दुग्धजन्य उत्पादनहरूको खुद आयातकर्ता हुन सक्छ। [९] न्यूजल्याण्ड, जर्मनी र नेदरल्याण्ड्स दुग्ध उत्पादनको सबैभन्दा ठूलो निर्यातकर्ता हुन्।[१०] २०१६ सम्म दुध र दुग्ध सामाग्रीहरूको लागि विश्वको सबैभन्दा ठूलो आयातकर्ता चीन र रसिया  थिए तर २०१६ पछि दुबै देश आत्मनिर्भर भए र विश्व-दुधमा पचुर्ताको योगदान गरे।[११]

विश्व भर मा, छ अरब भन्दा बढी मानिसहरु दुध र दुध उत्पादनहरु उपभोग गर्छन्। डेरी फार्मिंग गर्ने परिवारहरूमा ७५० मिलियन भन्दा बढी मानिसहरू बस्छन् । [१२]


शब्दावली[सम्पादन गर्ने]

१९६१ देखि खाना प्रयोगमा हुने milk (दुध) शब्द कोडेक्स अलिमेन्टेरियस मापदण्ड अन्तर्गत परिभाषित गरिएको छ: "दुहुना जनावरहरुबाट एक वा बढी पटक दोइएको सामान्य स्तन स्राव जसमा कुनै थप वा यस भित्र रहेका कुनै बस्तुको निकासी गरिएको हुन्न, जसलाड्ढ तरल दुधको रुपमा उपभोग गर्न वा थप प्रशोधनको अभिप्रायले संचित गरिन्छ"।[१३] "दुग्ध" शब्द पशुको दुध र पशुको दुध उत्पादनसँग सम्बन्धित छ।

परेवाहरुले तिनीहरूका बच्चाहरूलाई खुवाउन निकाल्ने वस्तुलाई "क्रप मिल्क" भनिन्छ र यसले स्तनपायी दुधसँग केही समानता देखाउँदछ, यद्यपि यो दुधको विकल्पको रूपमा खपत हुँदैन।[१४]

दुग्ध दुधका विकल्पहरू[सम्पादन गर्ने]

माथिको परिभाषाले रङ्ग र बनावटमा दुग्ध दुधसँग मिल्दोजुल्दो हुने गैर-पशु उत्पादनहरू जस्तै बदामको दूध, नरिवलको दूध, चामलको दूध, र सोया दूध लाई दुधको संज्ञा दिएको छैन । तर साधारण तय "दुध" भन्‍नाले "बोटबिरुवा वा खाद्य बस्तु बाट बनाइएका दूध जस्तो रस" लाई नि बुझिन्छ । अमेरिकामा (प्राय: बिरुवामा आधारित) दूधको विकल्पहरुले १३% "दूध" बजार ओगटेको छ, जसले गर्दा डेरी/दुग्ध उद्योगहरुले असफल भएनि धेरै पटक "दुध" नाम दुग्धमा मात्र सीमित राख्‍न मुद्दा हालेका छन्।[१५]

उपभोगका प्रकारहरू[सम्पादन गर्ने]

दुध खपत मुख्य गरि दुई भिन्न प्रकारहरूमा देखा पर्दछ: (१) सबै शिशु स्तनपायीहरूका लागि पोषणको प्राकृतिक स्रोत र (२) सबै उमेरका मानिसहरु द्वारा खपतका लागि अन्य स्तनपायी जीवहरु बाट प्राप्त खाद्य उत्पादन।

शिशु स्तनपायी प्राणीहरूका लागि पोषण[सम्पादन गर्ने]

आमाको दुध प्रदान गर्न स्तनपान

लगभग सबै स्तनपायी जन्तुहरूले स्तनपानको माध्यमबाट शिशुहरूलाई दूध खुवाउछन् । दुधलाई सिधै स्तन बाट, कि निकालेर पछि कुनै माध्यमबाट खुवाउने चलन छ। सुरुमा आउने दुधलाई बिगौती दूध (कोलोस्ट्रम) भनिन्छ । बिगौतीमा एन्टिवायोटिक तथा पोषक तत्ववृद्धि कारकहरु हुन्छन् । [१६] बिगौती दुधको बनावट र स्राव को अवधि प्रजातिमा भर पर्छ। [१७]

मानवहरूको लागि विश्व स्वास्थ्य संगठनले छ महिनाको लागि विशेष स्तनपान र दुई वा दुई भन्दा अधिक उमेरका लागि स्तनपानको साथै अन्य खानाको सिफारिस गर्दछ।[१८] केही संस्कृतिहरुमा तीन देखि पाँच वर्ष सम्मको बच्चालाई स्तनपान गराउन सामान्य कुरा हो र यो अवधि अझै लामो हुन सक्छ। [१९] ताजा बाख्राको दूध कहिलेकाँही मानवको दुधको साट्टोमा खुवाउने चलन छ तर यसबाट बच्चालाई इलेक्ट्रोलाइट असंतुलन, मेटाबोलिक एसिडोसिस, मेगालोब्लास्टिक रक्ताल्पता, र एलर्जीको जोखिम रहन्छ। [२०]


मानव को लागी खाद्य उत्पादन[सम्पादन गर्ने]

विभिन्न स्रोत[सम्पादन गर्ने]

गाईको दूध[सम्पादन गर्ने]

गाईको दूधमा प्रति ग्राम ३.१४ मिली ग्राम बोसो हुन्छ। आयुर्वेदको अनुसार गाईको ताजा दूधलाई नै उत्तम मानिन्छ। बत्रा हस्पिटल एन्ड मेडिकल रिसर्च सेन्टरको आयुर्वेदको विभागाध्यक्ष ड . मेहर सिंहको अनुसार गाईको दूध भैंसिको तुलनामा मस्तिष्कको लागि राम्रो हुन्छ।

गाईको दूध

औषधोपचार[सम्पादन गर्ने]

  • शरीर सुनिएमा मर्केमा
५ ग्राम राम्रो शुद्ध बेसार दूधमा पकाएर बिहान/बेलुका २\४ दिन सेवन गर्नाले शरीरमा सुन्निएको साथै मर्केको पनि ठीक हुन्छ ।
  • खोकी लागेमा
१ गिलास दूधमा १ चम्चा बेसार हालेर उमालेर दिनको २ पल्ट खाएमा ठिक हुन्छ । बेसारको टुक्रा पोलेर सुत्ने बेला चुस्ने गरेमा पनि खोकी ठिक हुन्छ ।
  • मुखमा पोतो वा दाग आएमा
जीरा, बोके जीरा, कालो तिल, सरस्यूँ र रायो सबैको चूर्ण बराबर मिसाएर दूधमा फिटेर बेलुका सुत्ने बेलामा नित्य पोतो वा दागमा लगाउनाले ठीक हुँदै जान्छ ।
  • ओठ फुट्ने भएमा
दूधको तरमा कागतीको रस मिसाएर दिनको २/३ पटक ओठमा लगाउनु होस्, ओठ फुटेको निको हुन्छ ।


भैंसिको दूध[सम्पादन गर्ने]

भैंसीको दूधमा प्रति ग्राम ०.६५ मिली ग्राम बोसो हुन्छ । भैंसीको दूधमा गाईको दूधको तुलनामा ९२ प्रतिशत क्याल्सियम, ३७ प्रतिशत फलाम र ११८ प्रतिशत अधिक फस्फोरस हुन्छ । इन्डियन स्पाइनल इन्जरी सेन्टरको मेडिकल डायरेक्टर ड. एच. एस. छाबडाको अनुसार गाईको दूध भन्दा राम्रो भैंसीको दूध हुन्छ। यसमा कम बोसो हुन्छ र मिनरल बढी मात्रामा हुन्छ।

प्याक गरिएको दूध[सम्पादन गर्ने]

यस तरिकाको दूध डिडिसी (दुग्ध विकास निगम) जस्ता कम्पनीहरूले निर्यात गर्ने गर्छन् । यसमा भिटामिन ए, फलाम र क्याल्सियम पनि मिसाइन्छ। प्याक गरिएको दूध पनि विभिन्न किसिममा पाइने गरेको छ । जसमा फुल क्रिम, टोन्ड, डबल टोन्ड र फ्लेवर्ड मिल्क रहेको छ । फुल क्रिममा पूर्ण मलाई हुन्छ, अतः बोसो सबैभन्दा अधिक हुन्छ। यी सबैको आ-आफ्नो उपयोगिता छ, तर चिकित्सकहरूको सल्लाह अनुसार बच्चाहरूको लागि फुल क्रिम दूध राम्रो हुन्छ भने ठूलाहरूको लागि कम बोसो भएको दूध राम्रो हुन्छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. Pehrsson, P.R.; Haytowitz, D.B.; Holden, J.M.; Perry, C.R.; Beckler, D.G. (२०००), "USDA's National Food and Nutrient Analysis Program: Food Sampling", Journal of Food Composition and Analysis 13 (4): 379–89, डिओआई:10.1006/jfca.1999.0867, मूलबाट अप्रिल ७, २००३-मा सङ्ग्रहित। 
  2. Van Esterik, Penny (1995). "The Politics of Breastfeeding". In Stuart-Macadam, Patricia; Dettwyler, Katherine Ann. Breastfeeding: Biocultural Perspectives. Aldine. ISBN 978-0-202-01192-9. 
  3. Radbill, Samuel X. (1976). "The Role of Animals in Infant Feeding". In Hand, Wayland D. American Folk Medicine: A Symposium. University of California Press. ISBN 978-0-520-04093-9. 
  4. दूधको बारेमा सभथोक...।इकनोमिक टाइम्स, २२ मार्च, २००९
  5. "World Dairy Cow Numbers", [FAO], जनवरी १४, २०१४, मूलबाट मार्च २३, २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च २३, २०१४  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  6. "Food Outlook – Global Market Analysis", Food and Agriculture Organization of the United Nations, मे २०१२, पृ: 8, 51–54, मे २२, २०१२-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट १, २०१२  |dead-url= प्यारामिटर ग्रहण गरेन (सहायता)
  7. Anand Kumar (अक्टोबर २१, २०१३), "India emerging as a leading milk product exporter", Dawn, Pakistan, जुन ३०, २०१५-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच जुन ३, २०१५  |dead-url= प्यारामिटर ग्रहण गरेन (सहायता)
  8. "Government scraps incentive on milk powder exports to check prices", timesofindia-economictimes, जुन ३०, २०१५-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच जुन ३, २०१५  |dead-url= प्यारामिटर ग्रहण गरेन (सहायता)
  9. "Milk quality in India", milkproduction.com, जुन ३०, २०१५-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच जुन ३, २०१५  |dead-url= प्यारामिटर ग्रहण गरेन (सहायता)
  10. "Top Milk Exporting Countries", अन्तिम पहुँच ३ जुलाई २०१९ 
  11. Gagnon-Joseph, Nathalie (फेब्रुअरी १७, २०१६), "Three approaches to the milk glut", The Chronicle (Barton, Vermont), पृ: 1A, 24A, 25A, मार्च ७, २०१६-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच मार्च १, २०१६  |dead-url= प्यारामिटर ग्रहण गरेन (सहायता)
  12. Hemme, T.; Otte, J., सं (2010). Status and Prospects for Smallholder Milk Production: A Global Perspective. Food and Agriculture Organization of the United Nations. http://www.fao.org/docrep/012/i1522e/i1522e00.pdf. अन्तिम पहुँच मिति: December 1, 2011. 
  13. Codex Alimentarius Commission, "General Standard for the Use of Dairy Terms 206-1999", जुलाई ९, २०१७-को मूल रूप सङ्ग्रहित  |dead-url= प्यारामिटर ग्रहण गरेन (सहायता)
  14. Gussekloo, S.W.S. (2006). "Chapter 2: Feeding Structures in Birds". In Bels, V. Feeding in Domestic Vertebrates: From Structure to Behaviour. CABI Publishing. प॰ 22. ISBN 978-1-84593-063-9. "A remarkable adaptation can be found in the crop of pigeons. During the breeding season the crop produces a yellow-white fat-rich secretion known as crop milk that is used to feed the nestlings. … The crop milk resembles strongly the milk produced by mammals, except for the fact that carbohydrates and calcium are missing in crop milk." 
  15. "Do we need the government to tell us that almond milk doesn't come from a cow?", USA TODAY (अङ्ग्रेजीमा), डिसेम्बर ९, २०१८-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर १०, २०१८  |dead-url= प्यारामिटर ग्रहण गरेन (सहायता)
  16. Uruakpa, F.O.; Ismond, M.A.H.; Akobundu, E.N.T. (२००२), "Colostrum and its benefits: A review", Nutrition Research 22 (6): 755–67, डिओआई:10.1016/S0271-5317(02)00373-1 
  17. Saunders Comprehensive Veterinary Dictionary. St. Louis, MO: Saunders Elsevierv. 2007. ISBN 978-0-7020-2789-5. 
  18. The World Health Organization's infant feeding recommendation Archived April 11, 2013, at the वेब्याक मेसिन. WHO, based on "Global strategy on infant and young child feeding" (2002). Retrieved February 8, 2013.
  19. Dettwyler, Katherine A. (अक्टोबर १९९७), "When to Wean", Natural History, जुन ६, २०१३-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी ८, २०१३  |dead-url= प्यारामिटर ग्रहण गरेन (सहायता)
  20. Basnet, S.; Schneider, M.; Gazit, A.; Mander, G.; Doctor, A. (अप्रिल २०१०), "Fresh Goat's Milk for Infants: Myths and Realities – A Review", Pediatrics 125 (4): e973–77, डिओआई:10.1542/peds.2009-1906, पिएमआइडी 20231186 

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]