सामग्रीमा जानुहोस्

ल्वाङ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

प्रायः १२–१३ हात अग्लो बोट, दह्रो काठ, खरानी रङको चिल्लो बोक्रा तथा चम्किला, हरिया र हातले माड्दा बास्ना आउने मसिना पात, नीलोमा रातो मिसिएका रङ भएका फूल फुल्ने र फूलबाट आनन्ददायक बास्ना आउने रूखको मसलाका निम्ति प्रसिद्ध ससाना सुकेको फूललाई ल्वाङ भनिन्छ । पहिला हरिया देखिने यी फूलका कोपिलाको सुकाएपछि रङ बदलिन्छ । ल्वाङ वृक्षका फूलका कोपिला रातो हुँदैमा टिपिन्छ र बिस्कुन सुकाए जसरी सुकाइन्छ ।

ल्वाङलाई अंग्रेजीमा Cloves वा Zanzibar red head र ल्याटिन भाषामा Caryophyllus aromaticus Linn., Syzygium aromaticum (L.) Merr.& L.M.Perry, Eugenia caryophyllata Thunb. वा Eugenia arromatica Kuntze भनिन्छ ।

ल्वाङ

ल्वाङसम्बन्धी अन्य केही नेपाली शब्दहरू

[सम्पादन गर्नुहोस्]
  • पद्मा : ल्वाङ ।
  • फूल : ल्वाङका टुप्पामा फुकेर रहेको फस्को अंश, ल्वाङको गोटा ।
  • लवङ्ग : ल्वाङको लहरो वा त्यसैको फूल, ल्वाङ ।
  • ल्वाँग : ल्वाङ ।

संस्कृत पर्यायवाची नामहरू

[सम्पादन गर्नुहोस्]

गीर्वाणकुसुम,  चन्दनपुष्पक, तीक्ष्णपुष्प, दिव्य, देवकुसुम, भृङ्गाङ्गी, भृङ्गार, रुचिर, लव, लवङ्ग,  लवङ्गकलिका, वारिसम्भव, शिखर, शेखर, श्रीपुष्प, श्रीप्रसूनक र श्री (लक्ष्मी) वाचक शब्दहरू ।

ल्वाङ तिक्खर, पिरो र तीतो हुन्छ । यो पचेपछि गुलियो हुन्छ ।

आयुर्वेदमा बताइएका फाइदा

[सम्पादन गर्नुहोस्]
  1. पचाउन हलुका हुन्छ ।
  2. आँखाका लागि लाभदायक हुन्छ ।
  3. शीतल गर्दछ ।
  4. आम (खाएको कुरा पचेर बनेको रस) लाई पचाउँदछ र पाचनशक्तिलाई बाल्दछ ।
  5. खानमा रुचि जगाउँदछ ।
  6. रक्तविकार, तिर्खारोग, वाकवाकी, आध्मान (पेट फुल्ने एक रोग, अपानवायु रोकिनाले छालाको थैलो फुले जसरी पेट फुल्ने रोग), शूल, खोकी, दम, बाडुली र क्षयरोग नाश गर्दछ ।
  7. मुटुका लागि लाभदायक हुन्छ ।
  8. आनाह (पचेर अथवा नपची दूषित भएको मलमूत्र पेटमा रोकिएर हुने रोग), त्रिदोष र टाउकाका रोग नाश गर्दछ ।
  9. ल्वाङ पहिला उष्णवीर्यको र पचेपछि शीतवीर्यको हुन्छ ।
  10. बीचमा नरोकिई प्रेमपूर्वक अर्क पिउनू र त्यसपछि पान चपाउनू । पान खान निषेध गरिएको अवस्थामा ल्वाङ्ग चपाउनू ।
  11. ल्वाङ अजीर्ण हटाउन उपयोगी हुन्छ ।
  12. यसले विषको असर कम गर्दछ ।
  13. घाँटी बसेको वा मुख पाकेको बेलामा ल्वाङलाई उपयोगी मानिन्छ ।

ल्वाङले शुक्र नाश गर्दछ र पित्त बढाउँदछ ।

सन्दर्भ ग्रन्थ

[सम्पादन गर्नुहोस्]
  • अमरकोश, कुलचन्द्र शर्मा ।
  • नेपाली बृहत् शब्दकोश, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।
  • भावप्रकाश निघण्टु, टीकाकार डा. कृष्णचन्द्र चुनेकर ।
  • भावप्रकाश निघण्टु, टीकाकार विश्वनाथ द्विवेदी शास्त्री ।
  • पेयर डी अमरकोश ।
  • आचार्य बालकृष्णको अनलाइन लेख ।
  • मदनपाल निघण्टु ।
  • राज निघण्टु ।
  • आयुर्वेद महोदधि ।
  • अर्कप्रकाश, रावण ।

यो पनि हेर्नुहोस

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]