सत्यानासी झार
स्वरूप
| सत्यानासी झार | |
|---|---|
| वैज्ञानिक वर्गीकरण | |
| जगत: | |
| भाग: | |
| वर्ग: | |
| गण: | |
| कुल: | |
| वंश: | |
| प्रजाति: | A. mexicana |
| वैज्ञानिक नाम | |
| Argemone mexicana L. | |


सत्यानासी झार पहेँलो फूल फुल्ने एक काँडादार वनस्पति ।
सत्यानासी झारको औषधीय गुणहरू
[सम्पादन गर्नुहोस्]दीर्घ खालको चर्मरोग, सिफलिस, नाम्ले जुका, कब्जियत, जीउ चिलाउने, गोनोरिया, ग्याष्ट्रिक, पेट दुखेको, औलो ज्वरो, पेटमा पथ्थरी भएमा, बिष लागेमा यसको विरुवा उपयोगी छ । कफ, घाउ, चोटपटक र चर्मरोगमा यसको पात उपयोगी छ । कब्जियत, कफ, पेट दुखेको, जीउ चिलाउने, अनिद्रामा यसको बीउ उपयोगी छ । बीउको मात्रा बढी सेवन गरेमा स्वास्थ्यलाई खतरा हुन सक्छ । छालामा रातो खालको फोडाफुन्सी आएको र जीउ चिलाउनेमा यसको बीउबाट प्राप्त तेललाई महुवाको तेलमा मिसाई दलिन्छ । चर्मरोग, मांशपेसी र जोर्नीको दुखाईमा यसको बीउबाट प्राप्त तेल दलिन्छ । चर्मरोग, क्यान्सर, गाँठागुँठी, सिफलिस, छालाबाट स्राव भएमा यसको चोप उपयोगी छ ।[१]
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ नेपालमा पाइने प्रमुख गैरकाष्ठ वन पैदावार तथा जडीबुटीहरूको औषधीय प्रयोग र महत्त्व, अनिरुद्ध कुमार साह, वनविज्ञान शास्त्री
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा सत्यानासी झार सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।