कचुर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कचुरको विरुवाका विभिन्न भागहरू

कचुर अथवा कर्चुर नेपाल तथा भारतका विभिन्न भुभागहरूमा पाइने एक प्रकारको औषधिय गुण भएको वनस्पती हो । कचुरको पात र गानो बेसार जस्तै हुन्छ । यसको गानो नै ओखतीको प्रयोगमा ल्याइन्छ । हेर्दा बेसार जस्तै देखिने कचुरको गानोको स्वाद तितो हुन्छ । यसको गानो विभिन्न रोगहरू निको पार्न ओखतीको रूपमा प्रयोग गरिन्छ ।

उपयोग[सम्पादन गर्नुहोस्]

पेट दुखेमा, दाँत दुखेमा, नसा तथा जोर्नीहरू दुख्दा यसको गानोलाई पिसेर दुखेको ठाउँमा तिन चार पटक मल्यो भने दुखाई निको हुन्छ । पेट र दाँत दुखेमा यसको गानोलाई मुखमा राखेर चुस्नाले दुखाई कम हुन्छ ।

कचुरका विभिन्न जातहरू[सम्पादन गर्नुहोस्]

कचुर धेरै जातको हुन्छ । नेपालमा मुख्यतया तिन जातका कचुर पाइन्छन् । कचुरका जातहरूमा एक कालो कचुर हो । कालो कचुरलाई कतै कतै काली बेसार पनि भनिन्छ । यो जातको कचुर निकै उपयोगी ओखतीको रूपमा लिइन्छ । कालो कचुर सर्वत्र पाइन्न पनि । यसको पात, डाँठ र गानोको रंग कालो हुन्छ । नेपालमा पाइने अर्को जातको कचुरको नाम आम कचुर हो । यो जातको कचुर पनि सर्वत्र पाइन्न । यस जातको कचुरको गानोबाट आँप को जस्तै वासना आउँछ । आम कचुर पनि निकै उपयोगी ओखतीको रूपमा प्रयोगमा ल्याइन्छ । नेपालमा सर्वत्र र सजिलै पाइने कचुरको जात सेतो कचुर हो । यसको गानो बे सार भन्दा अलि सेतो रंगको हुन्छ । सेतो कचुर जता कतै पाइने जातको कचुर हो । प्राय कचुरको खेती नै गरिन्छ । एक पटक यसको विरुवा रोपे पछि धेरै समयसम्म टिक्छ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]