केसर
केशर | |
---|---|
C. sativus blossom with crimson stigmas. | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | |
भाग: | |
उपभाग: | |
(श्रेणीविहीन): | |
गण: | |
कुल: | |
उपकुल: | |
वंश: | |
प्रजाति: | C. sativus
|
वैज्ञानिक नाम | |
Crocus sativus L. |
परिभाषा
[सम्पादन गर्नुहोस्]सामान्यतः फूलभित्र हुने पराग र मकरन्दयुक्त मसिनो कोमल भुवालाई तथा विशेषरूपले प्रायः काश्मीरमा पाइने, सानो भुइँझारमा फुल्ने हल्का प्याजी रङ भएको फूलमा हुने सुगन्धी पहेँलो केस्रालाई केशर भनिन्छ । यसको धेरै वर्ष बाँच्ने सवा फीट अग्लो बोट हुन्छ । जराको तल प्याजको जस्तो गानु हुन्छ । फेदबाटै निस्केका लामा, पातला, छेउ पछाडितिर दोब्रिएका पात हुन्छन् । नीलो–रातो मिसिएका फूल फुल्दछन् । यसलाई गानुबाट सार्ने गरिन्छ । केशरलाई अंग्रेजीमा Crocus वा Saffron crocus वा Saffron भनिन्छ । यसको वानस्पतिक नाम Crocus sativus Linn. वा Crocus sativus Linn. (C.saffron) वा Rocistigmata हो ।
पर्यायवाची शब्दहरू
[सम्पादन गर्नुहोस्]अग्निशिख, अग्निशिखा, अग्निशेखर, अभ्राह्व, अरुण, असृक्, अंशुक, कान्त, कालेयक, काश्मीर, काश्मीरज, काश्मिरजन्मन्, किञ्जल्क, कुङ्कुम, कुसुम्भ, केसर, केसरवर, गौर, घुसृण, चारु, जागुड, धीर, पक्ष्म, पिशुन, पीत, पीतक, पीतन, बाह्लीक, मकरन्द, रक्त, रुधिर, लोहितचन्दन, वर, वरेण्य, वर्ण्य, वह्निशिख, वाह्लीक, शठ, शोणित, शोणिताभिध र सङ्कोच ।
केशरसँगसम्बन्धित केही शब्दहरू
[सम्पादन गर्नुहोस्](क) गर्भ नाल: फक्रिएका फूलका थुँगामा पराग रहने नाल वा फूलको केसर रहने नलीलाई गर्भनाल भनिन्छ ।
(ख) गर्भामुख: फूलको सतहमा स्त्रीकेसर जम्मा हुने ठाउँलाई गर्भामुख भनिन्छ ।
जातहरू
[सम्पादन गर्नुहोस्](क) कश्मीरी केशर वा कस्मिरी केशर कश्मीरको पाम्पोर नाम गरेको स्थानमा विशेष मात्रामा पैदा हुने एक जातको फूलको केशरलाई कस्मिरी केशर भनिन्छ । यो केसर सूक्ष्म, केही रातो र कमलको जस्तै सुगन्ध आउने खालको हुन्छ । यसलाई उत्तम केशर मानिन्छ ।
(ख) बाह्लीककेशर : बाह्लीक (हाल अफगानिस्तानको बाल्ख क्षेत्र) देशमा हुने केशर सेतो र पहेँलो मिश्रित वर्णको हुन्छ । यो क्यात्तुकेको फूलजस्तो सुगन्धी र सूक्ष्म केशरले युक्त हुन्छ । यसलाई मध्यम खालको केशर मानिन्छ ।
(ग) पारसीक देश (इरान) को केशर मह जस्तै सुगन्ध आउने हुन्छ । यो पनि हल्का सेतो र पहेँलो मिश्रित वर्णको हुन्छ । यसका केशर मोटा हुन्छन् र यसलाई निम्नस्तरको केशर मानिन्छ ।
स्वाद
[सम्पादन गर्नुहोस्]केशर तीतो र पिरो हुन्छ ।
फाइदा वा गुण
[सम्पादन गर्नुहोस्]- यो सुगन्धी, रुचिप्रद र चिल्लो हुन्छ ।
- यसले शरीरको वर्णमा निखार लेराउँदछ र शरीरलाई चम्किलो पार्दछ ।
- यसमा टाउकाका शूल आदि रोग, घाउखटिरा, पेटका कीरा र वाकवाकी नाश गर्ने गुण हुन्छ ।
- यसले दुबीरोगलाई जित्दछ तथा वातविकार, कफविकार र पित्तविकारलाई नाश गर्दछ ।
- यसले व्यङ्ग (मुखभरि ससाना खटिरा वा काला दाना आउने) रोग ठिक गर्दछ ।
- यसले हर्ष र बल प्रदान गर्दछ ।
- यसले खोकी, घाँटीका रोग र विषविकार समेत नाश गर्दछ ।
बेफाइदा
[सम्पादन गर्नुहोस्]यसको अत्यधिक र लगातार सेवन गर्न हुँदैन । यसले शरीरलाई गर्मी गर्दछ ।
प्रयोग विधि
[सम्पादन गर्नुहोस्]ओखतीमा केशरको बेग्लै प्रयोगको विधान पाइँदैन तर अन्य ओखती आदिमा मिसाउने विधि भने धेरै छन् । परम्परागत रुपमा यसका केही त्यान्द्रालाई खीर आदिमा हाली पकाउने चलन रहेको पाइन्छ । आयुर्वेदका ग्रन्थमा मासु आदिका परिकारमा पनि केशर समेतको प्रयोग गर्ने एकाध विधि उल्लेख भएको पाइन्छ । यो खाएपछि हुने फाइदा त छन् नै यसले परिकारको स्वादमै विशेष परिवर्तन लेराउने क्षमता समेत राख्दछ ।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- अमरकोश, कुलचन्द्र शर्मा ।
- नेपाली बृहत् शब्दकोश ।
- भावप्रकाश निघण्टु, टीकाकार डा. कृष्णचन्द्र चुनेकर ।
- भावप्रकाश निघण्टु, टीकाकार विश्वनाथ द्विवेदी शास्त्री ।
- सामाजिक सञ्जालमा रहेको आचार्य बालकृष्णको लेख ।
- द आयुर्वेद इन्साइक्लोपेडिया, स्वामी सदाशिव तिर्थ ।
- मदनपाल निघण्टु ।
- राज निघण्टु ।