पाषाणभेद
| पाखनवेद | |
|---|---|
| Bergenia ciliata | |
| वैज्ञानिक वर्गीकरण | |
| जगत: | |
| (श्रेणीविहीन): | |
| (श्रेणीविहीन): | |
| (श्रेणीविहीन): | |
| गण: | |
| कुल: | |
| वंश: | |
| प्रजाति: | B. ciliata |
| वैज्ञानिक नाम | |
| Bergenia ciliata (Haw.) Sternb. Revis. Saxifrag. suppl. 2:2. 1831 | |
पाखानवेद औषधीय गुण भएको वनस्पति हो। गाउँघरमा यसलाई पाखनभेद, ठूलो ओखत, जन्ती फूल, सेलपारू, सिम्पाटी, सिल्पु पनि भनिने गरिन्छ। पाखानवेदको नामबाटै यसले चट्टान फोरेर आफ्नो वासस्थान बनाउँछ भन्ने बुझिन्छ। नेपालमा तीन प्रकारका पाषाणभेद पाइन्छन्। यो उच्च क्षेत्रमा (२१०० मिटरभन्दा माथि) पाइने यो पाखानवेदको वैज्ञानिक नाम 'बर्जिनिया पर्पुरासेन्स' हो। पाखानवेदको जरा चट्टानका कापमा फैलिएर ढुंगा फोर्ने काम गर्दछ। पाखानवेदका जरा खोकी, ज्वरो, पखाला आदि रोगमा प्रयोग हुने नामी जडीबुटी हो। सुत्केरी महिलालाई तन्दुरुस्तीमा ल्याउन यसको अधिक प्रयोग गरिन्छ।
पाखनवेदको औषधीय गुणहरू
[सम्पादन गर्नुहोस्]पिसाव नली वा मृगौलामा पथ्थरी, मूत्ररोग, प्रमेहरोग, योनीरोग, जीउ दुख्ने, ज्वरो, पखाला, आउँ परेको, पेटमा जुका परेको, पोलेको ठाउँमा, यौनशक्ति बढाउन, रगत बगेको रोक्न, पिसाव लगाउन, खानेकुरा पचाउन, मांशपेसी दरिलो पार्नको लागि यसको काण्ड (गानो) उपयोगी छ । [१]
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ नेपालमा पाइने प्रमुख गैरकाष्ठ वन पैदावार तथा जडीबुटीहरूको औषधीय प्रयोग र महत्त्व, अनिरुद्ध कुमार साह, वनविज्ञान शास्त्री