सानी सूर्यमुखी
Jump to navigation
Jump to search
वनस्पति जगतमा सूर्यमुखी फूल प्रजाति असाध्य धेरै छन्। तीमध्ये ४,४५० मिटर माथिको क्षेत्रमा फुल्ने नेपालको रैथाने विशेष सूर्यमुखीलाई 'कृमान्थोडियम पर्पुरिफोलियम' (Cremanthodium purpureifolium) भनिन्छ। यसको पातमा अद्वितीय ढङ्गले वैजनी रङ पोतिएको हुन्छ। हिमाली भीरपाखामा माटो बन्ने प्रक्रिया भर्खर शुरू मात्र भएको बेला पत्थरका टुक्राटाक्री, गिर्खा र बालुवालाई जीवनले सिंगार्ने बिरुवाहरूमध्ये सूर्यमुखी निकै आकर्षक हुन्छ। यस्ता उच्च हिमाली बिरुवाहरूको सक्रिय जीवन तीन/चार महीनाको मात्र हुन्छ। यस्ता बिरुवा जीवनचक्रको अधिकांश समय सुषुप्त अवस्थामा बीउ बनेर हिउँसँगै निदाउँछन्। हिउँ विलाएपछि बीउ अंकुराउन थाल्छन्, वैशाख–जेठमा। भदौ–असोजतिर नयाँ बीउ बनिसक्नुपर्ने हुनाले फूलहरू परागसेचनका निम्ति कीरा फट्यांग्रालाई आकर्षित गर्न मनमोहक रंगमा फुल्दछन्।