असुरो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

असुरो
वैज्ञानिक वर्गीकरण
जगत:
भाग:
वर्ग:
गण:
कुल:
वंश:
प्रजाति:
J. adhatoda
वैज्ञानिक नाम
Justicia adhatoda
L.
पर्याय[१]
  • Adeloda serrata Raf.
  • Adhatoda pubescens Moench
  • Adhatoda vasica Nees
  • Dianthera latifolia Salisb.
  • Ecbolium adhatoda (L.) Kuntze
  • Gendarussa adhadota (L.) Steud.

असुरो ( English: Malabar nut, adulsa, adhatoda, vasa, or vasaka) औषधीय गुण भएको बुट्यान वर्गमा पर्ने वनस्पति हो । यो वनस्पति नेपालमा १२०० मिटर सम्मको उचाइमा विशेष गरेर बाटा , धाराको छेउछाउ र बन जंगलको किनाराको खुल्ला क्षेत्रमा पाइन्छ । यसको बुटा सामान्यतया १ मिटर अग्लो हुन्छ र बढीमा २.५ मिटर सम्म अग्लो हुन्छ। यसको पातको लम्बाई २० सेन्टिमिटर र चौडाई ७.५ सम्म हुन्छ। पातको आकार अण्डाकृत देखि भालाकृत हुन्छ। पातको टुप्पा चोसो परेको हुन्छ। पातको किनारा धारिलो हुन्छ , दाँती परेको वा छिया छिया परेको हुँदैन। फूलहरू एउटै डाँठमा गुच्चमुच्च हुन्छन्। फूलको रंग सेतोमा प्याजी नसाका धर्का देखिन्छ। पूर्ण रूपले फूलेको फूल हेर्दा भ्यागुतो वा छेपारोले मुख वाएको जस्तो देखिन्छ। फूलको धोक्रो भित्रबाट पुंकेशर स्त्रीकेशर बाहिर निक्लेको हुन्छ। अरु सामान्य फूलहरूमा झैं असुरोका फूलहरू पनि प्रजनन का दुवै अङ्ग भाले तथा पोथी एउटै फूलमा पाइन्छ। विरुवाको खासगरि प्रयोगमा आउने भाग पात हो। यो तीतो हुन्छ। यो विरुवा वर्षै भरि हरियो हुने हुनाले यसको पात बराबर सङ्कलन गर्न सकिन्छ , तर फूल फूल्नु अघि सङ्कलन गरेका पात बढी उपयोगी हुन्छ ।

असुरोको औषधीय गुण र महत्त्वहरू[सम्पादन गर्नुहोस्]

रुघा, खोकी, दम, बाथ, ज्वरो, पिसाव पोलेमा, पित्तथैलीमा गडबडी, हृदयरोग, जण्डिस, नाक र मुखबाट रगत आउने, रक्त विकार, पेटमा जुका परेमा, छातीको रोग, क्षयरोग, ब्रोङकाइटिस, जोर्नी दुखेमा र सुन्निएमा, घाँटी दुखेमा, आँखा पोलेमा, जीउ र काँखी गन्हाएमा यसको पातबाट काढा पकाएर सेवन गरिन्छ । चर्मरोगमा पातको लेदो दलिन्छ । शरीरमा रक्त प्रवाह बढाउन यसको फूलको सेवन गरिन्छ ।[२] यसबाट जैविक बिषादी र हरियो मल बनाइन्छ । यसको पात र जरा विशेष गरेर खोकी थाम्ने औषधीहरूमा प्रयोग गरिन्छ। आयुर्वेदिक प्रणाली अनुसार यो विरुवा घाँटी दुख्ने , महारोग , हृदयरोग ,दम , ज्वरो पाण्डुरोग , कमलपित्त इत्यादिमा प्रयोग गरिन्छ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Justicia adhatoda L.", Plants of the World Online, Royal Botanic Gardens, Kew, अन्तिम पहुँच २०१९-०१-२६ [dead link]
  2. नेपालमा पाइने प्रमुख गैरकाष्ठ वन पैदावार तथा जडीबुटीहरूको औषधीय प्रयोग र महत्त्व, अनिरुद्ध कुमार साह, वनविज्ञान शास्त्री

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]