अमला

नेपाली विकिपीडियाबाट, एक स्वतन्त्र विश्वकोष
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
अमला
वैज्ञानिक वर्गीकरण
जगत: वनस्पति
(श्रेणीविहीन): Angiosperms
(श्रेणीविहीन): Eudicots
(श्रेणीविहीन): Rosids
गण: Malpighiales
परिवार: Phyllanthaceae
कुल: Phyllantheae
Subtribe: Flueggeinae
वंश: Phyllanthus
प्रजाति: P. emblica
वैज्ञानिक नाम
Phyllanthus emblica
L.[१]
पर्याय

Cicca emblica Kurz
Emblica officinalis Gaertn.
Mirobalanus embilica Burm.
Phyllanthus mairei Lév.


अमला नेपालमा पाइने एक किसिमको रूख हो। यसलाई संस्कृतमा आमलकी भन्ने गरिन्छ। यसलाई औषधिको रूपमा पनि प्रयोग गरिन्छ।

अमलाको बोट र फल

त्रिफलाको ३ औषधिमध्ये एक अमला गुणी जडिबुटीमा पर्छ । अमला भिटामिनको राम्रो स्रोत भएकै कारण अमलालाई हिन्दु धर्ममा पनि पुजनीय फलको रुपमा राखिन्छ । भनिन्छ ३ वटा सुन्तलामा भन्दा १ वटा अमलामा धेरै भिटामिन हुन्छ र अमलाको रुखको फेदमा छायाँमा बसेर खानाले मात्रै पनि अनेक रोगहरु निको हुन्छ । अमलामा विभिन्न रोगहरु निको पर्ने क्षमता हुन्छ । अमलाले युवाहरुमा यौबन शक्ति प्रदान गर्नुका साथै बृद्धहरुमा युवाअवस्थामा जस्तै जोस जाँगर प्रदान गर्छ । तर अमलालाई दिनहुँ सेवन गर्नु भने पर्छ । यसलाई सुख्खा चुर्णको रुपमा अन्य औषधिको रुपमा, अचारको रुपमा वा अन्य कुनै रुपमा प्रयोग गर्न सकिन्छ । यो एउटा सानो पतझर रुख हो । यो घाम मन पराउने बिरुवा हो । त्यसैले यो तराई, र तल्लो पहाडी भागमा पाइन्छ । यसका पातहरू एउटै डाँठमा मसिना दुवैतिर लहरै मिलेका हन्छन् । यसमा चैत्र– वैशाखतिर फूलहरू लाग्दछन् । फूलहरू पातको मुन्तिर टम्म मिलेर फुल्दछन् । फूलहरू वास्नादार, हरिया तथा पहेंला रंगका हुन्छन् । यसका फलहरू गुदीदार हुन्छन्, फलको आकार गोलो किसिमको करीब २ से.मी. व्यास भएका हुन्छन् । फलहरू पहिले हरिया र पाकेपछि हल्का पहेला हुन्छन् । फलमा हल्का ६ वटा धर्साहरू देखिन्छन् । फलको गुदी भित्र बीउहरू पाटैपाटा भएका कडा आवरणले छोपिएका हुन्छन्, र एउटा फलमा जम्मा ६ वटा वीउहरू हुन्छन् । आजकल उन्नत जातका अमलाहरू पनि पाइन्छन् । यी फलहरू जंगली अमला भन्दा झन्डै दोब्बर हुन्छन् । यसको फल भिटामिन सि’को मुख्य श्रोत मानिन्छ । यो प्रसिद्ध आयर्वेदिक औषधि त्रिफलाको एउटा अवयव हो । त्रिफलाले दिसा सफा गराउने , सुन्निएको कलेजो ,ववासिर र पेटसम्बन्धी सिकायतहरूमा फाईदा गर्दछ । अमलाको फल खाना पचाउने ,रक्तअल्पत्ता ,कमलपित्तमा पनि उपयोगी मानिन्छ । सुकेका फलहरू आउँ र दिसा पखालामा पनि प्रयोग गर्ने चलन छ । यस बाहेक यसका फलहरू कपाल कालो बनाउने, कालो मसी बनाउने काममा प्रयोग गरिन्छ ,भने फल तथा बोक्रा छाला प्रशोधन गर्न र रङ्गाउन पनि प्रयोग गरिन्छ । यसको फल नै उपयोगी अङ्ग हो । त्यसकारण यसका फलहरू संकलन गर्ने गरिन्छ। लगाइएको ७ / ८ वर्ष यसमा राम्ररी फल लाग्दछ । असोजदेखि फागुनसम्म फलहरू संकलन गर्ने गरिन्छ। करीब १० वर्ष वा त्यसभन्दा बढी उमेरका रुखहरूबाट प्रति बोट वार्षिक ८० के.जी जति फल फल्दछ । त्रिफलाको ३ औषधिमध्ये एक अमला गुणी जडिबुटीमा पर्छ । अमला भिटामिनको राम्रो स्रोत भएकै कारण अमलालाई हिन्दु धर्ममा पनि पुजनीय फलको रुपमा राखिन्छ भनिन्छ ३ वटा सुन्तलामा भन्दा १ वटा अमलामा धेरै भिटामिन हुन्छ र अमलाको रुखको फेदमा छायाँमा बसेर खानाले मात्रै पनि अनेक रोगहरु निको हुन्छ । अमलामा विभिन्न रोगहरु निको पर्ने क्षमता हुन्छ । अमलाले युवाहरुमा यौबन शक्ति प्रदान गर्नुका साथै बृद्धहरुमा युवाअवस्थामा जस्तै जोस जाँगर प्रदान गर्छ। तर अमलालाई दिनहुँ सेवन गर्नु भने पर्छ । यसलाई सुख्खा चुर्णको रुपमा अन्य औषधिको रुपमा, अचारको रुपमा वा अन्य कुनै रुपमा प्रयोग गर्न सकिन्छ ।

अमला खानुका फाइदा[सम्पादन गर्ने]

  • प्रत्येक दिन एउटा अमला खानाले पेट सफा रहिरहन्छ र कब्जियत लगायत पेटमा देखा पर्ने समस्याहरु हुन पाउदैन साथै ग्यास्ट्रिक पनि केहि हदसम्म कन्ट्रोल हुन्छ ।
  • अमलाको सेवन दैनिक गर्नाले शरीरको रोग प्रतिरोधक क्षमता मजबुत हुन्छ । किड्नी संग सम्बन्धित रोगहरु लाग्दैनन ।
  • अमलाको जुस बनाएर खानाले पनि रगत सफा हुन्छ र शरीर स्वस्थ रहन्छ। दैनिक एउटा अमला खानाले फोक्सोसंग सम्बन्धित रोगहरु लाग्न पाउदैनन।
  • अमला शरीरको त्वचा र कपालको लागि फाइदाजनक हुन्छ। अमलाको दैनिक सेवनले त्वचा लामो समयसम्म जवान हुनुका साथै कपाल पनि फुल्नबाट जोगिन्छ।
  • दैनिक अमलाको जुस अथवा जाम खाएर दुध पिउने गर्नाले शरीरमा कुनै पनि रोगले आक्रमण गर्न सक्दैन ।
  • अमलाले आँखाको रोशनी अझ बढी शक्तिशाली बनाउँछ ।
  • दैनिक अमला सेवन गर्दा पत्थरी हुनबाट जोगिन्छ ।


बैज्ञानिक नाम Phyllanthus emblica Linn.

नेपाली नाम अमला

संस्कृत नाम आमलकी, धात्री

अङ्ग्रेजी नाम Emblic myrobolon

वनस्पति परिवार Euphorbiaceae

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]

  1. "Phyllanthus emblica information from NPGS/GRIN". US Department of Agriculture. Retrieved 2008-03-06.