गाँजा (वनस्पति)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

गाँजा
वैज्ञानिक वर्गीकरण
जगत:
वनस्पति
(श्रेणीविहीन):
Eudicots
(श्रेणीविहीन):
Rosids
गण:
कुल:
क्यानाबेसी
वंश:
Cannabis
प्रजाति:
Cannabis sativa
Subspecies

C. sativa ssp. sativa
C. sativa ssp. indica
C. sativa ssp. ruderalis

गाँजा (वैज्ञानिक नाम: क्यानाबिस स्याटिवा) पूर्वी एसियामा उत्पत्ति भएको मानिने फूल फुल्ने बोट हो। हाल विश्वभरी नै यसको व्यापक खेती भएको पाइन्छ।[१] इतिहास भरी नै यसको खेती गरिएको उल्लेख भएको पाइन्छ; यसको खेती औद्योगिक फाइबर, बीज, तेल, खाना, मनोरन्जन, धार्मिक र आध्यात्मिक र चिकित्सा क्षेत्रमा विभिन्न रुपमा गरिन्छन्। यसको बोटका वि‍भिन्न भागहरु बिभिन्न तरिकाले प्रयोग गरिन्छ। यस प्रजातिलाई पहिलो पटक कार्ल लिन्नियसले सन् १७५३ मा वर्गीकृत गरेका थिए। "सतिभा" शब्दको अर्थ खेती गर्नु भन्ने हुन्छ।

वानस्पतिक विशेषता‍‍[सम्पादन गर्ने]

भाले बोट

क्यानाबिस स्याटिवाका फूलहरू भाले वा पोथी गरी भिन्न हुने गर्दछन्।[२] यसलाई फल्न छोटो दिनको आवश्यकता पर्दछ। यसमा स्टेमिनेट (भाले भाग) सामान्यतया अग्लो र पिस्टिलेट (पोथी भाग) भन्दा केही कमजोर हुने गर्दछन्। पोथी बोटको फूलहरू रेसिम (racemes) बनोटमा विकसित भएका हुन्छन् र यसले सयौं बीउ उत्पादन गर्न सक्छ। भाले भाग परागकण बनाउँछन् र पोथी भाग भन्दा पहिले नै मर्दछन्। केही अवस्थाहरूमा (१२ देखि १) घण्टा सम्मको प्रकाश अवधि भएमा, दुबै पोथी तथा भाले भागको समान संख्यामा विकास हुने गर्दछ। जेनेटिक (वंशानुगत) कारकहरूले बोटबिरुवालाई भाले वा पोथी बन्ने कुरामा भुमिका खेले पनि बाह्य वातावरणले पनि यसलाई फरक पर्न सक्दछ। दुवै भाले तथा पोथी भाग भएका फूलहरु पनि विकास गरिन्छन्।

रसायनिक विशेषता[सम्पादन गर्ने]

चेतनामा असर गर्न सक्ने टेट्राहाइड्रोकाभिनबोल (टीएचसी) यसमा मुख्य रुपमा रहे पनि यसमा ५०० भन्दा बढी रसायनिक यौगिकहरू हुन्छन्। ती मध्ये कम्तिमा ११३ क्यानाबिनोइड्स् नगन्य मात्रामा पाइन्छन्। टीएचसी बाहेक, केहि बोटबिरुवाले अर्को क्यानाबिनोइड, क्यानाबिडीयोल (सीबीडी), पनि उत्पन्न हुने कुरा पत्ता लागेको छ; यसले स्नायु प्रणालीमा टीएचसीको प्रभावलाई रोक्न देखाएको छ। क्यानाबिस प्रजातिहरूको रासायनिक संरचनाका भिन्नताले मानवमा फरक प्रभाव पार्न सक्छ। सिंथेटिक टीएचसी, जसलाई ड्रोब्यानिओल भनिन्छ; यसमा क्यानाबिडिओल (सीबीडी), क्यानाबिनोल (सीबीएन), वा अन्य क्यानाबिनोइडहरू पाइदैँन। यस कारण एक औषधिय प्रभावहरू प्राकृतिक रुपमा तयार भएकाहरुका भन्दा फरक प्रभाव रहन्छ।

क्यानाबिनोइड्स् बाहेक यसमा १२० भन्दा बढी गन्धात्मक भुमिका खेल्ने रसायन तत्वहरु हुने गर्दछ। यस अन्तर्गत टर्पिन, सेसकिटर्पिन जस्ता रसायन पर्दछन्।

  • α-पिनीन
  • मिरसिन
  • लिनालूल
  • लिमोनिन
  • ट्रांस-ओ-ओनिमेन
  • α-टेरपिनोलीन
  • ट्रांस-साइरोफिलीन
  • α-Humulene, सुगन्ध दिने
  • Caryophyllene, यसको प्रयोगले कुकुरहरलाई प्रशिक्षित गराइन्छ।[३]

प्रजाति[सम्पादन गर्ने]

  • स्टाइभा र इन्डिकामा भिन्नता

मानव हस्तक्षेपले प्रजातिहरूमा विविध भिन्नता भएका देखिन्छन्; फाइबरका निम्ति वा टिएचसी मात्रा बढाइन विभिन्न जातका विकास भएपनि केही सम्बन्धित संस्ताहरुले यसको एक मात्र प्रजातिलाई मान्य दिएका छन्। प्रजातिहरुमा धेरै भिन्नता पाइन्छन्।[४]

प्रयोग[सम्पादन गर्ने]

यसका बिउको मुख्य रूपमा हेम्पसीड तेल बनाउन प्रयोग गरिन्छ; जसको प्रयोग खाना पकाउन, बत्ती बाल्न, वा पेन्टको लागि प्रयोग गर्न सकिन्छ। तिनीहरूलाई चराका आहारका रूपमा पनि प्रयोग गर्न सकिन्छ। यसले जनावरहरूको लागि पोषणको स्रोत प्रदान गर्दछन्। फूल र फलहरूमा मनोवैज्ञानिक रासायनिक यौगिकहरू हुन्छन् (क्यानाबिनोइड्स) लाई मनोरन्जन, औषधी र आध्यात्मिक उद्देश्यका लागि प्रयोग गरिन्छन्। फूल र फलहरू लाई विभिन्न प्रकारमा प्रयोग गरिसके पछि यसलाई मारिजुआना भनिन्छ; (यसका पातहरू, रेसिनस तत्वको यसमा प्रयोग गरिन्छन्)। मारिजुआनालाई चरस, धूम्रपान, वाष्पीकरण र इन्जेशन जस्ता विधिबाट सेवन गरिन्छन्। ऐतिहासिक रूपमा, टिन्चर, चिया, र मलहम पनि यसका सामान्य तयारीमा पनि यसका प्रयोग भएका छन्। विशेष गरी भारतको परम्परागत चिकित्सामा सेटिवा प्रजातीलाई मानसिक रोगका लागि (ह्युलोसिनोजेनिक, हिप्नोटिक), एनाल्जेसिक (दुखाइ कम गर्ने) जस्ता विषयमा औषधिय प्रयोग भएका छन्।

जातहरु[सम्पादन गर्ने]

यसको तीन मुख्य विभाजनगरु रहेका छन्: फाइबरका निम्ति ‍खेती गरिने जातहरु, बीउका लागि खेती गरिने जातहरु, औषधिय गुण वा मनोरज्जनात्मक हिसाबका लागि खेती गरिने जातहरु,

खेती[सम्पादन गर्ने]

यसको वनस्पतिक वृद्धि हुन १२ देखि १३ घण्टा भन्दा बढी निरन्तर प्रकाश प्रति दिन चाहिन्छ। फूल फुल्न सोही किसिमले १२ घन्टा रातको पनि आवश्यकता पर्छ। फूल चक्र विभिन्न अवस्था हेरी नौ र पन्ध्र हप्ताको बीचमा रहन सक्छ। मानव चेतनालाई असर गर्न सक्ने क्यानाबिनोइड्सको उत्पादनका निम्रि भने पोथी बोट लाई मात्र रोपिन गरिन्छ।

यसका लागि माटोमा लागि अधिकतम पीएच ६.३ खि ८.८ चाहुन्छ। हाइड्रोपोनिक प्रविधिमा ५.२ देखि ५.८ को पीएचमा खाद्य झोल दिइने गरिन्छ। उक्त पीएचमा ब्यक्टेरीया र ढुसी हुर्कन पाउँदैन।

तन्तु विकास प्रविधि (टिस्यु कल्चर) औषधीय महत्त्वका लागि विकास गर्न प्रयोग भएका छन्।[५] बीउ उत्पादन भने बोट हुर्काएर नै गरिन्छ। सेटिवाका पातहरू साँघुरा हुन्छन् र न्यानो वातावरण यसका लागि उत्तम हुन्छन्। यद्यपि यसले आफ्ना अन्य समुहहरु भन्दा फूल लिन बढी समय लिन्छन्, र प्राय अग्ला हुन्छन्।

लागु औषध नियन्त्रण ऐन २०३३ ले नेपालमा गाँजा खेतीको उत्पादन, बिक्री वितरण, ओसार प्रसार, सेवन जस्ता गतिविधिमा निषेध लगाई यसलाई गैरकानुनी बनाएको छ।[६] हाल, गाँजा विधेयक ल्याउने विषयमा पनि विभिन्न छलफल र गाँजा खेतीका विषयमा मतभेद रहेका छन्।[७]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. Mary-Lou E. Florian; Dale Paul Kronkright; Ruth E. Norton (२१ मार्च १९९१), The Conservation of Artifacts Made from Plant Materials, Getty Publications, पृ: 49–, आइएसबिएन 978-0-89236-160-1 
  2. SHARMA (२०११), PLANT TAXONOMY 2E, Tata McGraw-Hill Education, पृ: 459–, आइएसबिएन 978-1-259-08137-8 
  3. Essential Oils
  4. Suman Chandra; Hemant Lata; Mahmoud A. ElSohly (२३ मे २०१७), Cannabis sativa L. - Botany and Biotechnology, Springer, पृ: 54–, आइएसबिएन 978-3-319-54564-6 
  5. Rajesh Arora (२०१०), Medicinal Plant Biotechnology, CABI, पृ: 103–, आइएसबिएन 978-1-84593-692-1 
  6. लागु औषध नियन्त्रण ऐन, २०३३
  7. गाँजा विधेयक सातै प्रदेशमा दर्ता गर्ने तयारी अनलाइन खबर, २०७६ फागुन २५ गते १४:५८ मा प्रकाशित

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

  • विकि प्रजातिमा Cannabis sativaसँग सम्बन्धित तस्वीर तथा श्रव्य दृश्यहरू रहेका छन्।