धोबिने
| धोबिने | |
|---|---|
| पाँचखालको वनमा पाइएको धोबिनेको फूल | |
| वैज्ञानिक वर्गीकरण | |
| जगत: | वनस्पति |
| प्राकृतिक समूह: | फूल फुल्ने वनस्पति |
| प्राकृतिक समूह: | दुईदलीय वनस्पति |
| प्राकृतिक समूह: | एस्टेरिड्स |
| गण: | जेन्टियानेल्स |
| परिवार: | Rubiaceae |
| वंश: | Mussaenda Wall. |
| प्रजाति: | M. macrophylla |
| वैज्ञानिक नाम | |
| Mussaenda macrophylla Wall. | |

धोबिने औषधीय गुण भएको जङ्गली वनस्पति हो। यो वनस्पति बुट्यान वर्गमा पर्दछ। नेपालको पहाडी चिस्यानयुक्त भूभागमा पाइने यो वनस्पतिको बोट २ देखि ३ फिट अग्लो हुन्छ। जेठ-असारतिर फुल्ने यसको फूल सेतो पात जस्तै र बिचमा सुन्तला अथवा रातो रङ्गको हुन्छ। यसको पात हरियो, लाम्चो र केही चिप्लो हुन्छ। यसको जरा खैरो वा माटो रङ्गको हुन्छ जसको स्वाद गुलियो हुन्छ त्यसैले यसलाई अङ्ग्रेजीमा स्विट रूट (गुलियो जरा) भनिन्छ।[१]
औषधीय गुण
[सम्पादन गर्नुहोस्]पित्त र गर्मीसम्बन्धी रोग, आमाशयको घाउ तथा खानामा अरूचिको उपचारका लागि जराको रस सेवन गरिन्छ। यसको जरालाई सुकाएर बनाइएको चूर्ण अत्यधिक पित्त, उच्च तनाव, टाउकोको गर्मी, अम्लपित्त र रक्तविकारको उपचारमा प्रयोग गरिन्छ। यसले कुनै नकारात्मक असर नगर्ने हुनाले दिनमा ५-७ पटक १/१ चम्चा खाने, समयसमयमा चुस्ने र काँढापानी पिउने गरिन्छ। यसको फूलबाट प्राप्तहुने केशर महारोगको उपचारमा प्रयोग गरिन्छ।[१]
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- 1 2 योगी, धर्म महारस (२०६९), आयुर्वेदिक जडीबुटी विज्ञान, कमलपोखरी: विद्यार्थी प्रकाशन प्रा.लि., पृ: पृष्ठ-१४५०, आइएसबिएन 978-99946-1-630-5।