मधुपत्र

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

मधुपत्र
Stevia rebaudiana flowers
वैज्ञानिक वर्गीकरण
जगत:
जगत:
(श्रेणीविहीन):
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
वंश:
वंश:
Stevia

Species

About 240 species, including:

भाषामा 'स्टेभिया' भनिने र संस्कृत र भारतीय भाषा हरूमा मधुपत्र भनिने यो वनस्पतिमा करीव २४० बोट विरुवा हरू पर्दछन । सूर्यमूखी परिवारमा पर्ने यो वनस्पति अमेरीकि महादेशको रैथाने वनस्पति मानिन्छ । नया विश्वको खोजि संगै मकै, आलुसँग संगै भारतीय महाद्विपमा भित्रिएको यो वनस्पति लाई हानिरहित भनि विश्व स्वास्थ सङ्गठनबाट प्रमाणित भएता पनि यसको प्रयोग र अओषधिय गुण हरू बारेमा विगय हरू एक मत हुन सकेको देखिदैन। गुलियोपनको लागि खेति गरिने विरुवा चाहि Stevia rebaudiana हो। गुलियोको लागि प्रसिद्ध यो वनस्पति लाई अङ्ग्रेजी भाषि समुदायमा candy leaf, sugar leaf, sweetleaf (USA), sweet honey leaf (Australia) आदि नामले जानिन्छ।

मधुपत्रमा पाइने गुलियो रसायन Steviolको अणुसूत्र
मधुपत्र वनस्पति

यो अत्यधिक गुलियोपना भएको कोलेस्ट्रल रहित झार हो । यसमा कार्बोहाइड्रेटको मात्रा नगण्य हुने भएकाले मधुमेहका रोगीले समेत उपभोग गर्न सक्ने स्वास्थ्यकर्मीको भनाइ छ । चिनीको तुलनामा रासायनिक पदार्थ नहुने भएकाले स्टेभियाको गुलियो स्वास्थ्यका लागि निकै लाभदायक हुने यसको प्रवर्द्धनमा लागेको कम्पनी पाम एग्रोटेकको दाबी छ । एक अनुसन्धानले स्टेभियामा उखुको रसको तुलनामा ३ सय प्रतिशत बढी गुलियोपना हुने देखाएको छ । स्टेभियाको काँचो पातलाई गुलियोका रूपमा प्रयोग गर्न सकिने पामकी काउन्सिलर स्मृति ढकाल बताउँछिन् । यसको पातलाई सुकाएर बनाइएको धूलो बफ्याएर निकालिएको चिनीलाई गुलियो पदार्थका रूपमा प्रयोग गर्न सकिन्छ ।

टुप्पा काटिदिएपछि सानो झाडीजस्तै देखिने यसलाई १६ देखि ४५ डिग्री सेल्सिएससम्म तापक्रममा खेती गर्न सकिन्छ। यो समुद्र सतहदेखि १ हजार ५ सय मिटरको उचाइसम्म राम्रो फस्टाउूछ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]