अपराजिता

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
अपराजिता
अपराजिताको बोट
वैज्ञानिक वर्गीकरण
जगत: वनस्पति
(unranked): फूल फुल्ने वनस्पति (एन्जिओस्पर्म)
(unranked): Eudicots
(unranked): Rosids
गण: Fabales
कुल: Fabaceae
वंश: Clitoria
प्रजाति: C. ternatea
द्विपद नाम
Clitoria ternatea
L.
फूल र कलिलोदेखि पाक्नेबेलासम्म विभिन्न अवस्थाका कोसाहरू
यसको आकारले नै यसका केही नाम राखिएका पाइन्छन्

अपराजिता, गोकर्णी वा विष्णुक्रान्ता बहुवर्षीय पोथ्रा वर्गमा पर्ने फूल फूल्ने औषधीय गुण भएको वनस्पति हो । यसमा नीलो तथा सेतो गाईका कान आकारका फूल लाग्ने गर्दछ । नीलो फुल्नेमा एकोहोरो पात हुन्छ भने सेतो फुल्नेमा दोहोरो पात हुन्छ । अपराजितामा केराउको जस्तै कोसामा मुसुरोको दाल जस्तै काला गेडा लाग्ने गर्दछ । [१]

अपराजिताको औषधीय गुणहरू[सम्पादन गर्ने]

अपराजितालाई आयुर्वेदमा शीतल, त्रिदोषनाशक, शीतवीर्य, बुद्धिदायक, विरेचक, मुत्रनिस्सारक, कृमीनाशक, विषनिवारक, नेत्ररोगमा हितकारी, क्षयरोगजन्य गन्थीहरूमा गुणकारी, पेट सुन्निनेमा लाभकारीको रूपमा वर्णन गरिएको छ । अपराजिताको बोटको सबै भागहरू उतिकै गुणकारी भएको मानिन्छन । यसले अण्डवृद्धि, गलगाँड, गाँठा-गिर्खा, जन्डिस, गर्भपात, जलोदर तथा पुरानो खोकीमा लाभ पुर्याउँछ । उपचारका लागि सर्वाङ्ग वा बीउको धूलो एक चम्चा खाना खानुअघि मनतातो पानीसँग खान सकिन्छ । ताजा तथा सुकेको टुक्रा चुस्न पनि सकिन्छ ।[१] यसको जरा तितो हुन्छ । कब्जियत, पिसाब रोकिएको, पेटभित्र अस्वभाविक तवरले पानी जमेको (Ascites) र ज्वरोमा यसको जराको सेवन गरिन्छ । कान दुखेको, कलेजोको रोग, चर्केको फुटेको (Eruptions)मा यसको पात उपयोगी मानिन्छ । दीर्घ खालको ब्रोङकाइटिसमा कफ निकाल्न यसको जराको रस खाइन्छ । कब्जियत र Viscera मा कुनै रोग लागेमा यसको बीउ उपयोगी मानिन्छ । सर्पले टोकेकोमा यसको विरुवा उपयोगी मानिन्छ । [२]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]

  1. १.० १.१ योगी, धर्म महारस (२०६९), आयुर्वेदिक जडीबुटी विज्ञान, कमलपोखरी: विद्यार्थी प्रकाशन प्रा.लि., p. पृष्ठ-३, ISBN 978-99946-1-630-5 
  2. नेपालमा पाइने प्रमुख गैरकाष्ठ वन पैदावार तथा जडीबुटीहरुको औषधीय प्रयोग र महत्व, अनिरुद्ध कुमार साह, वनविज्ञान शास्त्री