मुसुरो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मुसुरो
मुसुरो
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
उपकुल:
वंश:
वंश:
प्रजाति:
L. culinaris
वैज्ञानिक नाम
Lens culinaris
Medikus
खेतमा लगाइएको मुसुरो

मुसुरो एक प्रकारको दलहन बाली हो । मुसुरोको प्रयोग दालको रूपमा पुरा दक्षीण एसियामा गर्ने गरिन्छ । यसको उत्पादन नेपालको तराइका विभिन्न भागमा हुने गर्दछ । मुख्यतः शीत जलवायु भएको क्षेत्रमा उष्णकटिबंधीय एवं शीतोष्णकटिबन्धीय १८०० मीटर ऊंचाईको क्षेत्रमा यसको भरपूर खेती हुने गर्दछ । यो १५-७५ सेमी ऊँचा, सीधा, मृदु-रोमिल, शाकीय बोट हो। यसको फुल सानो, सेतो, बैंगनी अथवा गुलाबी वर्णको हुन्छ। यसको फल चिप्लो, कृष्ण वर्णको, ६-९ मिलीमीटर लामो हुन्छ । यसको पुष्पकाल डिसेम्बर देखि जनवरी तथा फलकाल मार्च देखि अप्रिलसम्म हुन्छ । यस्को बीजमा कैल्शियम, फॉस्फोरस, आयरन, सोडियम, पोटासियम, मैग्नीशियम, सल्फर, क्लोरीन, आयोडीन, एल्युमीनियम, कॉपर, जिंक, प्रोटीन, कार्बोहायड्रेट एवं विटामिन डी आदि तत्व पाइन्छ ।

मुसुरोको केही औषधीय गुण[सम्पादन गर्नुहोस्]

  • मुसुरोको दाललाई चलाएर यसको भष्म बनएर यो भष्मलाई दाँतमा रगड्नाले दाँत सम्बन्धी सबै रोग निर्मुल हुन्छ ।
  • मुसुरोको आँटामा घिउ तथा दुध मिलाएर सात दिन सम्म अनुहारमा लगाउँनाले अनुहारका सबै खटिरा निर्मुल हुन्छन ।
  • मुसुरोको पातको काढा बनाएर गारगल गरेमा गलाको सुजन तथा दुखाईमा फाइदा हुन्छ ।
  • मुसुरोको दालको सुप बनाएर पिउँनाले आँत सम्बन्धी सबै रोगमा लाभ हुन्छ ।
  • मुसुरोको भष्म बनाएर भष्ममा भैसीको दुध मिलाएर विहान वेलुका घाउमा लगाउँनाले घाउ चाँडो ठिक हुन्छ ।
  • मुसुरोको दालको सेवनले रक्त वृद्धि हुन्छ ।
  • मुसुरोको दाल खानाले पाचनक्रिया ठिक भै पेटका रोगहरु रहन्नन् ।