हर्रो
हर्रो | |
---|---|
![]() | |
पात झरेको हर्रोको रुख | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | |
भाग: | |
वर्ग: | |
गण: | |
कुल: | |
वंश: | |
प्रजाति: | T. chebula
|
वैज्ञानिक नाम | |
Terminalia chebula Retz. | |
पर्याय[१] | |
Walp.
|
आयुर्वेदिक औषधीय पद्दतिमा प्रयोग गरिने त्रिफला तयार गर्नमा प्रयोगमा आउने तीनवटा (हर्रो, वर्रो र अमला) मध्येको यो एउटा फल हो।
यो मध्यम खालको करीब २० मि. सम्म अग्लो हुने पतझर खालको रुख हो। यसका पातहरू ७–२० से. मी. सम्म लामा र ४–८ से. मी. चौडा हुन्छन् र एउटै आँख्लामा दुईवटा तर विपरित दिशातिर फर्केका हुन्छन्। पातको भेट्नुमा एक जोडी ग्रन्थीहरू (Glands) हुन्छन्। यसका फूलहरू साना हुन्छन् र हाँगाको टुप्पामा लहरेदार डण्डीमा वरीपरी मिलेर रहेका हुन्छन्। फूलहरूको रंग हल्का पहेंलो वा सेतो रंगको हुन्छ र वैशाख ÷जेष्ठतिर फुल्दछन्। फलहरू ४ से. मी . सम्म लामा , बीचमा मोटा र फेदतिर अलि साँगुरिएका र पुष्ट हुन्छन्। तर सुकिसकेपछि अलि चाउरी परेका र पाँचवटा रेखाहरू स्पष्ट देखिन्छन्। यो भारत, श्रीलङ्का तथा म्यानमारमा पाइन्छ। १५०–११०० मि. सम्मको उचाई भएको मध्य तथा पश्चिमी नेपालमा पनि यसको रुख पाईन्छ ।
आयुर्वेदिक औषधीय पद्दतिमा प्रयोग गरिने त्रिफला तयार गर्नमा प्रयोगमा आउने तीनवटा (हर्रो, वर्रो र अमला) मध्येको यो एउटा फल हो। फलको धुलो कब्जियत सफा गर्नमा एकदम उपयोगी मानिन्छ। फल पकाएको रस गीजाबाट रगत आउने र गीजाको अन्य रोगमा पनि उपयोग गरिन्छ। भुटेको वा पोलेको फल खोकी वा कफ निको पार्न पनि खाने गरिन्छ।
मुख्यतःयसका फलहरू टाँनिन (Tanin) निकाल्नको लागि उपयोग गरिन्छ। जरा, बोक्रा, तथा काठमा समेत टेनिन पाइन्छ। टेनिन छाला उद्योगहरूमा छाला नरम पार्ने कार्य , वस्तुलाई धेरै समयसम्म खप्ने बनाउन र रंगलाई चम्किलो बनाउन उपयोग गरिन्छ। यसैगरि यस फलको गुदीदार भिजाएको वासी पानीले आँखा सफा गर्न प्रयोग गरिन्छ। हर्रोको फलको उत्पादन लिन करीब १० वर्ष लाग्ने हुदा ब्यवसायिक खेतिमा यो समेटिन सकेको छ्अन। १० वर्ष भन्दा बढी उमेरका स्वस्थ्य रुखबाट प्रतिरुख ४०–६० के. जी. सम्म उत्पादन हुने गर्दछ।
औषधोपचार[सम्पादन गर्ने]
- दाद आएमा
- हर्रो कागतीको रसमा घोटेर लगाउने गरेमा दाद आएको ठिक हुन्छ ।
- जण्डिस(कमलपित्तमा)
- एक चम्चा करेलाको रसमा आधा चम्चा हर्रोको धूलो मिसाएर विहान/वेलुका खाने गरेमा दुई हप्तामै कमलपित्त रोग निको हुन्छ ।
- हरडः हर्रो को नामबाट हामी सबै परिचित छौ। यसको बोट जत्रतत्र पाइने गर्दछ। यसको रङ्ग कालो तथा पहेंलो हुन्छ। यसको स्वाद खट्टा, नमीठो तथा मुखबाध्ने कसैला हुन्छ। आयुर्वेदिक मतानुसार हरडः हर्रोमा पाँचै रस- मधुर, तीखा, कडुवा, कसैला तथा अम्ल पाइन्छ। वैज्ञानिक मतानुसार हरड को रासायनिक संरचनाको विश्लेषण गरेर ज्ञात भएको छ की हर्रोको फलमा चेब्यूलिनिक एसिड ३०%, टैनिन एसिड ३०-४५%, गैलिक एसिड, ग्लाईकोसाइड्स, राल तथा रंजक पदार्थ पाइन्छ। ग्लाईकोसाइड्स कब्जियत निर्मुल गर्नमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ। यो तत्वले शरीरको सबै अंगबाट अनावश्यक पदार्थहरु निकालेर शरीरलाई प्राकृतिक रूपमा सञ्चालन हुन मदत गर्दछ। यस्का निम्न औषधीय गुणहरुपनि रहेका छन्:-
- हरड को टुक्रो चपाएर खानाले भोक बढ्दछ।
- सानो हर्रोको टुक्रालाई पानिमा घोटेर मुख भित्र फोका भएको स्थानमा प्रतिदिन तीन पटक लगाउँनाले मुखको छाल (मुखमा आउँने खटिरा)नष्ट हुन्छ। अवस्था अनुसार यसलाई जुनसुकै बखत खान सकिने भएपनि यसलाई रातमा भोजन पश्चात चुस्नु राम्रो हुन्छ।
- सानो हरडलाई पानीमा भिजाउने र रातमा खाना पश्चात विस्तारै चपाएर सेवन गर्नाले पेट सफा हुन्छ र पेटमा ग्यास पनि कम हुने गर्दछ।
- काँचो हरडको फललाई पिधेर चट्नी बनाएर एक एक चम्मचको मात्रामा तीन पटक दिनमा सेवन गर्नाले पातलो दिसा ठिक हुन्छ।
- हरडको चुर्ण एक चम्मचको मात्रामा दुई किशमिशको साथमा लिनाले अम्लपित्त (एसिडिटी ) को सिकायत रहन्न। निर्मुल हुन्छ।
- हरडको चुर्ण विहान वेलुका कालो नुनको साथमा सेवन गर्नाले कफको सिकायत रहन्न।
- हरडः हर्रोलाई पिंधेर यसमा मह मिलाएर चाट्नाले उल्टी आउँन बन्द हुन्छ।
चित्र दिर्घा[सम्पादन गर्ने]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
यो पनि हेर्नुहोस[सम्पादन गर्ने]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ "The Plant List: A Working List of All Plant Species", अन्तिम पहुँच ७ अगस्ट २०१५।
बाह्य कडीहरू[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा हर्रो सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |