भलायो
भलायो | |
---|---|
वैज्ञानिक वर्गीकरण | |
जगत: | |
(श्रेणीविहीन): | |
(श्रेणीविहीन): | |
(श्रेणीविहीन): | |
गण: | |
कुल: | |
वंश: | |
प्रजाति: | S. anacardium
|
वैज्ञानिक नाम | |
Semecarpus anacardium L.f. |
भलायो औषधीय गुण भएको रूख वर्गमा पर्ने वनस्पति हो ।
भलायोको औषधीय गुणहरू
[सम्पादन गर्नुहोस्]यसको फल, पात, चोप वा विरुवाको अरु कुनै भागको सम्पर्कमा आएपछि कसै–कसैलाई एलर्जी हुन सक्छ । यसको फल तितो– टर्रो वा खल्लो हुन्छ तर पाकेपछी गुलियो हुन्छ । कलेजोको कार्यलाई दुरुस्त राख्न, यौनशक्ति बढाउन, रगत बग्न नदिन, जीउलाई न्यानो र छालालाई नरम बनाउन, नशा र जोर्नीका रोग, साइटिका, अजीर्ण–अपच, पेटमा अंकुशे जुका परेमा, जीउको आन्तरिक सञ्चालन प्रकृयामा असहजता, छालाको भित्री भागमा गाँठागुँठी आएमा यसको फल भित्रको गुटीको सेवन गरिन्छ । अल्सर, क्यान्सर, जीउमा सेतो दाग, छालामा कत्ला आएमा, गर्भपतन गर्नु परेमा, कुष्ठरोग, बेरीबेरी रोग, नशा दुख्ने, मुटु रोग, पेट दुखेको, ज्वरो, कब्जियत, पेटमा ग्याँस भरिएको, कमजोरीमा यसको फलको सेवन गरिन्छ/रोगग्रस्त भागमा दलिन्छ । बीउबाट निकालिएको तेल तथा बोक्राबाट प्राप्त चोपलाई नशा दुखाई र कुष्ठरोगमा दलिन्छ । [१]
यसलाई हिन्दी भाषामा भल्लतक, भिलावा अङ्ग्रेजीमा marking nut (Semecarpus anacardium), संस्कृतमा अरूष्कारा, अग्निमुख आदि नामले पनि चिनिन्छ । यसको फलमा दुई हरियो हिस्सा हुन्छन् पाकेपछी टुप्पोको भाग कालो र तलपट्टी रातो वा सुन्तला रङ्गको हुन्छ । तलको भाग टर्रो वा गुलियो हुन्छ र खाने गरिन्छ भने टुप्पोको भाग खाइँदैन तर अौषधिय प्रयोजनमा उपयोग गरीन्छ । टुप्पोको भाग खानाले वा त्यसको चोप शरिरमा लगाउनाले धेरैलाई छालामा एलर्जी भएर ज्वरो समेत आउन सक्छ । भलायोको टुप्पोको भागबाट कालो तेल जस्तो पदार्थ निस्किन्छ र भित्रपट्टी बदाम जस्तो कुरा हुन्छ जुन खान सकिन्छ तर दक्ष चिकित्सकको सल्लाह विना टुप्पोको कालो भागमा भएको तेल खान हुँदैन । जाडो मौसममा यसको फल पाक्ने गर्छ र फललाई टिपेर आंशिक रूपमा सुके पछि खाने गरीन्छ ।
आयुर्वेदमा भलायोलाई कफ दोष सन्तुलनमा ल्याउने पाचन शक्ती बढाउने स्मरण शक्ती बढाउने विर्य बढाउने शक्ती प्रदान गर्ने औषधिको रूपमा प्रयोग गरिन्छ । यो फल तराई तथा मध्य पहाडि क्षेत्रहरूमा पाईन्छ । भारतको मध्य प्रदेश गुजरात आसाममा धेरै फल्छ ।
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ नेपालमा पाइने प्रमुख गैरकाष्ठ वन पैदावार तथा जडीबुटीहरूको औषधीय प्रयोग र महत्त्व, अनिरुद्ध कुमार साह, वनविज्ञान शास्त्री