अँडिर
परिभाषा :
[सम्पादन गर्नुहोस्]सातकुने पात भएको, झुप्पामा फल लाग्ने, रातो वा सेतो डाँठ भएको, फूलबाट तेल निकालिने र पातचाहिँ रेसमका कीरालाई खुवाइने एक जातको बोट वा त्यसै वनस्पतिको फललाई अँडिर भनिन्छ । यसको तेल जुलाफका निम्ति प्रयोग गरिन्छ । अँडिरलाई अंग्रेजीमा Castor-Oil plant भनिन्छ । यसलाई वनस्पतिशास्त्रमा Ricinus communis Linn. भनिन्छ ।
अँडिर अथवा अंडी Ricinus communis | |
---|---|
अँडिरको वितरण क्षेत्र | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | |
(श्रेणीविहीन): | |
(श्रेणीविहीन): | |
(श्रेणीविहीन): | |
गण: | |
कुल: | |
उपकुल: | |
वंश: | |
उपवंश: | Ricininae
|
वंश: | Ricinus
|
प्रजाति: | R. communis
|
वैज्ञानिक नाम | |
Ricinus communis L. |
जात :
[सम्पादन गर्नुहोस्]मोटो खालको अँडिर हुन्छ र यसलाई वनस्पतिशास्त्रमा Jatropha curcas Linn. भनिन्छ । अर्को बेग्लै Jatropha gossipifolia Linn. वानस्पतिक नाम भएको जङ्गली अँडिर पनि हुन्छ । आयुर्वेदका प्राचीन ग्रन्थमा भने सेतो, रातो र मोटो गरी तीन किसिमका अँडिरका बारेमा चर्चा गरिएको पाइन्छ ।
संस्कृत पर्यायवाची नामहरू :
[सम्पादन गर्नुहोस्]आमण्ड, उत्तानपत्र, उत्तानपत्रक, उरुबु, उरुबुक, उरुबूक, एरण्ड, करपर्ण, गन्धर्वहस्तक, चञ्चु, चित्र, चित्रक, चित्रबीज, तत्कर, तरुण, दीर्घदण्ड, दीर्घदण्डक, नागकर्ण, पञ्चाङ्गुल, ब्यडम्बक, मण्ड, महापञ्चाङ्गुल, महैरण्ड, याचनक, रचङ्कुला, रक्तैरण्ड, रुचक, रुबु, रुबुक, रुबूक, लघु, वर्धमान, वर्धमानक, वातवैरी, वातारि, व्यडम्बक, व्याघ्र, व्याघ्रतर, व्याघ्रदल, व्याघ्रपुच्छ, शुक्ल, शुक्लैरण्ड, श्वेतैरड, सितैरण्ड, स्थूलैरण्ड, स्निग्ध, हस्तिकर्ण र ह्रस्वैरण्ड ।
स्वाद :
[सम्पादन गर्नुहोस्]अँडिरमा गुलियो, पिरो, नुनिलो र तीतो स्वाद मिसिएको हुन्छ ।
आयुर्वेदमा उल्लेखित गुण ;
[सम्पादन गर्नुहोस्]यसमा निम्नलिखित रोगहरू नाश गर्न सक्ने गुण हुन्छ–
[सम्पादन गर्नुहोस्]- शूल,
- सुजन,
- पेटका रोग,
- ज्वर,
- व्रध्नरोग (त्यस्तो वातरोग जो सुजन र शूल गराएर तिघ्रा र अण्डकोशको जोर्नीबाट अण्डकोशमा जाने काम गर्दछ),
- दम,
- कफविकार,
- आनाह (पचेर अथवा नपची दूषित भएको मलमूत्र पेटमा रोकिएर हुने रोग),
- खोकी,
- कुष्ठरोग,
- पेटमाखानपिन पचेर बनेको रसमा बिकार भई हुने वातसम्बन्धी रोगहरू,
- वाकवाकी,
- रक्तविकार,
- पाण्डु,
- भ्रम हुने रोग र
- अरुची
यसले निम्न लिखित अङ्गहरुको दुखाई नाश गर्दछ–
[सम्पादन गर्नुहोस्]- कम्मर,
- तल्लोपेट (वस्ति),
- टाउको र
- पेट ।
अँडिरको पातको ओखती :
[सम्पादन गर्नुहोस्]अँडिरको पातले वातविकार, कफविकार, कीरा र मूत्रकृच्छ्र रोग (पिसाबले च्याप्ने तर गर्न खोज्दा थोपा थोपा मात्र हुने रोग) नाश गर्दछ । अँडिरका कमला पातले विशेषतः गुल्म (वात, कफ, पित्त आदिका विकारबाट पेटभित्र वायुको गोला जम्ने रोग, वायुरोग, गानुगोला), तल्लोपेटको शूल र सात किसिमका अण्डकोष वृद्धिका रोग समेत ठिक गर्दछ ।
अँडिरको फल :
[सम्पादन गर्नुहोस्]अँडिरको फलले गुल्म, शूल, वातविकार, फियोका रोग, पेटका रोग र अल्काई ठिक गर्दछ । यसले जठराग्निलाई (पाचनशक्ति) तिब्ररूपले बाल्दछ । फलले दिसा खुकुलो पार्दछ तथा वातजन्य, कफजन्य र पेटसम्बन्धी रोगलाई नाश गर्दछ ।
सेतो अँडिर पारो प्रशोधनमा समेत उपयोगी हुन्छ ।
अँडिरको बेफाइदा :
[सम्पादन गर्नुहोस्]अँडिर गर्मी गर्ने र पचाउन कठिन हुने गुणको हुन्छ । अँडिरको पातले पित्त र रगतलाई दूषित बनाउँदछ ।
अँडिरको तेल
[सम्पादन गर्नुहोस्]स्वाद : अँडिरको तेल तिक्खर, टर्रो, तीतो, पिरो, स्वादिलो र पचेपछि गुलियो हुन्छ ।
गुण : यो लेस्याइलो, सूक्ष्म, अती रसायनी र अति नै दीपनी (आम वा खाएको कुरा पचेर बनेको रसलाई नपचाउने तर पाचनशक्तिलाई बाल्ने) हुन्छ ।
फाइदा : अँडिरका तेलका निम्नलिखित फाइदाहरू बताइएको छ–
- दीपन (आम वा खाएको कुरा पचेर बनेको रसलाई नपचाउने तर पाचकाग्निलाई बाल्ने),
- वीर्यवर्धक,
- छालाका लागि हितकर,
- उमेरलाई स्थिर राख्ने,
- दिमागको ग्रहा गर्ने क्षमता (मेधा) बढाउने,
- शरीरको कान्ति बढाउने,
- बलदायक,
- योनि शुद्ध पार्ने,
- शुक्र शुद्ध पार्ने,
- विषमज्वर नाशक,
- मुटुका रोग नाशक,
- वातविकार नाशक,
- पेटका रोग, नाशक,
- आनाह नाशक,
- गुल्म नाशक,
- अष्ठीला (मूत्राशयमा गाँठा पलाएर मूत्रत्यागमा अवरोध हुने एक रोग (प्रोस्टेट ग्ल्याण्ड) नाशक,
- कमर नचल्ने रोग नाशक,
- वातरक्त (हातगोडाका औँला वा अरु भागका जोर्नी सुनिई दुख्ने रोग) नाशक,
- कब्जियत नाशक,
- व्रध्न, नाशक,
- सुजन नाशक,
- पेटमाखानपिन पचेर बनेको रसमा बिकार भई हुने वातसम्बन्धी रोगहरू नाशक,
- विद्रधि (गुदद्वार, वस्ति, नाभि, कोखा, तिघ्राका जोर्नी, मिर्गौला, मुटु, कलेजो, फियोमा पैदा भएर कालान्तरमा फुट्ने खटिरा विशेष) नाशक,
- कीराजन्य विकार नाशक,
- सबै अङ्गका शूल नाशक र
- कुष्ठरोग नाशक हुन्छ ।
पेट सफा गर्नुपर्दा यसको तेल खुवाई दिसा लगाउने गरिन्छ ।
बेफाइदा :
अँडिरको तेल गर्मी गर्ने, पित्तविकार बढाउने, पचाउन कठिन र गनाउने गुणको हुन्छ । विज्ञको परामर्श बिना अँडिरको अन्धाधुन्ध प्रयोग गर्न हुँदैन ।
सन्दर्भ ग्रन्थ :
[सम्पादन गर्नुहोस्]- नेपाली बृहत् शब्दकोश,
- अमरकोश,
- भावप्रकाश निघण्टु,
- द आयुर्वेद इन्साइक्लोपेडिया, स्वामी सदाशिव तिर्थ,
- राज निघण्टु,
- मदनपाल निघण्टु,
- अनलाइन संस्कृत नेपाली शब्दकोश, के.यन.स्वामी
चित्र दिर्घा
[सम्पादन गर्नुहोस्]-
पोथी (माथि) र भाले (तल) फूल
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]
यसको खेती नेपालमा बि स २०३२ बाट भयको मानिन्छ।