श्रीखण्ड

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
श्रीखण्ड
'Sandalwood' by Köhler
Santalum album
संरक्षण स्थिति
वैज्ञानिक वर्गीकरण
जगत: वनस्पति
(श्रेणीविहीन): Angiosperms
(श्रेणीविहीन): Eudicots
(श्रेणीविहीन): Core eudicots
गण: Santalales
परिवार: Santalaceae
वंश: Santalum
प्रजाति: S. album
वैज्ञानिक नाम
Santalum album
L.
भारतको हैदराबादमा फुलेको श्रीखण्ड

श्रीखण्ड चन्दन बनाउन प्रयोग गरिने वासनादार काठ दिने वनस्पति हो ।

श्रीखण्ड परिचय[सम्पादन गर्ने]

जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बिड भन्ने उखान नेपाली समाजको लागि कुनै नौलो उखान भने पक्का होइन, तथपी नेपालमा श्रीखण्डको प्रयाप्तता भने अवस्य पनि कम छ । हुन त श्रीखण्ड नेपाली प्रजाती होइन । नेपाली प्रजाती नभए पनि नेपालीमा चलेको उखान तथा अधिकाशं नेपालीहरु तथा हिन्दु धर्म मान्ने भएका हुदाँ नेपालमा यसको बढी उत्पादन हुनु पर्ने अथवा प्रत्येक घर घरमा पाइन पर्ने जस्तो लाग्छ । जस्तै नेपाली समाजमा तुलसीको कुरा गर्ने हो भने तुलसी प्रत्येकको घरमा पाइन्छ । त्यस्तै गरी पीपल, कुश, शालिग्राम साथै चाहिने श्रीखण्ड अर्काे वस्तु हो तथापी श्रीखण्ड सबभन्दा कम पाइन्छ । माथिकै उखानबाट पनि श्रीखण्ड महत्वपूर्ण वस्तु हो भन्ने कुरा सहजै बुझ्न सकिन्छ ।

श्रीखण्ड आज भन्दा ५००० वर्ष अधिदेखि हिन्दु धर्मका ग्रन्थमा उल्लेख भएको नाम हो । यसलाई नेपाली वा हिन्दी भाषामा श्रीखण्ड वा चन्दन भनिन्छ । विश्वका १० महगां काठहरू मध्ये श्रीखण्ड पनि एक हो । श्रीखण्ड धार्मिक दृष्टिकोणले जति महत्वपूर्ण छ । ब्यवसायिक हिसावले पनि त्यो भन्दा कुनै मानेमा कम छैन । श्रीखण्ड हिन्दु धर्मका पवित्र ग्रन्थहरुमा उच्च महत्वका साथ ब्याख्या गरिएको छ । पुजाआजा, जपध्यान, मर्दा पर्दा सबै कार्यमा धर्मसस्कृति अनुसार अति आवश्यक वस्तुको रुपमा ब्याख्या गरिएको छ । हिन्दु धर्म अनुसार भन्ने हो भने धर्मशाश्त्रले तीनवटा चन्दनको नाम लिएको छ । १, श्वेतचन्दन २, पीतचन्दन, ३, रक्तचन्दन यी तीन मध्ये सबभन्दा बढी श्वेतचन्दन अर्थात श्रीखण्डलाई मानेको छ ।साथै हिन्दू धर्मसस्कृती अनुसार हरेक कार्यमा अत्यन्त पवित्र वस्तुको रुपमा यसको प्रयोग गरिन्छ । श्रीखण्डलाई घोटेर बनाएको चन्दन लगाउने परम्परा करिव ५००० वर्ष पुरानो हो । अहिले आएर हेर्दा पनि श्रीखण्डको चन्दन प्रयोगमा कुनै कमि आएको छैन बरुश्रीखण्डको प्रयाप्तता नभएको ठाउँमा चन्दनको साटो बिभिन्न अन्य काठको प्रयोग गरेकोले धर्म अनुसार पवित्र र चोखो वस्तुको रुपमा ब्याख्या गरिएको पाइन्छ ।श्रीखण्डको चन्दन लगाउने र सके श्रीखण्ड काठको चितामा जल्ने नसके एउटा टुक्रा श्रीखण्ड भए पनि चितामा राखेर पार्थिक शरीर जलाउने मान्यता आजभन्दा कैयौ वर्ष अगाडि देखि चलिआएको हो । साथै प्राचिन हिन्दु ग्रन्थहरुमा पनि यसबारे लेखिएको छ । यी सबैको अध्ययन गर्दा श्रीखण्ड त्यो युगदेखि नै महत्वपूर्ण वस्तुको रुपमा मानिएको कुरा प्रष्ट हुन्छ । अहिलेको एक्काइसौ शताब्दीमा आइपुग्दा समेत यसको महत्वमा कुनै कमि आएको छैन बरु झन महत्व बढेर गएको छ । सस्कृत तथा नेपाली नाम श्रीखण्डलाई अग्रेजी भाषामा ध्जष्तभ कबलमब ि भनिन्छ । कतै चन्दनको नामले पनि यसलाई चिनिन्छ । हिन्दुधर्ममा जति नै ब्याख्या गरिएको भएता पनि नेपालमा धार्मिक हिसाबले पनि कमै मात्र ठाउँमा श्रीखण्ड देख्न सकिन्छ । यसको ब्यावसायिक खेती भएको भने पाइदैन ।

श्रीखण्डको विश्व बजारलाई हेर्ने हो भने यसको अन्तराष्टिय स्तरमा माग बढी रहेको छ । यो औषधिय गुणको भएको हुदाँ बिभिन्न औषधि तथा कस्मेटिकका सामाग्री उत्पादनमा यसको प्रयोग गरिएको पाइन्छ साथै मूर्ति मालाहरु समेत बनाइन्छ । यसको प्रयोगको हिसाबले हेर्ने हो भने खासगरी महगां पर्फुम, पाउडर लगायतका कस्मेटिक समाग्री, औषधिहरु निर्माणमा यसको प्रयोग हुन्छ । हिन्दू परम्परा अनुसार यसको प्रयोग शुद्ध वस्तुको रुपमा चन्दनको प्रयोग गरिन्छ ।

श्रीखण्डको खेती बिभिन्न देशहरुमा ब्यावसायिक रुपमा गरिदै आएको छ । यसको बजार मूल्यका कारण यसको खेतीमा आकर्षण पनि बढीरहेको छ । यसको ब्यावसायिक खेती तराई देखि मध्य पहाडसम्म सजिलै गर्न सकिन्छ । साथै मध्ये पहाड भन्दा माथिल्लो भेगमा समेत यसको खेती गर्न सकिन्छ । अलि जाडो हुने स्थानमा यसको खेती गर्दा उत्पादन भने ढिलो दिने हुन सक्छ । नेपालमा तराई साथै पहाड पसस्त भएको हुदाँ यसको खेती दुवै ठाउँमा राम्ररी फस्टाउन सक्छ । तर पनि यस तर्फ कसैको ध्यान गएको छै । श्रीखण्ड सेमी प्यारासाइटिस प्लान्ट भएको हुदाँ यसलाई होस्ट प्लान्ट साथै लगाउदा छिटो हुर्किने र उत्पादन समेत छिटो दिने हुन्छ । यसलाई होस्ट प्लान्टको रूपमा अमला, किँम’, केरा साथै अन्य वि?वालाई होस्ट प्लान्टको ?पमा लगाउन सकिन्छ । केरालाई होस्ट प्लान्टको रूपमा लगाउदा दुवै तिरबाट आम्दानी लिन सकिन्छ । श्रीखण्ड चिसो हावापानीमा भन्दा तातो हावापानीमा छिटो र उत्पादन समेत धेरै दिने हुन्छ । एउटा श्रीखण्ड रोपेको ५ वर्षमा उत्पादन लिन सकिन्छ । तथापी ४ देखि ५ वर्षबाट फुल्न र फल दिने गर्दछ यसबाट विरूवा प्रसार गर्न र विउ विक्री गर्न सकिन्छ । यसको ५ वर्ष पछि उत्पादन लिदा यसको चुरो पसेको काठ करिव ५ किलो देखि २५ किलो सम्म उत्पादन दिन्छ तर ढिलो गरी बाली काट्ने हो भने यसको उत्पादन बढ्दछ ।

नेपालको परिपेक्षमा हेर्ने हो भने नेपालमा बढेको बढ्दो सहरीकरणको कारणले पहाडका खेत बारीहरू दिनानुदिन बाझिदै गएका छन । यो अवस्था कायमै रहने हो भने पहाडका खेत बारीहरू २ वर्ष पछि अहिलेको () प्रतिसत बाझो वनको रूपमा परिणत हुन पुग्छ । यस्तो अवस्थामा ती पहाडका खेत वारीमा यदि अव हामीले खेती नगरी जंगलै बढाउने हो भने श्रीखण्ड जस्ता बहुमूल्य प्रजातीका रूख रोप्नु सबभन्दा उत्तम हुन्छ । यदि हामी सबैले इमान्दारिताका साथ आफ्ना बाझा खेत बारी तथा निजी वनमा श्रीखण्डको खेती गर्यो भने आफ्नो आर्थिक उन्नती त स्वतह हुन्छ साथै राष्ट पनि सम्वृध वन्ने क’रामा कुनै दुविधा छैन । अवका दिन मा यस्ता बहुमूल्य खेती तर्फ वन मन्त्रालय, साथै वनसंग सम्बन्धित सम्पूर्ण निकायहरू यस्ता खेतीकोे प्रवद्धनमा लाग्नेहो भने अवको २) वर्षमा नेपाल प’रानो उखान हरियो वन नेपालको धन को अर्थ भेट्टाउन अवस्य पनि सफल हुन्छ । यसतर्फ सबैको ध्यान जान जरूरी छ ।

श्रीखण्डको औषधीय गुणहरू[सम्पादन गर्ने]

जीउ भतभत्ती पोल्ने, चर्मरोग, कुष्ठरोग, टाउको दुखेको, बिर्सने बानी भएको, स्मरणशक्ति पूर्ण वा आंशिक रुपमा गुमेको, मष्तिस्कका रोग, मुटुको रोग, अम्लपित्त, कमलपित्त, ग्याष्ट्रीक, महिनाबारीका बखत धेरै रगत बग्ने र योनीबाट सेतो पानी बग्नेमा चूरकाठको चूर्ण खाइन्छ । काठबाट निकालिएको तेल गनोरियामा दलिन्छ र बिभिन्न किसिमका सौन्दर्य प्रशाधनहरु बनाउन प्रयोग गरिन्छ । रगत आइरहने खालको पाइल्समा चूरकाठलाई पानीमा पकाई त्यसमा अदुवाको रस मिसाई दलिन्छ/खाइन्छ । यसको धार्मिक महत्व पनि रहेको पाइन्छ ।[२]


सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]

  1. Asian Regional Workshop (1998). Santalum album. 2006 IUCN Red List of Threatened Species. IUCN 2006. Retrieved on 2007-02-08.
  2. नेपालमा पाइने प्रमुख गैरकाष्ठ वन पैदावार तथा जडीबुटीहरुको औषधीय प्रयोग र महत्व, अनिरुद्ध कुमार साह, वनविज्ञान शास्त्री