सुगन्धवाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सुगन्धवाल
Valerian
वैज्ञानिक वर्गीकरण edit
जगत: वनस्पति
प्राकृतिक समूह: फूल फुल्ने वनस्पति
प्राकृतिक समूह: दुईदलीय वनस्पति
प्राकृतिक समूह: एस्टेरिड्स
गण: Dipsacales
परिवार: Caprifoliaceae
वंश: Valeriana
कार्ल लिनियस
प्रजाति:
V. officinalis
वैज्ञानिक नाम
Valeriana officinalis
कार्ल लिनियस

सुगन्धवाल नेपालको महाभारत पर्वत शृङ्खलाको १,००० देखि ३,००० मिटरसम्मको उचाइ भएको चिसो, सेपिलो र ओसिलो ठाउँमा प्राय लाली गुराँस भएको जङ्गल, खोल्सा तथा उत्तरपट्टी फर्केका पाखामा बाह्रै मास छरिएर उम्रिएका पाइन्छन्। यो विरुवा वसन्त ऋतुको आगमन पछि मात्र फुल्दछ। यसको जरा २ देखि ४ सेन्टिमिटर लामो १ देखि २ मिलिमिटर मोटो हुन्छ। जमीनभित्र पाइने काण्ड २ देखि ७ सेन्टिमिटर लामो र ८ देखि २० मिलिमिटर मोटो हुन्छ। यो खैरो रङको हुन्छ।

यो विरुवाको पात मुटु तथा अण्डा आकारको हुन्छ। यसको पातको किनारा दाँते हुन्छ। यो विरुवाको फूल स–साना, सेतो र झुप्पा फूलेका हुन्छन्। झुप्पाका फूल गुलाफी रङका हुन्छन्। झुप्पामा तलतिरका फूलहरूका डाँठ लामो र माथितिरका छोटो भइ फूलहरू करीब एकै तहमा देखापर्दछन्। एकै विरुवामा भाले तथा पोथी दुवै फूल पाइदैन।

खेती[सम्पादन गर्नुहोस्]

सुगन्धवाललाई ओसिलो हावापानी चाहिने भएकाले सामुद्रिक सतहदेखि १,००० देखि ३,००० मि. सम्म उच्चा ओसिलो जग्गामा यसको खेती गर्न सकिन्छ। जमीन चिसो , उर्वर तथा मलिलो भएको हुनु पर्दछ। यसको खेती गर्दा राम्रो गुणस्तर भएको काण्डहरू छुट्याई वा टुक्रा गरी विरुवाहरूलाई सार्नाले अति उत्तम हुन्छ। यसको विजबाट पनि विरुवा उमार्न सकिन्छ।

विरुवा रोपण कार्य वसन्त ऋतुमा गरिन्छ। विरुवाहरूलाई खेतमा सार्नेअघि खेतलाई राम्ररी खनजोत गरी गाईवस्तुको मल (६६० कि. ग्रां प्रति रोपनीमा) हालिन्छ। त्यसपछि मात्र विरुवाहरूलाई ड्याङ्गमा सारिन्छ। एक ड्याङ्गमा सारिएका विरुवा आपसमा ३० से.मीको दुरीमा रहने गरी र एक ड्याङ्गबाट अर्को ड्याङ्गमा विरुवाको दुरी ६० से.मीको फासलमा हुनु पर्दछ। हरेक दुई महिनाको अन्तरमा गोड्नुपर्दछ।

नेपालका निम्न जिल्लाहरूमा यसको खेती गर्न सकिन्छ ः

ताप्लेजुङ्ग , इलाम , संखुवासभा , काठमाडौँ , ललितपुर , भक्तपुर , गोरखा , (खरिवारे , वारा ) , लमजुङ्ग (दुधपोखरी , ताइतिङ) , पर्वत ( धान्द्रुक , जलजला ) , गुल्मी , वाग्लुङ्ग ( ढोरपाटन , मैकाछे ) , रुकुम , दैलेख (दुल्लु ) , जुम्ला , मुगु , कालिकोट , जाजरकोट आदि स्थान।

सङ्कलन[सम्पादन गर्नुहोस्]

जमीनभित्र रहने काण्ड र जराको सङ्कलन आश्विनदेखि मंसिरसम्ममा गरिनुपर्दछ। २ /२ वर्षमा एक पटक काण्ड र जराहरूलाई खनेर झिक्नु पर्दछ र सोही स्थानमा बोट फेरि उम्रन दिन त्यसको जरा र काण्डका केही भाग छाडी दिनुपर्दछ। यसो गर्दा विरुवा मांसिदैन र पछि धेरै पटकसम्म काण्ड सङ्कलन गर्न सकिन्छ।

सुकाउने तथा संरक्षण[सम्पादन गर्नुहोस्]

सङ्कलन गरिएका जरा र काण्डमा टाँसिएको माटो टक्टक्याएर झार्नुपर्दछ। त्यसपछि तिनलाई डालो तथा थुम्से वा यस्तै सुहाँउदो भाँडोमा हाली बगेको पानीमा राम्ररी धुनुपर्दछ। सफा जरा र काण्डलाई टुक्रा गरी घाममा वा छहारीमा सुकाईन्छ। सुकेका यी जडीबुटीलाई बोरा वा अन्य थैलाहरूमा पोको पारी बाँधी ओबानो गोदाम घरमा थन्काईन्छ।

उपयोगिता[सम्पादन गर्नुहोस्]

आयुर्वेदिय पद्धति अनुसार यो मृगी , कम्पवायु , मुर्छा , उन्माद , हैजा , पेट दुख्ने , वायुशमन गर्ने , उत्तेजक इत्यादिको औषधीमा प्रयोग गरिन्छ। प्रमेह (धातु) , रक्त प्रदर , स्वेत प्रदर र तागतको औषधीमा पनि यो प्रयोग गरिन्छ। चिराईतो , गुडुची , वृहती , कण्टकारी , गोखुर , शालपर्णी , पुष्ट–पर्णी र सुगन्धवालको काँढा बनाई खानाले बात , ज्वरोलाई फाईदा गर्दछ। प्रसुति रोगमा पनि यो प्रयोग गरिन्छ। दुखेको ठाउँमा तेलमा मिसाई मालिस गर्नाले धेरै फाईदा तथा आराम हुन्छ। अष्ट सुगन्ध मध्येका यो पनि एक सुगन्ध मानिन्छ।

चित्र दिर्घा[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]