डालेचुक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
डालेचुक

कहा हुन्छ?[सम्पादन गर्नुहोस्]

औसतमा तीनदेखि चार मिटरसम्म अग्लो हुने मझौला झाडीदार डालेचुक वनस्पति समुद्री सतहबाट एक हजार ८०० मिटरदेखि चार हजार ५०० मिटरसम्मको उचाइमा पाइन्छ। यस वनस्पतिको विश्वभरमा हालसम्ममा मुख्य सात प्रजाति र ११ उपप्रजातिहरू रहेको अनुमान गरिएको भए पनि नेपालमा भुइँचुक(तोरा ( होचा प्रजाति ) (Hippophae tibetana Schlecht )) र डालेचुक(चिची (अग्लो प्रजाति) (Hippophae salicifolia D.Don)) गरी दुई प्रजाति मात्र रहेका छन्। नेपालमा दार्चुला, बझाङ , बाजुरा, डोल्पा, मुगु, हुम्ला, जाजरकोट, कालिकोट, मुस्ताङ , म्याग्दी, बागलुङ, मनाङ, गोरखा, रसुवा, रामेछाप, सोलुखुम्बु, ताप्लेजुङ आदि हिमाली जिल्लाहरूमा पाइने यस वनस्पतिलाई फलको उपयोगितालाई हेरी स्थानीय मानिसहरू जीवनबुटी अर्थात् अमृत फल भन्छन्। इलाग्नेसी वानस्पतिक परिवारमा पर्ने यो वनस्पतिलाई अङ्ग्रेजीमा सिबक्थ्रोनen:sea-buckthorn, संस्कृतमा आँसुका, गुरुङ भाषामा तिच्छयु, थकाली भाषामा चिची, रसुवामा तरु, बागलुङमा अमिली र शेर्पा भाषामा तर्बु भनिन्छ।

उपयोग[सम्पादन गर्नुहोस्]

हुन त प्रायः सबै वनस्पति मानिसको जन्मदेखि मृत्युपर्यन्त उपयोगी मानिन्छ तर डालेचुक यस्तो किसिमको बिरुवा हो, यसका हरेक अङ्गहरू उत्तिकै महìवपूर्ण र जीवनोपयोगी हुन्छन्। यसको फलमा भिटामिनहरू ए, बी-१, बी-२, पी, सी, के आदि पाइनुको साथै खनिज पदार्थहरू प्रचुर मात्रामा पाइन्छ। त्यसैले यसको अमिलो फललाई निचोरेर पकाइ चुक बनाएर अचारमा राख्ने प्रचलन हिमाली क्षेत्रमा सदियौँदेखि चल्दै आएको छ। अझ कहीँकहीँ त बच्चाहरूको बोली समयमा राम्ररी फुट्न नसकेमा यसको चुक खुवाउँदा ठीक हुने विश्वास पनि गरिन्छ।

एक प्रकारको डालेचुकको फल

यसलाई रुघाखोकी लाग्दा, रक्तचाप कम गर्न, महिलाहरूको मासिक गडबडी नियमित गर्न, पेटका जुका मार्न, पोलेको घाउ ठीक पार्न, आउँ पर्दा, गिजा सुन्निएको ठीक पार्न, पेट, फोक्सो र मर्केको ठाउँमा, दाँत र घाँटी दुखेको बेला, कुनै पशु चौपायाको भुडी फुल्दा र लडेर खुट्टा भाँचिदा यसको प्रयोग गर्ने गरिएको पाइन्छ। यसको फलको रसमा प्रचुर मात्रामा भिटामिन र खनिज तìव पाइने हुँदा हाल यसलाई जुस तथा स्वस्थकर पेय पदार्थहरू, जाम, जेली, अचार चक्लेट, आइसक्रिम चिया आदि विविध २०० थरिका सामानहरू बनाएर विश्व बजारमा पुर्‍याइएको छ तर नेपालमा चाहिँ यसको जुस मात्र बनाउने प्रविधिको विकास पछिल्लो समयमा भएको पाइन्छ।

विकास[सम्पादन गर्नुहोस्]

विश्वभरिमा सबभन्दा बढी डालेचुकमा नयाँनयाँ प्रविधिको विकास चीनले गरेको छ। नेपालमा पनि हिमाली जिल्लाहरूमा निर्मित जुस अन्तर्राष्ट्रिय बजार जापान, अमेरिका, जर्मनी आदि देशमा जान थालेको छ। यसको मसिनो बीउबाट तेल उत्पादन गर्न सकिन्छ, जुन तेल भटमास, गहुँ र मकैको भन्दा धेरै गुना बढी भिटामिन ई र बिटाक्यारोटिन भन्ने उपयोगी तìवले भरिपूर्ण हुन्छ। त्यसैले विश्व बजारमा यसको तेलको माग पनि अधिक छ। यसको पात पशुवस्तुका लागि अत्यन्त उत्तम मानिन्छ। यसको पातबाट हरियो आयुर्वेदिक चिया बनाइ बेच्ने गरिएको छ। पौष्टिक तìवले युक्त यसको पातबाट बनेको चिया खाएमा मानिसको स्वास्थ्यलाई कुनै असर गर्दैन। यसको फल र बीउको छोक्रा आयुर्वेदिक चिया बनाउन उपयोगी हुन्छ तर बोक्रा चाहिँ अल्सर तथा क्यान्सरको उपचारको लागि प्रयोग गर्ने गरिएको छ। हाम्रा हिमाली भेकमा फालिएका, नदी किनारका बलौटे जमीनहरू र पहिरो गएका स्थानहरूमा उम्रने र बढ्ने यो वनस्पति पर्यावरणीय हिसाबले पनि महìवपूर्ण छ। वायुमण्डलीय नाइट्रोजन भन्ने तìवलाई पनि माटोमा खिच्न सक्ने हुँदा कृषकहरू यसको खेतीबाट निकै नै लाभान्वित भएका छन्।

बैज्ञानिक नाम Hippophae salicifolia D.Don and Hippophae tibetana Schlecht

नेपाली नाम डालेचुक

अन्य नाम चिची , तोरा , ताराचुक , तार्पू

अंग्रजी नाम Seabuckthorn

वानस्पतिक परिवार Elaeagnaceae

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]