अभिजालो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पाँचखालमा पाइएको अभिजालो
उखेलिएको अभिजालो

अभिजालो अथवा अबिजालो पोथ्रा वर्गमा पर्ने औषधीय गुण भएको लहरा हो । आधादेखि एक फिट लामो लहरा हुने यो वनस्पतिको पात गोलो केराउको जस्तै हुन्छ र स्वाद पनि केराउको जस्तै हुन्छ । सानो र ठूलो गरी दुई प्रकारको हुने यो वनस्पतिको पात, काण्ड तथा जरा सबै भाग औषधिको रूपमा प्रयोग गरिन्छ । यसलाई हल्का तताएर अथवा बफ्याएर निचोरेको रस दिनमा ५-७ पटक नाकमा राख्दा पिनासबाट छुटकारा मिल्छ र बन्द नाक पनि खुल्छ । यसको प्रयोग ज्वरो, गर्मीबाट हुने ज्वरो, पित्तरोग, टाउको दुख्ने रोगको उपचारमा गर्न सकिन्छ । त्यस्तै अनावस्यक बोसो घटाउन तथा शरीरबाट विकार हटाउन पनि अभिजालोको प्रयोग गरिन्छ । त्यसको लागि ताजा हरियो लहरा ३-४ ग्राम, सुकेको धुलो, नस लिने, बाफ लिने तथा काँढापानी बनाएर खाने गर्न सकिन्छ । [१]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. योगी, धर्म महारस (२०६९), आयुर्वेदिक जडीबुटी विज्ञान, कमलपोखरी: विद्यार्थी प्रकाशन प्रा.लि., पृ: पृष्ठ-१, आइएसबिएन 978-99946-1-630-5