सामग्रीमा जानुहोस्

पिपला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पिपला
পিপুল পাতা ও ফল
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
वंश:
प्रजाति:
P. longum
वैज्ञानिक नाम
Piper longum
L.
पिपलाको बोट
सुकाइएको पिपला

बेज्ञानिक नाम: पिपर लङ्गम (Piper Longum )

पिपला एउटा भूँइमा फैलिएर जाने सदावहार लहरेदार विरुवा हो। सहारा पाएको खण्डमा यो रुख वा झ्याँङमा समेत चढ्दछ अन्यथा आँख्लाबाट निस्किएका जराहरूको मद्धतले भुइँमा फैलिदै जान्छ। यो हल्का सुगन्धित हुन्छ। नेपालमा व्यापारिक महत्त्वका piper longum, piper peepuloides पिपलामा छन् र हाल मलेसियाबाट आयात गरिने पिपलाको फल हो, जसलाई इन्डोनेसियन वा जाभा पिपला भनिन्छ।

यसका पातहरू मुटु आकारका ६–१० से.मी. लामा र ३ देखि ५ से.मी. चौडा हुन्छन्। पातको माथिल्लो सतह चम्किलो र हरियो हुन्छ भने तल्लो सतह फिका हरियो हुन्छ। यसमा भाले र पोथी फूलहरू अलग अलगै हुन्छन्। फूलहरू मसिना र लामो डाँठमा लाग्दछन्। भाले फूलहरूको डाँठ भन्दा लामो मसिनो र हल्का पहेँलो हुन्छ। भाले फुलहरू लाग्ने डाँठ २.५ देखि ७.५ से.मी लामा हृन्छन् भने पोथी फूलहरू लाग्ने डाँठ १.२५ – २ से.मी. सम्म लामो, केही मोटा हुन्छन्। यिनीहरू पहिला हरियो र पाकेपछि काला हुन्छन्।यो भारत, भुटान, श्रीलङ्का, मलेसिया लगायत नेपालमा २०० देखि ८०० मीटर सम्मको उचाइमा पाइन्छ। यो खास गरी सालको जंगल, खोल्सा तथा जंगल भित्रका सेपिला र चिस्यान हुने ठाउँहरूमा हुर्कन्छ। यसको लागि वर्षा बढी हुने र गर्मी बढी हुने ठाउँ उपयुक्त हुन्छ। चून मिसिएको माटो यसको लागि राम्रो मानिन्छ।

पिपलाको फल मसलाको साथै औषधीको रूपमा प्रयोग गरिन्छ। यसको डाँठ पनि प्रयोग गरिन्छ जसलाई पिपलामूल भन्ने गरिन्छ। फल र डाँठ दुवै व्यापारिक महत्त्वका छन्। फलहरू कफ, खोकी, दम, खाना पचाउने, कुष्ठरोग निको पार्नको लागि प्रयोग गरिन्छ। साथै मांसपेशी दुखेको वा जलनमा समेत यसको प्रयोग गरिन्छ। यसका फलहरूबाट ०.७ प्रतिशत सम्म तेल निस्कन्छ। यसको फलमा पिपरिन, पिपलाटिन जस्ता तत्वहरू पाइन्छ जब कि जरामा पिपरिन बाहेक पाइपर लंगुमिनिन र लंगृमिन जस्ता तत्वहरू पाइन्छन्।

फलहरू विरुवा लगाएको १८ महिना पछि लाग्दछन् लगातार तीन वर्ष फलेपछि बोट धेरै झाँगिन्छ र फल लाग्ने क्रम कम हुदै जान्छ। त्यसकारण biru रुवाहरूको डाँठहरू पनि सङ्कलन गरी विक्री गर्न सकिन्छ। डाँठ सङ्कलन गरी सकेपछि त्यस ठाँउमा नयाँ विरुवाहरू लगाईन्छ। यस्ता डाँठहरू खनि सफा गरी २.५–५ से.मी. लामा टुक्रा काटी सुकाइन्छ जसलाई पिपलामूल भनिन्छ। यस्ता डाँठहरू प्रतिवर्ष एक हेक्टरमा करीब ५०० कि.ग्रा. उत्पादन लिन सकिन्छ। मोटा जराहरू भएका र जमीन मूनि रहेको डाँठहरू बढी मूल्यमा बिक्री हुन्छन्।

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]