नीले
Jump to navigation
Jump to search
लालीगुरासको जंगल छेउछाउमा देखिने यो फूल लाई स्थानियले नेपालीमा नीले र लेक तिर आम्चीहरू 'च्छेर ङोग्' भन्दछन्| अफिम प्रजातिको बिरुवा भए पनि यसमा लागूपदार्थ पाइँदैन तापनि अंग्रेजीमा यो फूल लाई ब्ल्यु पप्पी भनिन्छ। तिब्बति उपचार पद्दतिमा यो फूल र विरुवा हातगोडा मर्केको, श्वास प्रश्वास रोगको उपचारमा प्रयोग गरिन्छ। वैज्ञानिक नाम 'मेकोनोप्सिस होरिडुला' रहेको पप्पी प्रजातिको बिरुवामा यतिको काँडावाल अरू बिरुवा हुँदैन। युरोपेली बगैंचाहरूमा यसको विशेष प्रतिष्ठा छ। हिमाली भेकमा करीब ६ हजार मिटरको उचाइसम्म यो बिरुवा पाइन्छ। यो उचाइको हावापानी अरू पप्पीले खप्न सक्दैन।