बेतलौरी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बेतलौरी
Cheilocostus speciosus
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
फूल फुल्ने वनस्पति (एन्जिओस्पर्म)
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
वंश:
प्रजाति:
C. speciosus
वैज्ञानिक नाम
Cheilocostus speciosus
(J.Konig) C.Specht

बेतलौरी औषधीय गुण भएको पोथ्रा वर्गमा पर्ने वनस्पति हो । २००० मिटरको उचाइसम्ममा पाइने यो वनस्पति ३ देखि ५ फिट अग्लो हुन्छ । साउन महिना तिर यसको टुप्पोमा सेतोमा रातो मिसिएको फूल लाग्ने गर्दछ । यसको जरा औषधिको रूपमा प्रयोग गरिन्छ । तितो स्वाद हुने यसको जरा चपाउँदा चिप्लो हुन्छ । शरीर दुखेको, चोटपटक लागेको र कमलपित्तको उपचारमा बेतलौरीको जराको रस सेवन गरिन्छ । हाड फुटेको ठाउँमा यसको लेप लगाएर काम्रो बाँध्ने गरिन्छ । यसको प्रयोग विभिन्न किसिमको बाथ तथा पक्षघातको उपचारका लागि पनि गरिन्छ ।[१]

चित्र दिर्घा[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. योगी, धर्म महारस (२०६९), आयुर्वेदिक जडीबुटी विज्ञान, कमलपोखरी: विद्यार्थी प्रकाशन प्रा.लि., आइएसबिएन 978-99946-1-630-5 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]