बेतलौरी
स्वरूप
| बेतलौरी Cheilocostus speciosus | |
|---|---|
| वैज्ञानिक वर्गीकरण | |
| जगत: | |
| (श्रेणीविहीन): | फूल फुल्ने वनस्पति (एन्जिओस्पर्म) |
| (श्रेणीविहीन): | |
| (श्रेणीविहीन): | |
| गण: | |
| कुल: | |
| वंश: | |
| प्रजाति: | C. speciosus |
| वैज्ञानिक नाम | |
| Cheilocostus speciosus (J.Konig) C.Specht | |
बेतलौरी औषधीय गुण भएको पोथ्रा वर्गमा पर्ने वनस्पति हो । २००० मिटरको उचाइसम्ममा पाइने यो वनस्पति ३ देखि ५ फिट अग्लो हुन्छ । साउन महिना तिर यसको टुप्पोमा सेतोमा रातो मिसिएको फूल लाग्ने गर्दछ । यसको जरा औषधिको रूपमा प्रयोग गरिन्छ । तितो स्वाद हुने यसको जरा चपाउँदा चिप्लो हुन्छ । शरीर दुखेको, चोटपटक लागेको र कमलपित्तको उपचारमा बेतलौरीको जराको रस सेवन गरिन्छ । हाड फुटेको ठाउँमा यसको लेप लगाएर काम्रो बाँध्ने गरिन्छ । यसको प्रयोग विभिन्न किसिमको बाथ तथा पक्षघातको उपचारका लागि पनि गरिन्छ ।[१]
चित्र दिर्घा
[सम्पादन गर्नुहोस्]यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ योगी, धर्म महारस (२०६९), आयुर्वेदिक जडीबुटी विज्ञान, कमलपोखरी: विद्यार्थी प्रकाशन प्रा.लि., आइएसबिएन 978-99946-1-630-5।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा बेतलौरी सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।