अङ्गेरी
| अङ्गेरी | |
|---|---|
| पाँचखालमा पाइएको अङ्गेरीको बुटा | |
| वैज्ञानिक वर्गीकरण | |
| जगत: | |
| (श्रेणीविहीन): | फूल फुल्ने वनस्पति (एन्जिओस्पर्म)
|
| (श्रेणीविहीन): | |
| (श्रेणीविहीन): | |
| गण: | |
| कुल: | |
| वंश: | |
| प्रजाति: | L. ovalifolia
|
| वैज्ञानिक नाम | |
| Lyonia ovalifolia (Wall.) Drude(1897) | |
अङ्गेरीअथवा अँयार बुट्यान वर्गमा पर्ने एक औषधिजन्य वनस्पति हो । यो वनस्पति नेपाल, चीन, जापान, कम्बोडिया, म्यानमार, थाइल्याण्ड, भियतनाम तथा मलेसिया लगायतका पूर्वी एसियाली राष्ट्रहरूको रैथाने वनस्पति हो।[१] यो वनस्पती नेपालको पहाडी भूभागमा पाइन्छ। अङ्गेरीमा चैतदेखि जेठसम्म नयाँ पालुवा निस्किन्छ। नयाँ पालुवा निस्केको बेला गाई, भैँसी, बाख्रा आदी पशुहरूले अङ्गेरीको पात खाएमा बिरामी पर्छन्। त्यतिबेला पशुहरूलाई चिसो ठाउँमा नराखेमा मर्न पनि सक्छ। पशुलाई ज्वरो आउने गर्छ र उठ्न नसक्ने गरी पल्टिन्छ। चरीअमिलोको घाँस र मेहलको भुटन अथवा मही (छाँस) ख्वाएमा ठीक हुन्छ। एक पटक अङ्गेरी खाएर बिरामी परेको पशु फेरि अङ्गेरी खाएमा त्यती बिरामी हुँदैन। असारपछि अथवा वर्षा सुरु भएपछि भने अयाँरको नसा त्यती लाग्दैन। त्यसपछि यसलाई सोतर (पशुहरू सुत्ने ठाउँमा ओछ्याउन)को लागि प्रयोग गरिन्छ। अङ्गेरीको पालुवा लुतोको औषधी हुन्छ। [स्रोत नखुलेको] यसको पालुवाको लेप बनाएर लुतो भएको ठाउँमा लगाएमा लुतो ठीक त हुन्छ तर एक चोटी त मान्छे मरणासन्न भएर बेहोससम्म हुन्छ।[स्रोत नखुलेको]
चित्र दिर्घा
[सम्पादन गर्नुहोस्]-
जेठ महिनामा पाँचखालमा लागेको अङ्गेरीको फल
-
अङ्गेरीको फूल
-
दैलेखमा खिचेको अङ्गेरीको तस्वीर