पाँचखाल नगरपालिका
पाँचखाल नगरपालिका | |
|---|---|
पाँचखाल नगरपालिकाको एक दृष्य | |
| निर्देशाङ्क: २७°५१′उ ८५°४८′पू / 27.850°N 85.800°E | |
| देश | |
| प्रदेश | बागमती प्रदेश |
| जिल्ला | काभ्रेपलाञ्चोक |
| स्थापित | २०७१ मङ्सिर १६ |
| सरकार | |
| • नगरप्रमुख | महेश खरेल (नेपाली काङ्ग्रेस) |
| • उपप्रमुख | सूर्यमाया दनुवार (नेकपा (एमाले)) |
| क्षेत्रफल | |
| • जम्मा | १०३ किमी२ (४० वर्ग माइल) |
| जनसङ्ख्या | |
| • जम्मा | ३५,५२१ |
| • घनत्व | ३४०/किमी२ (८९०/वर्ग माइल) |
| समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
| क्षेत्रीय सङ्केत | +९७७-०११ |
| वेबसाइट | आधिकारिक वेबसाइट |

पाँचखाल नगरपालिका काभ्रेपलाञ्चोक जिल्लाका ६ नगरपालिकाहरू मध्ये एक हो।[३] २०७१ मङ्सिर १६ मा, नगरपालिका घोषणा गर्दा साविकका पाँचखाल, होक्सेबजार, देवभूमि बालुवा, अनेकोट र साठीघर भगवती गाविसहरू समावेश गरिएका थिए भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा कोशीदेखा र खरेलथोक गाविसहरू यसमा गाभिएका थिए।
हाल १३ वटा वडामा विभाजन गरिएको यस नगरपालिका काभ्रेपलाञ्चोक जिल्लाको क्षेत्रफलको आधारमा दोस्रो ठुलो नगरपालिकाको रुपमा रहेको छ। यो नगरपालिकाको पूर्वमा भुम्लु गाँउपालिका, पश्चिममा धुलिखेल र बनेपा नगरपालिका, उत्तरमा मण्डनदेउपुर नगरपालिका र भुम्लु गाँउपालिका र दक्षिणमा तेमाल गाँउपालिका, नमोबुद्ध र धुलिखेल नगरपालिका रहेका छन । पाँचखाल नगरपालिकामा कृषिको प्रचुर सम्भावना रहेको छ । पर्यटकीय क्षेत्रको रुपमा रहेको पलाञ्चोक भगवतीको मन्दिर, अनैकोट भ्यु टावर, दुग्धेश्वर मन्दिर, सुनकोशी नदि किनार आदि परिचित रहेको हुदाँ यहाँ स्थानीय पर्यटन उद्योगको समेत उत्तिकै सम्भावना रहेको देखिन्छ।
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार पाँचखाल नगरपालिकाको कुल जनसङ्ख्या ३५,५२१ रहेको छ भने यहाँ ७,१४८ घरधुरी रहेका छन्।[२]
वडागत विभाजन र जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]नेपालको बाह्रौँ राष्ट्रिय जनगणना, २०७८ अनुसार पाँचखाल नगरपालिकाको कुल जनसङ्ख्या ३५,५२१ रहेको छ। यस नगरपालिकालाई १३ वटा वडाहरूमा विभाजन गरिएको छ। नगरपालिकाको वडागत विवरण, क्षेत्रफल र जनघनत्वको विस्तृत तथ्याङ्क तलको तालिकामा दिइएको छ:
| वडा नं. | समावेश साविकका वडाहरू/गाविसहरू | जनसङ्ख्या (२०७८) | क्षेत्रफल (वर्ग कि.मी.) | जनघनत्व (व्यक्ति/वर्ग कि.मी.) |
|---|---|---|---|---|
| १ | अनेकोट (१,६-७,९) | २,७९९ | १०.८७ | २५७.५० |
| २ | अनेकोट (२-५,८) | ३,७०४ | १३.०७ | २८३.४० |
| ३ | पाँचखाल (४-५) | २,२६३ | ७.६४ | २९६.२० |
| ४ | पाँचखाल (६) | ३,५२२ | २.५७ | १,३७०.४३ |
| ५ | पाँचखाल (१-३) | २,३०३ | ४.३३ | ५३१.८७ |
| ६ | पाँचखाल (७-९) | ३,९०१ | ५.३५ | ७२९.१६ |
| ७ | होक्सेबजार (१-३) | २,१०८ | ६.४१ | ३२८.८६ |
| ८ | होक्सेबजार (४-९) | १,९१३ | ६.०४ | ३१६.७२ |
| ९ | साठीघर भगवती | २,१९६ | १२ | १८३.०० |
| १० | देवभूमि बालुवा (८) | १,६५७ | ३.१२ | ५३१.०९ |
| ११ | खरेलथोक | १,७६९ | ८.२ | २१५.७३ |
| १२ | देवभूमि बालुवा (१-७,९) | ६,०५७ | १४.६९ | ४१२.३२ |
| १३ | कोशीदेखा | १,३२९ | ८.६४ | १५३.८२ |
| जम्मा | ३५,५२१ | १०२.९३ | ३४५.१० | |
इतिहास
[सम्पादन गर्नुहोस्]हावापानी
[सम्पादन गर्नुहोस्]यस बेंशीको वरीपरि पलाञ्चोक, अनैकोट, रविओपि, जैशिथोक, पात्लेखेतका डाँडा हरूले घेरिएको छ। यसरी कम उचाईमा रहनु, वरिपरि डाँडा हुनु, आदि कारणले यहाँ प्रशस्त मात्रामा गर्मी हुने गर्दछ। यहाँको गृष्म तापक्रम सरदर ३२-३३° सेल्सीयस (९०.९५० फरेनहाइट) सम्म पुग्छ। डाँफे र झिकु खोलाहरूद्वारा सिंचित यो बेंशी मलिलो भएतापनि अघि औलो लाग्ने भएकाले यहाँ बस्ती थिएन। पहिला दनुवार जातिहरूका मात्र बस्ती भएतापनि राजमार्गको विकासले गर्दा अन्य जातिहरूको आकर्षण बढ्दैछ।
कृषि
[सम्पादन गर्नुहोस्]सिँचाइको सुविधा, मलिलो पाँगो माटो, यातायातको सुविधा, हावापानीको अनुकूलताको कारण यो क्षेत्र कृषिको लागि महत्त्वपूर्ण क्षेत्र मानिन्छ। धान, मास, गोलभेडा कटहर, आलुको लागि यो क्षेत्र अति महत्त्वपूर्ण छ। जहाँको गोलभेडा र आलु काठमाडौँ उपत्यकाको बजारहरूमा पाइन्छ। यसका अतिरिक्त आँप, केरा, रूख र भुइँ कटहर, लिची, कागती, मेवा आदि कर्केटार नामक परम्परागत बगैम्हचा र पाँचखाल बागवानी केन्द्र (७.३५ देक्टर क्षेत्र )बाट उत्पादन हुने गर्दछ।
शिक्षा
[सम्पादन गर्नुहोस्]आठ मा.वि., दुई कलेज ,तीन प्रहरी चौकी, इलाका हुलाक, दुग्ध सङ्कलन केन्द्र आदि कार्यालय रहेको यो क्षेत्रमा चक्रपथ बनाउने, प्रदुषण हरियालीयुक्त बनाउन जिविस, गाविस र प्यारो हरियाली नेपालको सत्प्रयास रहेको छ। [४]
सडक यातायात
[सम्पादन गर्नुहोस्]पाँचखालको प्रमूख यातायात मार्ग अरनिको राजमार्ग राजमार्ग हो । यसले पाँचखाललाई धुलिखेल, बनेपा र काठमाडौँसँग जोडेको छ ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन
- ↑ "धार्मिक एवं पर्यटकीय स्थलहरू", ddckavre.gov.np। अभिलेखिकरण २०१२-०३-२६ वेब्याक मेसिन