सामग्रीमा जानुहोस्

मण्डनदेउपुर नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मण्डनदेउपुर नगरपालिका
मण्डनदेउपुर नगरपालिका मा पर्दछ बागमती प्रदेश
मण्डनदेउपुर नगरपालिका
बागमती प्रदेशको नक्सामा मण्डनदेउपुर नगरपालिकाको अवस्थिति
मण्डनदेउपुर नगरपालिका मा पर्दछ नेपाल
मण्डनदेउपुर नगरपालिका
मण्डनदेउपुर नगरपालिका (नेपाल)
निर्देशाङ्क: २७°५१′उ ८५°४८′पू / 27.850°N 85.800°E / 27.850; 85.800
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लाकाभ्रेपलाञ्चोक
स्थापित२७ फागुन २०७३
सरकार
  नगरप्रमुखटोकबहादुर तामाङ (नेकपा (एकीकृत समाजवादी))
  उपप्रमुखविष्णुमणी नेपाल (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा८९ किमी (३४ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा३०,३८१
  घनत्व३४०/किमी (८८०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०११
केन्द्रसाविक महादेवस्थान मण्डन गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

मण्डनदेउपुर नगरपालिका काभ्रेपलाञ्चोक जिल्लाका ६ नगरपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा साविकका बालुवापाटी देउपुर, गैरीबिसौना देउपुर, नयाँगाउँ देउपुर, महादेवस्थान मण्डन, चण्डेनी मण्डन, जैसीथोक मण्डनज्याम्दी मण्डन (१-४,६) गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार मण्डनदेउपुर नगरपालिकाको कुल जनसङ्ख्या ३०,३८१ रहेको छ भने यहाँ ७,९२४ घरधुरी रहेका छन्।[]

वडागत विभाजन र जनसङ्ख्या

[सम्पादन गर्नुहोस्]

नेपालको बाह्रौँ राष्ट्रिय जनगणना, २०७८ अनुसार मण्डनदेउपुर नगरपालिकाको कुल जनसङ्ख्या ३०,३८१ रहेको छ। यस नगरपालिकालाई १२ वटा वडाहरूमा विभाजन गरिएको छ। नगरपालिकाको वडागत विवरण, क्षेत्रफल र जनघनत्वको विस्तृत तथ्याङ्क तलको तालिकामा दिइएको छ:

मण्डनदेउपुर नगरपालिकाको वडागत विभाजन, जनसङ्ख्या र जनघनत्व (२०७८)
वडा नं.समावेश साविकका वडाहरू/गाविसहरूजनसङ्ख्या (२०७८)क्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
बालुवापाटी देउपुर (१,३,५-६)२,७४६९.१३३००.७७
बालुवापाटी देउपुर (२,४,७-९)२,६९२११.२६२३९.०८
नयाँगाउँ देउपुर (३-४,७-९)२,०१९८.१२२४८.६५
नयाँगाउँ देउपुर (१,२,५-६)२,१३२४.६६४५७.५१
गैरीबिसौना देउपुर (२,६-९)१,८८६५.४३४९.२६
गैरीबिसौना देउपुर (१,३-५)३,३३७२.३९१,३९६.२३
महादेवस्थान मण्डन (७-९)३,०७३१०.०३३०६.३८
महादेवस्थान मण्डन (१-२)२,७१५५.२९५१३.२३
महादेवस्थान मण्डन (३-६)२,३५२६.८१३४५.३७
१०चण्डेनी मण्डन२,७०२९.५२२८३.८२
११जैसीथोक मण्डन२,८२४८.२५३४२.३०
१२ज्याम्दी मण्डन (१-४, ६)१,९०३७.७५२४५.५५
कुल३०,३८१८८.६१३४२.८६

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]