बालुवापाटी देउपुर
बालुवापाटी देउपुर | |
---|---|
देश | ![]() |
अञ्चल | बागमती |
जिल्ला | काभ्रेपलाञ्चोक |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
बालुवापाटी देउपुर नेपालको बागमती अञ्चलको काभ्रेपलाञ्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। यस गाविसलाई पहिले नाल्दुम गाउँ पञ्चायत भनेर चिनिन्थ्यो र हालसम्म पनि नाल्दुम भनेर चिनिन्छ। यस गाविसमा तामाङ जातीको बसोबास रहेको छ तामाङ बाहेक बाहुन क्षेत्री लगायत अन्य जातिको पनि पर्याप्त बसोबास छ। यस गाविसको भक्तपुर जिल्लाको नगरकोट गाविस र काठमाडौँ जिल्लाको सुनटोल गाविस ,लप्सिफेदी गाविस र नाङ्ग्लेभारे,सिन्धुपाल्चोकको फटकसिला गाविस, काभ्रेको टुकुचा नाला गाविस, गैह्रीबिसौना देउपुर गाविस, नयागाउँ देउपुर गाविस लगायतका गाविसहरूसँग सिमाना जोडिएको छ। पर्यटनस्थल नगरकोट यस गाविस र नगरकोट गाविसको संगमस्थलमा पर्दछ।[१]
सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
![]() |
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |