दाप्चा छत्रेबाँझ
दाप्चा छत्रेबाँझ | |
---|---|
![]() | |
देश | ![]() |
अञ्चल | बागमती |
जिल्ला | काभ्रेपलाञ्चोक |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
दाप्चा छत्रेबाँझ नेपालको बागमती प्रान्तको काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिकामा अवस्थित एउटा ऐतिहासिक र सुन्दर गाउँ हो। यो जिल्ला सदरमुकाम धुलिखेलबाट करिब १५ किलोमिटर दक्षिणपूर्वमा अवस्थित छ । नगरपालिकाको कार्यालय भकुण्डेबेशीमा रहेको छ । यस गाउँमा बौद्ध मन्दिर "नमोबुद्ध" र अन्य विभिन्न हिन्दू मन्दिरहरू अवस्थित छन्। यस गाउँको अधिकांश भागबाट गौरीशंकर हिमाल प्रष्ट देख्न सकिन्छ। यस गाउँमा धेरैजसो हिन्दू र बौद्ध धर्म मान्ने मानिसहरु छन् । त्यहाँ केही ईसाई र इस्लाम परिवारहरू पनि छन्।
सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
![]() |
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |