उग्रचण्डी नाला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
उग्रचण्डी नाला
Nagiripur
—  गाँउ विकास समिति  —
उग्रचण्डी नाला नेपाल-এ অবস্থিত
उग्रचण्डी नाला
उग्रचण्डी नाला
नेपालको नक्सामा
निर्देशाङ्क: २७°३९′ उत्तर ८५°३२′ पूर्व / २७.६५०° उत्तर ८५.५३३° पूर्व / 27.650; 85.533निर्देशाङ्क: २७°३९′ उत्तर ८५°३२′ पूर्व / २७.६५०° उत्तर ८५.५३३° पूर्व / 27.650; 85.533
देश  नेपाल
अञ्चल बागमती
जिल्ला काभ्रेपलाञ्चोक
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+5:45)
टेलिफोन कोड 011

उग्रचण्डी नाला नेपालको बागमती अञ्चलको काभ्रेपलाञ्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। नाला, काठमाण्डौंको पूर्वतिरको रहेको प्राचीन ऐतिहासिक सहर हो । यो काठमाण्डौसंगै जोडिएर रहेको भक्तपुरबाट झण्डै दुई कोष टाढा पूर्वतिर अवस्थित छ। यो काभ्रेपलाञ्चोक जिल्लाको सात प्राचीन नेवार बस्तीहरू मध्ये प्रमुख बस्ती भएको कुरा यहाँ रहेका ऐतिहासिक प्रमाणहरूले देखाउँछ। नाला समुद्र सतहबाट करीब १४०० मीटर उचाईमा अवस्थित छ। नालाको दायाँबायाँ नण्यमाता र पुण्यमाता खोलाहरू रहेका छन्। यहाँको हावापानी समशीतोष्ण रहेको छ। यस क्षेत्रलाई चारैतिर हरिया पहाडहरूले घेरिएको छ। यस स्थानमा नेपालका प्रमुख प्रख्यात चार भगवती मध्ये एक उग्रचण्डी भगवती तथा नेपालमा प्रमुख प्रख्यात चार करुणामय मध्ये श्रृष्टीकान्त लोकेश्वर करुणामय पनि यसै स्थानमा रहेका छन्। यहाँ २–३ दशक पहिले “दूध, दही र खुवा”को लागि साह्रै प्रसिद्ध थियो भने हाल आलुको लागि प्रसिद्ध छ। लिच्छवीकालमा हस्त निर्मित बाँसको ढक्की तथा कँलालीको लागि प्रसिद्ध रहेको कुरा इतिहास प्रमाण छन्। मञ्जुश्री उपत्यका प्रवेश गर्दा नालाको बाटोबाटै आएको कुरा इतिहासले देखाउँदछ। नालाको लागन टोल ढुङ्गे धाराको भित्तामा रहेको लिच्छवीकालको ऊँ सम्बत् ११८ (वि.सं.७१५)को शिलापत्रले यहाँको ऐतिहासिक गरिमालाई प्रकाश पार्न मद्दत पु¥याएको छ। नाला विभिन्न समयमा विभिन्न नामाकरण भएको देखिन्छ। लिच्छवीकाल पूर्व सत्ययुगको राजा दीर्घरथको समयमा “नगिरीपुर”, लिच्छवीकालीन राजा शिवदेव द्धितीयको समयमा “नालङ्गग्राम”, मल्लकालीन यक्ष मल्लको समयमा “नालादेश”, आधुनिककालीन समयमा “नाला शहर” नामाकरण भएको पाइन्छ। यहाँको उग्रचण्डीको भजन गीतमा “उत्ररापुर” नाम रहेको पाइन्छ। त्यसकारण यसको नामाकरण र अर्थबारे अझै थप अनुसन्धान गर्नुपर्ने देखिन्छ।

नालामा हालसम्म गढ, पर्खाल, ढुङ्गाको मूल ढोकाहरू, प्रशस्तमात्रामा ढुङ्गेधाराहरू, इनारहरू, मनोरञ्जनको लागि डबलीहरू, सडक चोकमा पाको इँटाले विछ्याएको बाटो, ढलको व्यवस्था भएको, लायकू (दरबार) रहेको अवशेषहरू पाइन्छ। यी प्रमाणहरूले के कुरा पुष्टि गर्दछ भने आधुनिककाल भन्दा पनि परापूर्वकालको (किराँती, लिच्छवी, मल्लकालीन) नाला एक ऐतिहासिक र सुन्दर नगरीको रूपमा विकसित भएको देखिन्छ। अझ यहाँ मनाउने चाडपर्व, अन्य साँस्कृतिक क्रियाकलापहरू अन्य ठाउँको भन्दा पृथक रहेको ती सम्पूर्ण क्रियाकलापहरू बैज्ञानिकतामा सामीप्य रहेको देखिन्छ। यस साँस्कृतिक क्रियाकलापहरूलाई यहाँ रहेको प्राकृतिक वातावरणले सुनमा सुगन्ध थपेको छ। हाल नाला शहरको सम्पूर्ण ऐतिहासिक, पुरातात्विक, धार्मिक, पौराणिक आदि विषयवस्तुहरूलाई फेरि एक पटक अध्ययन अनुसन्धान गर्ने हो भने यहाँबाट पक्कै पनि मानव सभ्यताभित्र लुकेको रहस्मय तथ्यहरू पत्ता लाग्न सक्न कुरामा दुई मत छैन। यहाँका जनश्रुतिहरू, लोक साहित्य, किम्बदन्तीहरू र पौराणिक, ऐतिहासिक, धार्मिक, पुरातात्विक एवं किम्बदन्तीयुक्त तथ्यहरूलाई यहाँका भावी पिँढीहरूले बचाई राख्नु नितान्त आवश्यक छ। यस सही कुरालाई मनन गरी हामी सबै लाग्नु पर्ने अति आवश्यक भएको कुरा हामीले भुल्नु हुँदैन। यस कुरालाई भुल्ने हो भने हामी फेरि एक पटकलाई पछि पर्नेछौं। त्यसैले यस भेगका सम्पूर्ण दाजुभाई दिदीबहिनीहरू आ–आफ्नो स्वार्थलाई छोडेर आ–आफ्नो मत भिन्नताहरूलाई थाँती राखेर नालाको पुनः विकास निर्माणमा लाग्नु अपरिहार्य भएको छ

उग्रचण्डी नालाका अमूल्य कलात्मक काष्ठकला[सम्पादन गर्ने]

नेपाल काष्ठकलामा धनी छ। कलाशास्त्रीका भनाई अनुसार ६४ कला हुन्छन्। तिनीहरूमध्ये एक ललितकला विधामा समेटिएको कला काष्ठकला हो। नेपालमा काष्ठकला प्राचीनकालदेखि नै प्रयोग गरिदैं लिच्छवीकालमा निकै प्रचलित हुँदै मल्लकालमा यसको व्यापक विकास भएको देखिन्छ। पुराना पाटी, पौवा, सत्तल, मन्दिर, विहार, दरबार र घरहरूका झ्यालढोकाहरू, भित्ता तथा तिनमा कुँदिएका आकृतिक, थाम, टुँडाल, दलिन, निदाल, तोरण, मण्डल आदि पुराना काष्ठकलाका उत्कृष्ट नमूना हुन्। यस्ता अमर नमूनाहरू मल्लकालीन समयदेखि अहिलेसम्म पनि केही मात्रामा जीवित अवस्थामा रहेका छन्।

काभ्रे जिल्लाको उग्रचण्डी नाला शहरका मल्लकालीन उग्रचण्डी भगवती मन्दिर, करुणामय मन्दिर, यस क्षेत्रमा रहेका पाटीपौवा, केही मात्रामा पुराना घरहरूमा रहेका काष्ठ झ्यालहरू हालसम्म पनि देख्न सकिन्छ। नाला क्षेत्रमा रहेका राजकीय दरबार र शहरभित्र पस्ने विभिन्न साता ध्वाकाहरू भने लोप भइसकेका छन्। इतिहासमा उल्लेख भए अनुसार लिच्छवीहरू वैशालीबाट मकवानपुर हुँदै पनौतिबाट नाला हुँदै उपत्यका छिरेका हुन्। उनीहरू कला पारखी भएको हुनाले आपूm जहाँ जहाँ गए, त्यहाँ त्यहाँ आफ्ना कलाका छापहरू छोड्दै गए। लिच्छवीहरू केही समय पनौतिमा रहेर पनि नाला हुँदै भक्तपुर र पाटनमा पनि आफ्नो कलाको प्रदर्शन गरे। हालसम्म पनि नालामा “लिवि छेँ” भन्ने टोल रहे तापनि त्यहाँका लिच्छवीकालीन घर तथा मन्दिरहरूको अवशेषहरू माटोमा विलिन हुन पुगेका छन्। यो बारे आवश्यक खोजी तथा अनुसन्धान गर्नुपर्ने भएको छ। समयसमयमा आउने वातावरणीय परिवर्तन (भूकम्प) र काठको विशेषता आदि कारणहरूले गर्दा लिच्छवीकालीन काष्ठकलाका जीवन्त नमूना अहिले हामी सामु छैनन्।

लिच्छवीकाल तथा मल्लकालका काष्ठकलाहरू पूर्णतः धार्मिक भावनाबाट प्रेरित भएको देखिन्छ। त्यतिखेर विकसित हुन पुगेका विभिन्न काष्ठकलाका नमूनाहरू शास्त्रीय शैली र धार्मिक घटनासँग सम्बन्धित भएर प्रष्फुटित भएका छन्। नेपाली काष्ठकलामा विभिन्न शैलीको प्रयोग भएको पाइन्छ। विहार शैली, शिखर शैली, आधुनिक शैली आदि विभिन्न मिश्रण पाइन्छ। विहार शैलीमा करुणामय मन्दिर र शिखर शैलीमा उग्रचण्डी भगवती मन्दिरलाई र आधुनिक शैलीमा यहाँ रहेका कलात्मक झ्यालहरू भएका घर तथा पाटीपौवाहरूलाई लिन सकिन्छ।

मन्दिर तथा घरको छाना अड्याउने काठलाई टुँडाल भनिन्छ। ती टुँडालहरूमा मन्दिर अनुसार सुहाउने विभिन्न देवीदेवताहरूका मूर्तिहरू कुशल कालीगढहरूले आफ्नो दक्षता तथा कुशल काष्ठकला प्रयोग गरिएको पाइन्छ। यसको ज्वलन्त उदाहरण उग्रचण्डी नाला भगवतीको पहिलो तल्लाको अगाडिपट्टिको टुँडाललाई लिन सकिन्छ। उक्त टुँडालमा काठको मूर्ति भए तापनि झ्वाट्ट हेर्दा धातुजस्तो प्रतीत हुन्छ।

काष्ठकलाको अर्को महत्वपूर्ण नमूना मन्दिरमा रहेको तोरणलाई लिन सकिन्छ। प्रायः जसो तोरण मूल ढोकामाथि तथा कलात्मक झ्यालमाथि राखिने गरिएको पाइन्छ। खासगरी मठमन्दिरको प्रवेशद्वारमा राखिने ‘तोरण’मा सम्बन्धित देवी वा देवता अर्थात् गृहमा जुन देवी देवताको मूर्ति हुन्छ त्यसैको रूप तोरणको मध्यभागमा अभिव्यक्त गरिएको हुन्छ। जसको उदाहरण भगवती मन्दिरको तोरणलाई लिन सकिन्छ। मध्यभागको वरिपरि ज्वाला, बत्ति वा जालीदार बनाइएका हुन्छन्। पौराणिक जनावरहरूका आकृतिहरू पनि कुँदिएका हुन्छन्।

काष्ठकलाको उत्कृष्ट कारिगरी ढोकाको चौकोस, ठाम र खापाहरूमा पाइन्छ। त्यसैगरी काष्ठकलाको अर्को नमूनाको रूपमा झ्यालहरूलाई लिन सकिन्छ। मल्लकालमा गो झ्या, पासुका झ्या, सँ झ्या, टिकी झ्या, न्यापाः झ्या, कुँ झ्या, मयूर झ्या आदि झ्यालहरू मन्दिर बाहेक नै सर्वसाधारणका घरहरूमा पाइन्छ। यस्ता झ्याल भएका घरहरूले टोललाई नै शोभा तथा इज्जत बढाई दिन्छ। नाला क्षेत्रमा यस्ता झ्यालहरू टोलैपिच्छे अनगिन्तीरूपमा पाइन्छ। तर पछिल्लो समयमा विस्तारै घरहरूको पुनर्निमाणले यस्ता झ्यालहरू लोप हुँदै गएका उदाहरणहरू प्रशस्त छन्।

समग्रमा भन्नुपर्दा हाम्रो पुर्खाहरूले छोडेर गएका अमूल्य सम्पदाले हामी काष्ठकलामा धनी भएको पुष्टि गर्दछ। यस्ता पुराना नेपाली काष्ठकलालाई जोगाई राख्न र देश विदेशमा समेत पु¥याउन यसको व्यापक प्रयोग गरेर यसको संरक्षण गर्नु निकै आवश्यक छ। स्थानीय स्वायत्त शासन ऐन, २०५५ले प्रत्येक गाउँ विकास समिति, नगरपालिका, जिल्ला विकास समिति आदिले आफ्नो क्षेत्रभित्र पर्ने ऐतिहासिक, धार्मिक, पुरातात्विक सम्पदाहरूको संरक्षण गर्नुपर्ने स्पष्ट व्यवस्था गरेको छ तर त्यो व्याख्या केवल कानुनी किताबमा मात्र सीमित रहेको छ। त्यसलाई हामीले सक्रियताका साथ कार्यान्वयन गर्नु पर्दछ। काष्ठकला पर्यटन व्यवसायमा गन्तव्यस्थलका रूपमा परिचित हुँदै आएको छ। मौलिक संस्कृतिको धनी नेपाल आफ्नै किसिमका कलाका कारण संस्कृतिका क्षेत्रमा विश्वमा आपूmलाई चिनाउन सफल भएको छ। त्यसैले काष्ठकलाको व्यापक प्रयोग गरेर आफ्नो कलाको संरक्षण गर्न निकै आवश्यक छ ।

सन्दर्भ सूची[सम्पादन गर्ने]

नाला समाज स्मारिका


बाह्य लिङ्कहरू[सम्पादन गर्ने]