बनेपा नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बनेपा नगरपालिका
भोँत / भोँदे (नेपाल भाषा)
को अवस्थिति
देश नेपाल
अञ्चलबागमती
जिल्लाकाभ्रेपलाञ्चोक
सरकार
 • मेयरलक्ष्मी नरसिंह बादे श्रेष्ठ
 • उप मेयररेखा सापकोटा (दाहाल)
क्षेत्रफल
 • जम्मा५.५६ किमी (२.१५ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२४७६४
 • घनत्व४५००/किमी (१२०००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-११
वेबसाइटwww.banepamun.gov.np

बनेपा नगरपालिका बागमती अञ्चलको काभ्रेपलाञ्चोक जिल्लामा अवस्थित उपत्यकाबाट नजीककोको प्रमुख वाणिज्य केन्द्र हो।। यो सहर राजाधानी काठमाडौँबाट २६ कि.मी. पूर्व दिशामा पर्दछ। काभ्रेपलाञ्चोक जिल्लाको ६ नगरपालिकाहरू मध्येको एक हो। १९९१ को नेपाल जनगणनाको समय यहाँको जनसङ्ख्या १२५३७ थियो र यहाँ १९५६ घरहरू थियो। हाल लगभग १६००० घरधुरी छन।बनेपा नगरपालिकामा हाल १४ वडा छन।[१] बनेपाको मुख्य आकर्षण चण्डेश्वरीको मन्दिर हो, जो रुद्रमती नदीको साथ सहरको लगभग १ कि.मी. उत्तर पूर्व स्थित छ। धनेश्वर मन्दिर सहरबाट १ कि.मी. दक्षिणमा छ। यसैगरी, बनेपा यसको भगवान गणेश, नारायणथान, भगवान नारायण, भिमसेनस्थान, भगवान गणेशको आठ विभिन्न मन्दिर र आठ विभिन्न तालाबहरूबाट परिचित छ। बनेपामा धेरै चाडपर्व मनाइन्छ, यसमा चण्डेश्वरी जात्रा, कन्या-पूजा (साना केटीहरूको पूजा), नवदुर्गा जात्रा(माछा समात्ने जात्रा ), गणेश जात्रा, र भिमसेन जात्रा लगायत छन।

स्थिति[सम्पादन गर्नुहोस्]

काठमाडौँबाट २६ किमिको दुरीमा रहेको बनेपा नेपालबाट चीन जाने अरनिको राजमार्ग तथा पनौती जाने साहायक मार्गको संगम स्थल हो। यहाँबाट पनौती, धुलिखेल लगायतका स्थानहरूमा जानको लागि सहज यातायात साधनहरू उपलब्ध छन्। यस नगरपालिकाको उत्तरी भागमा प्रसिद्ध चण्डेश्वरी मन्दिर र दक्षिणी भागमा धनेश्वर मन्दिर रहेको छ।

बनेपा शब्दको व्युत्पति र यसको इतिहास[सम्पादन गर्नुहोस्]

बनेपा सहर वणिर्पुर, बनेकापुर, बनेपुर, ब्यनेपे, बिन्यापा, विनयापुरी, विनायकपुरी, वनिंयप्य भनिँदै पछि 'बनेपा' हुन आएको हो । नेवार समुदायमा यस सहरलाई भोंदे अथवा भ्वत पनि भन्ने गरिन्छ । भोटसँग पहिल्यैदेखि राम्रो व्यापारिक सम्बन्ध भएका कारणले यसलाई भोंदे अथवा भ्वत भनिएको हुनर्पर्छ । बनेपालाई 'भुज' पनि भन्ने गरिन्थ्यो । बनेपामा रहेको लिच्छविकालीन शिवदेव अंशुवर्माको अभिलेखमा यसको चार किल्ला खुलाउदा 'चन्द्रेश्वर (चण्डेश्वरमहादेव) ङ ग्रामस्तत' उल्लेख भएकाले बनेपा नै भुजङग्राम हुनुपर्ने देखिन्छ । 'ङ ग्राम' भनी उल्लेख भएको यो ठाउ किरातकालमा नै गाउका रूपमा विकसित भइसकेको हुनुर्पर्दछ । किनभने नालङ, साङ, खोप्रिङ आदि ङ, ∙ आएका बस्तीहरूले ती बस्तीहरू किरातकालीन हुन् भन्ने बुझाउछन् । राजा अभय मल्लको शासनकालको चागुनारायणको भण्डारभित्रको ने. सं. ३५७ को एउटा ताडपत्रमा बनेपालाई 'बनिंयप्य' उल्लेख गरिएको छ । त्यस्तै, बनेपाका राजा जयार्जुनदेवको नाम उल्लेख भएको ने. सं. ४८५ को एउटा ताडपत्रमा यस सहरलाई 'विनयापुरी' उल्लेख गरिएको छ ।

इतिहास[सम्पादन गर्नुहोस्]

बनेपामा पहिले 'भोलाखा’ भन्ने बस्ती मात्र थियो रे । तर कलिगत वर्ष४१९७ अर्थात् वि. सं. ११५९ मा पूर्व मध्यकालीन राजा आनन्ददेव मल्लले बनेपा वरिपरिका स-साना बस्तीहरू भोलाखाबस्तीसँग मिलाई नया बनेपाको निर्माण गर्दा आठ दिशामा आठ गणेशहरू दिक्पालका रूपमा प्रतिष्ठापन गरी प्रत्येक गणेशको मन्दिरसमीप ढोका, पोखरी र पाटी बनाइदिएका थिए । त्यसैले मल्लकालदेखि नै बनेपामा यी आठैवटा गणेशहरूसँग सम्बन्धित एउटा-एउटा दाफा भजन हुन्थे । यस ठाउका मानिसहरू बिहान-बिहान पोखरीमा मुख धोई पाटीमा बसेर भजन गर्दै देवीदेवताको आरती गर्थे । मानिसहरू विहान-विहान देवदेवीहरूप्रति आस्था राखी शुद्ध चित्तले जीवनयापन गर्दथे र बेलुकी पनि पाटीमा बसेर भजन गरी आनन्दपूर्वक जीवन बिताउथे । तर हाल केही पोखरीहरू र्सार्वजनिक कामका लागि प्रयोग भइसकेका छन्, केही पाटीहरू हराइसकेका छन् र चारवटाजति दाफा भजनहरू मात्र चलिरहेका छन्।

बनेपा निर्माण गर्दाको संरचना अत्यन्तै वैज्ञानिक किसिमको थियो । घाम र हावाको सन्तुलन मिलाउनका लागि ठाउठाउमा ननि (चोक) हरू, पानीको व्यवस्था मिलाउन ढुङ्गेधारा र इनारहरू, सांस्कृतिक कार्यक्रमहरू गर्न र नाटक देखाउन डबलीहरू राखी निर्माण गरिएको बनेपा अत्यन्तै व्यवस्थित थियो । यहा नौवटा ढुङ्गेधाराहरू, नौवटा ननि (चोक) हरू, नौवटा डबलीहरू र ९९ वटा इनारहरू थिए । यसरी ९ अङ्क पारेर निर्माण गरिएको बनेपानगरी लक्षणयुक्त छ भनी बूढापाकाहरू भन्दछन्, किनभने शास्त्रीय दृष्टिकोणले ९ अङ्क लक्षणयुक्त र फलदायी हुन्छ । तर धेरैजसो इनारहरू पुरिइसकेका छन्, ढुङ्गेधाराको पानीका मुहानहरू सुकिसकेका छन्, धेरै ठाउका ननि (चोक) हरू अतिक्रमणमा परिसकेका छन् ।

इतिहासका वर्द्धनहरू[सम्पादन गर्नुहोस्]

'गोपालराजवंशावली' मा उल्लेख भए अनुसार मल्लकालीन नेपालमा बनेपाक्षेत्रले राजनीतिमा ठूलो भूमिका खेलेको थियो र बनेपालीहरूको अगुवाइमा देशको राजनीतिमा उलटपुलटसमेत हुने गरेको थियो । त्यस्ता बनेपालीहरू विशेषतः राम वर्द्धनहरू थिए । ज्योतिराम वर्द्धन महामन्त्री थिए । उनले बनेपालाई एक स्वतन्त्र राज्य बनाउन प्रयत्न गरेका थिए । ज्योतिरामका छोरा अनेकराम पनि महामन्त्री थिए । अनेकरामपछि जयसिंहराम बनेपाका राजा जयार्जुनदेवका महामन्त्री भए । वि.सं. १४११ मा जयस्थिति मल्ललाई भक्तपुरमा भित्र्याइयो । केही समयपछि राजकुमारी राजल्लदेवीसित उनको विवाह भयो । त्यसपछि जयस्थिति मल्ललाई नेपालका राजा घोषणा गरियो । अनि जयसिंहरामले राजा जयार्जुनदेवलाई मान्नुर्पर्छ, बाहिरबाट आएका जयस्थिति मल्ललाई हामी राजा मान्दैनौं भनी ४-५ वर्षम्म पूर्वी भेगको नेतृत्व लिई ठूलो व्रि्रोह गरे । पछि जयार्जुनदेवको मृत्यु भयो । त्यसपछि जयस्थिति मल्लले जयसिंहरामलाई हातमा लिई आफ्ना महामन्त्री बनाए । जयस्थिति मल्लका महामन्त्री बनेपछि जयसिंहराम झन् शक्तिशाली बन्न पुगे                                            ।

जयसिंहराम वर्द्धन अत्यन्तै धर्मात्मा थिए । उनले इन्द्रेश्वरमहादेवका चारै मुखमा सुनौला खोल राखे, त्यस मन्दिरको छानामा सुनको मोलम्बा लगाए र इन्द्रेश्वरको हाताभित्र तुलानारायणको प्रतिष्ठापन गर्नुका साथै व्रि्र विद्वान्हरूलाई मूल्यवान् सामानहरू दान दिए । उक्त व्यहोरा ने. सं. ५२१ को पनौती इन्द्रेश्वरमन्दिरभित्रको सुवर्णपत्रमा उल्लेख छ । मुगलसम्राट सुल्तान समसुद्दीनको आक्रमणबाट ध्वस्त पारिएको पशुपतिनाथमन्दिरको पुनरुद्धार गरी ने. सं. ४८० मा जयसिंहरामले चारै वेदका आधारमा चतुर्मुखी पशुपतिनाथको मुर्ति बनाउन लगाएर शास्त्रीय विधिअनुसार प्रतिष्ठापन गरे । जयसिंहराम बनेपाली थिए । उनको दरबार बनेपाको भोलाखामा थियो । उनको दरबारलाई क्वाठ भनिन्थ्यो । हाल पनि त्यस ठाउलाई क्वाठ नै भन्ने गरिन्छ।

सन् १४८२ मा भक्तपुरका राजा यक्ष मल्लको मृत्यु भयो । त्यसपछि यक्ष मल्लका साहिँला छोरा रण मल्ल बनेपाका राजा बने । रण मल्लको शासनकाल ने. सं. ६२२ मा देवी चण्डेश्वरीले बनेपाका धलंछे खलकका मोहनसिं मानन्धरलाई सुनको रागोको टाउको वर (प्रसाद) दिएको कुरा वंशावलीमा उल्लेख छ । तिनै मोहनसिंले पशुपतिनाथ महादेवलाई चढाएको एकमुखी रूद्राक्ष अद्यापि पशुपतिमन्दिरमा छ । रण मल्लपछि उनैका छोरा केशव मल्ल र केशव मल्लपछि कृष्ण मल्ल बनेपाका राजा भए । त्यसपछि बनेपा भक्तपुर राज्यसँग मिल्न गयो ।[२]

भौगोलिक स्थिति[सम्पादन गर्नुहोस्]

बनेपुर वा धर्षपुर नामको यस बनेपा शहर धनुषाकार आकृतिमा काठमाडौँ देखि पूर्व अरनिको राजमार्गको २६ कि.मि. ना उत्तर-दक्षिण फैलिएको जिल्ला सदरमुकाम धुलिखेलदेखि चार कि.मि पश्चिममा चण्डेश्वरी र धनेश्वरी डाँडाको बीचमा ८५०३२" पूर्व देशान्तर र २७०३८" उत्तरी अक्षांशमा रहेको छ। बनेपा समुद्र सतहबाट करीब १४३८ मिटर ( ४७१६ फिट ) उचाइमा अवस्थित छ। करीव १२,५३७ जना बस्ती रहेको यो शहर पुण्यमाता खोलाको किनारमा रहरको प्राचीन एवं ऐतिहासि शहर हो जसले नेपाल अधिराज्यको इतिहासमा बेग्लै अस्तित्व राख्दछ।

वर्तमान वातावरणीय अवस्था[सम्पादन गर्नुहोस्]

यस नगर क्षेत्रको खानेपानी, सिंचाई आदिको प्रमुख श्रोतको रूपमा पश्मिपट्टीब पुण्यमाता खोला रहेको छ। हाल चिन्ताजनक अवस्थामा नभएको भएता पनि पुण्यमाता खोलाको पानीमा प्रदुषणको मात्रा दिन परदिन वढ्दै गएको छ। नगरमा दिनहुँ २।५ क्यू. मि. फोहोर (soil waste) जम्मा हुने र संकलित फोहर पुण्यमाता नदीको किनारा रा होचो भागमा थुपार्ने व्यवस्था, नगरका १९५६ घरबाट प्रत्येक दिन निस्कने नाली Sewage, व्यवस्थित ढल र विना कुनै शद्धिकरण ( Treatment) सोझै पुण्यमाता खोलामा मिसिनाले ज्यादै प्रदूषित भएको छ। मानिसका मलमूत्र मिसिनाले पानीमा अक्सिजनको मात्रा एकदमै भैसकेको हुन्छ। नाइट्रेड फोस्फोट ( NO३PO४ ) तथा कोलिफर्म ( Colliform ) मानिसको मलमूत्रबाट हुने प्रदुषणको हिसावले पानी साह्रै नराम्रोसँग प्रदूषित हुन्छ। साथै यस नदीको मध्यभाग अर्थात श्रीखण्डपुर नजिकहालै स्थापना भएको वाग्मती ट्रेकिङ्ग प्रा.लि. उद्योगबाट निस्कने मैला पदार्थ (Waste material ) सिधै नदीमा मिसिनाले नदीको पानीको रंग कालो र वरिपरिको वातावरण दूर्घन्धित तुल्याएको पाइन्छ। यसैगरी वनेपाको जनघनत्व सरदर ४३२ व्यक्ति प्रति हेक्टर क्षेत्रफल ( ५.३१ वर्ग कि.मी.) फैलिएको सानो नगर भएता पनि जनवस्ती बाक्लो हुनुका साथै राजमार्ग, वनेपा-पनौतीसँग पनि जोडिएको कारणले दैनिक बस, मिनीबस, सरकारी, प्राइभेट कार, मोटर, ट्रक, मोटरसाइकल समेत गरी ३०० वटा आवत-जावत गर्ने गर्दछन् जसद्वारा छाडिएको धुवाँले स्थानीय वातावरणलाई वायू प्रदुषण गराएको छ। किन भनें नेपालमा आउने पेट्रोल १.८७ अक्टोनस्तर भएको मात्र उपल्ब, डिजेल २ प्रतिशत कार्वन हुने स्तरको डिजेल प्रयोग हुने हुँदा नेपालका कार टेम्पोबाट धुँवाका साथै प्रदूषण वढी गराएको पाइन्छ। जसद्वारा सवास प्रस्वास रोगीहरूको संख्या वढ्न जानेछ।

बनेपामा शीर मेमोरियल अस्पताल छ, जो १९५७ में स्थापित गरीएको हो। यस अस्पताललाई भन्डेरबिल्ट विश्वविद्यालय, संयुक्त राज्य अमेरिका र काठमाडौँ विश्वविद्यालयसँग संबद्ध गरेर चिकित्सा कलेजको रूपमा विस्तारित गरीएको छ। यस अस्पतालमा थुप्रै विद्यार्थीहरूले एमबीबीएस र बी.एससी. नर्सिंग कार्यक्रममा भर्ना लिएका छन। बनेपा अपाङ्ग बच्चाहरूको लागि अस्पताल र पुनर्वास केंद्र Hospital and Rehabilitation Centre for Disabled Children(HRDC)को थलो पनि हो। HRDC एक गैर सरकारी सङ्गठनको एक कार्यक्रम हो, अपाङ्गहरूको मित्र। यो देशको एक मात्र अस्पताल हो, जसले तृतीयक स्तरको स्याहार प्रदान गर्दछ, र यसले १६ वर्ष भन्दा कम उमेरका बच्चाहरूको लागि सबैभन्दा राम्रो पुनर्निर्माण सल्यकि्रया र पुनर्वास प्रदान गर्दछ। उसको सेवा नेपालमा सुविद्या बिहिन भएका, शारीरिक रूपबाट अपाङ्ग बच्चाहरूको सेवा केन्द्रीत छ।

काभ्रेपलाञ्चोक जिल्लाको बनेपा, धुलिखेल, र पनौतीको सीमानामा सूचना सूचना प्रविधि पार्क रहेको छ।

नेपाल र चीन (तिब्बत) जोडने अरनिको राजमार्ग, यसै सहरको बिच भागबाट गएको छ। यस कारण, बनेपा पनि तिब्बतको लागि एक प्रमुख व्यापार मार्ग भएको छ। यो बाहेक, एउटा अर्को नव निर्मित राजमार्ग, बीपी राजमार्ग, पनि यस सहरको बिच भागबाट गुज्रदछ। यध्यपी यो एउटा सानो सहर हो, तर पनि बनेपा काठमाडौँको पूर्व में प्रमुख आर्थिक केंद्र हो।

यसै गरी, बनेपा नेपालको काभ्रेपलाञ्चोक जिल्लामा शिक्षाको लागि सबैभन्दा राम्रो ठाउ हो। यहाँ धेरै विद्यालय र कलेजहरू छन्। जिल्लाको सबैभन्दा पुरानो विद्यालय आजाद माध्यमिक विद्यालय, चैतन्य माध्यमिक विद्यालय, शिक्षा सदन माध्यमिक विद्यालय, हिमालय सेकेंडरी स्कूल र केही नाम चलेका निजी बोर्डिंग स्कूलहरूमा प्रगति प्रभात उच्च माध्यमिक विद्यालय,ज्ञान सरोवर अङ्ग्रेजी माध्यमिक ( स्थापित, १९८८मा ) स्कूल, बनेपा वैली स्कूल, सिद्धार्थ अङ्ग्रेजी हायर सेकेंडरी स्कूल, बाल निकेतन अङ्ग्रेजी बोर्डिंग स्कूल, विद्या सागर अङ्ग्रेजी बोर्डिंग स्कूल, बाल बटिका विद्या मन्दिर हाई स्कूल, काभ्रे माध्यमिक विद्यालय र बागमती अङ्ग्रेजी बोर्डिंग स्कूल हो, उनिहरूमा सबैभन्दा पुरानो निजी स्कूल प्रगति प्रभात स्कूल हो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Nepal Census 2001", Nepal's Village Development Committees, Digital Himalaya, अन्तिम पहुँच २००८-०९-०१ 
  2. बनेपा-स्तवन - ज्ञानकाजी मानन्धर

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]