बिष्मा
स्वरूप
| बिष्मा वा विष | |
|---|---|
| Aconitum ferox | |
| वैज्ञानिक वर्गीकरण | |
| जगत: | |
| भाग: | |
| वर्ग: | |
| गण: | |
| कुल: | |
| वंश: | |
| प्रजाति: | A. ferox |
| वैज्ञानिक नाम | |
| Aconitum ferox [Wallich | |
बिष्मा वा बिख्मा औषधीय गुण भएको विषालु वनस्पति हो । यो वनस्पति नेपालका पूर्वी पहाडी भूभाग तथा भारतको पश्चिम बङ्गालमा प्रशस्त मात्रामा पाइन्छ । यसको बहुवर्षीय पतझर बोट करीब एक मिटर अग्लो र आधा मिटर चौडा हुन्छ ।
बिष्माको औषधीय गुणहरू
[सम्पादन गर्नुहोस्]यो बिषालु हुने भएकोले यसलाई होशियारीपूर्वक हर्रोको साररसमा उमालेर निराविषीकरण (विषको असर नाश) गरेर मात्र प्रयोग गर्नु पर्दछ । यसको गानोको प्रयोग कफ, दम, घाँटी दुखेको, ज्वरो, आउँ, पखाला, आन्द्राको रोग, मुटुको टनिकको रूपमा र काटेको घाउमा गरिन्छ । सुन्निएको तथा दुखेको ठाउँमा पनि यसको प्रयोग गरिन्छ । यसको प्रयोग कीरा तथा मुसा मार्न पनि गरिन्छ । यसमा पाइने एकोनाइट रासायनिक तत्व यूनानी, आयुर्वेदिक र आधुनिक सबै उपचार पद्धतिहरूमा गरेको पाइन्छ ।[१]
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ नेपालमा पाइने प्रमुख गैरकाष्ठ वन पैदावार तथा जडीबुटीहरूको औषधीय प्रयोग र महत्त्व, अनिरुद्ध कुमार साह, वनविज्ञान शास्त्री
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा बिष्मा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।