बिष्मा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बिष्मा वा विष
Aconitum ferox
वैज्ञानिक वर्गीकरण
जगत:
भाग:
वर्ग:
गण:
कुल:
वंश:
प्रजाति:
A. ferox
वैज्ञानिक नाम
Aconitum ferox
[Wallich

बिष्मा वा बिख्मा औषधीय गुण भएको विषालु वनस्पति हो । यो वनस्पति नेपालका पूर्वी पहाडी भूभाग तथा भारतको पश्चिम बङ्गालमा प्रशस्त मात्रामा पाइन्छ । यसको बहुवर्षीय पतझर बोट करीब एक मिटर अग्लो र आधा मिटर चौडा हुन्छ ।

बिष्माको औषधीय गुणहरू[सम्पादन गर्नुहोस्]

यो बिषालु हुने भएकोले यसलाई होशियारीपूर्वक हर्रोको साररसमा उमालेर निराविषीकरण (विषको असर नाश) गरेर मात्र प्रयोग गर्नु पर्दछ । यसको गानोको प्रयोग कफ, दम, घाँटी दुखेको, ज्वरो, आउँ, पखाला, आन्द्राको रोग, मुटुको टनिकको रूपमा र काटेको घाउमा गरिन्छ । सुन्निएको तथा दुखेको ठाउँमा पनि यसको प्रयोग गरिन्छ । यसको प्रयोग कीरा तथा मुसा मार्न पनि गरिन्छ । यसमा पाइने एकोनाइट रासायनिक तत्व यूनानी, आयुर्वेदिक र आधुनिक सबै उपचार पद्धतिहरूमा गरेको पाइन्छ ।[१]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. नेपालमा पाइने प्रमुख गैरकाष्ठ वन पैदावार तथा जडीबुटीहरूको औषधीय प्रयोग र महत्त्व, अनिरुद्ध कुमार साह, वनविज्ञान शास्त्री

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]