सामग्रीमा जानुहोस्

पश्चिम बङ्गाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पश्चिम बङ्गाल
পশ্চিমবঙ্গ
भारतको नक्सामा पश्चिम बङ्गाल राज्यको अवस्थिति
भारतको नक्सामा पश्चिम बङ्गाल राज्य
पश्चिम बङ्गाल राज्यको नक्साको अवस्थिति
पश्चिम बङ्गाल राज्यको नक्सा
देश भारत
स्थापना१ नोभेम्बर १९५६
राजधानीकोलकाता
ठूलो सहर
ठूलो महानगरीय क्षेत्र
कोलकाता
जिल्लाहरू२०
सरकार
 • अङ्गपश्चिम बङ्गालकको सरकार
 • राज्यपालकेशरी नाथ त्रिपाठी
 • मुख्यमन्त्रीममता बनर्जी (तृणमूल कांग्रेस)
 • सभासदपश्चिम बङ्गाल संसदीय सभा (२९५* सिट)
 • उच्च अदालतकलकता उच्च अदालत
क्षेत्रफल
 • जम्मा८८७५२ किमी (३४२६७ वर्ग माइल)
 • क्रम१४औँ
जनसङ्ख्या
 (२०११)[१]
 • जम्मा९१३४७७३६
 • क्रमचौँथो
 • घनत्व१०००/किमी (२७००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+०५:३० (भारतीय मानक समय)
मानव विकास सूचकाङ्कह्रास ०.४९२ (न्यून)
एचडीआई क्रमांक१३औँ (२००७-०८)
साक्षरता७७.०८%[२]
आधिकारिक भाषाबाङ्लाअङ्ग्रेजी[३]
वेबसाइटwestbengal.gov.in
^* २९४ निर्वाचित, १ मनोनित

पश्चिम बङ्गाल (बङ्गाली: পশ্চিমবঙ্গ, उच्चारण: पोश्चिमबङ्गो) भारतको एउटा राज्य हो जुन भारतको पूर्वी भागमा अवस्थित छ। पश्चिम बङ्गाल भारतको सबैभन्दा बढी जनसङ्ख्या भएको चौथौ राज्य हो। यहाँ लगभग ९ करोड १३ लाख मानिसको बसोबास गर्छन् भने यसको क्षेत्रफल ८८७५२ वर्ग किमी क्षेत्रमा रहेको छ। पश्चिम बङ्गाल बङ्गलादेश, नेपाल तथा भुटान जस्ता राष्ट्रहरूको सिमामा रहेको छ भने यसको उत्तर-पूर्वमा ओडिशा, झारखण्ड, बिहार, सिक्किम तथा असम जस्ता राज्यहरू रहेका छन्। पश्चिम बङ्गालको राजधानी कलकत्ता हो।

पश्चिम बङ्गालको इतिहास[सम्पादन गर्नुहोस्]

पश्चिम बंगाल बंगाल शब्दबाट आएको हो। संस्कृत भाषाको बंग शब्दबाट बङ्गाल शब्द उत्पत्ति भएको हो। तत्कालिन बङ्गालको पश्चिमी भागमा पर्ने भएकोले यसलाई पश्चिम बङ्गाल नामाकरण गरिएको हो। पश्चिम बङ्गालको दार्जिलिङ केही शताब्दी पहिले नेपाल द्वारा शासित (नेपालको अभिन्न अंग) थियो।

संस्कृति[सम्पादन गर्नुहोस्]

स्वामी विवेकानन्द, युरोपसंयुक्त राज्य अमेरिकामा वेदान्त र योग दर्शनका पहिलो प्रचारक र हिन्दु धर्मलाई विश्वका प्रमुख धर्महरूको स्तरमा उकास्ने र अन्तरधार्मिक सम्बन्ध स्थापना गर्ने एक उल्लेखनीय प्रस्तावक थिए।[४] [५]

साहित्य[सम्पादन गर्नुहोस्]

बङ्गाली भाषामा लेखिएका साहित्यहरू निकै समृद्ध र प्राचीन परम्पराका वाहक मानिन्छन्। बङ्गाली भाषाको सबैभन्दा पुरानो नमूना चर्यपद (१०औँ-१२औँ शताब्दी) हो।[६] तत्कालीन समयका कविहरूले पश्चिम बङ्गालको रारह क्षेत्रको बोलिने भाषालाई साहित्यको भाषाको रूपमा अपनाएको मानिन्छ।[७] बङ्गाली साहित्यको दोस्रो सबैभन्दा पुरानो नमूना श्रीकृष्णकीर्तनका (१५औँ शताब्दी) लेखक बडु चण्डीदास हालको बाँकुडा जिल्लाको छतनाका बासिन्दा थिए।[८] मध्ययुगमा राधाका धेरै कविहरूका रचनाहरू पनि मङ्गलकाव्य विधामा पाइन्छन्। मनसमङ्गल विधाका कवि नारायण देव पूर्वी बङ्गालको किशोरगञ्ज क्षेत्रका बासिन्दा थिए।[९] यस विधाका कवि केतकदास खेमानन्द गङ्गा पश्चिम बङ्गाल क्षेत्रका मूल निवासी थिए। चण्डीमङ्गल विधाका महान् कवि मुकुन्दराम चक्रवर्ती बर्दवान जिल्लाको दामुन्या गाउँका एक बासिन्दा थिए।[१०]

यस साहित्यका उदाहरणहरू मङ्गलकाव्य, श्रीकृष्णकीर्तन, ठाकुरमार झुली र गोपाल भाण्डका कथाहरू हुन्। उन्नाइसौँ र बीसौँ शताब्दीमा बङ्गाली साहित्यको आधुनिकीकरण बङ्किमचन्द्र चट्टोपाध्याय, माइकल मधुसूदन दत्त, रवीन्द्रनाथ ठाकुर, काजी नजरुल इसलाम, सैयद मुज्तबा अली, शरतचन्द्र चट्टोपाध्याय, जीवनानन्द दास, हासान राजा, माणिक बन्दोपाध्याय, शेख फजलुल करिम, ताराशङ्कर बन्दोपाध्याय, मीर मोसर्रफ हुसेन, विभूतिभूषण बन्दोपाध्याय, महाश्रेता देवी आदि लेखकहरूको हातबाट पूरा भएको थियो। साहित्यतर्फको नोबेल पुरस्कारका लागि महाश्वेता देवी, सन्नेट मण्डल, बेन्साधर मजुमदार, श्री अरबिन्दो, हरिमोहन बनर्जी, सञ्जीव चौधरी र नलिनीकुमार मुखर्जीलाई मनोनयन गरिएको थियो। अर्कोतर्फ रवीन्द्रनाथ ठाकुर, सरोजिनी चट्टोपाध्याय र काजी नजरुल इसलामलाई विश्व इतिहासका उत्कृष्ट कविहरूमध्येमा लिइन्छ।

जिल्लाहरू[सम्पादन गर्नुहोस्]

पश्चिम बङ्गालका जिल्लाहरू
हुगली जिल्लामा रहेको एउटा गाउँ

पश्चिम बङ्गालमा १९ वटा जिल्लाहरू रहेका छन:[११][१२]

क्रम जिल्ला जनसङ्ख्या वृद्धि दर लैङ्गिक अनुपात साक्षरता जनघनत्व प्रति वर्ग किमी
उत्तर २४ परगना १०,०८२,८५२ १२.८६ ९४९ ८४.९५ २४६३
दक्षिण २४ परगना ८,१५३,१७६ १८.०५ ९४९ ७८.५७ ८१९
वर्धमान ७,७२३,६६३ १२.०१ ९४३ ७७.१५ ११००
मुर्शिदाबाद ७,१०२,४३० २१.०७ ९५७ ६७.५३ १३३४
१४ पश्चिम मेदिनीपुर ५,९४३,३०० १४.४४ ९६० ७९.०४ ६३६
१६ हुगली ५,५२०,३८९ ९.४९ ९५८ ८२.५५ १७५३
१८ नादिया ५,१६८,४८८ १२.२४ ९४७ ७५.५८ १३१६
२० पूर्व मेदिनीपुर ५,०९४,२३८ १५.३२ ९३६ ८७.६६ १०७६
२३ हावडा ४,८४१,६३८ १३.३१ ९३५ ८३.८५ ३३००
३५ कोलकाता ४,४८६,६७९ −१.८८ ८९९ ८७.१४ २४२५२
५८ मालदह ३,९९७,९७० २१.५० ९३९ ६२.७१ १०७१
६६ जलपाईगुडी ३,८६९,६७५ १३.७७ ९५४ ७३.७९ ६२१
८० बाँकुडा ३,५९६,२९२ १२.६४ ९५४ ७०.९५ ५२३
८४ बीरभूम ३,५०२,३८७ १६.१५ ९५६ ७०.९० ७७१
१२४ उत्तर दिनाजपुर ३,०००,८४९ २२.९० ९३६ ६०.१३ ९५६
१२९ पुरुलिया २,९२७,९६५ १५.४३ ९५५ ६५.३८ ४६८
१३६ कूचबिहार २,८२२,७८० १३.८६ ९४२ ७५.४९ ८३३
२५७ दार्जिलिङ १,८४२,०३४ १४.४७ ९७१ ७९.९२ ५८५
२९५ दक्षिण दिनाजपुर १,६७०,९३१ ११.१६ ९५४ ७३.८६ ७५३

प्रत्येक जिल्ला एउटा जिल्ला अधिकारी वा जिल्ला मजिस्ट्रेटबाट सञ्चालित हुन्छन् जो भारत सरकारद्वारा नियुक्त गरिएका हुन्छन्।[१३]

आर्थिक अवस्था[सम्पादन गर्नुहोस्]

खेलकुद[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "Area, population, decennial growth rate and density for 2001 and 2011 at a glance for West Bengal and the districts: provisional population totals paper 1 of 2011: West Bengal", Registrar General & Census Commissioner, India, अन्तिम पहुँच २६ जनवरी २०१२ 
  2. "Sex ratio, 0–6 age population, literates and literacy rate by sex for 2001 and 2011 at a glance for West Bengal and the districts: provisional population totals paper 1 of 2011: West Bengal", Government of India:Ministry of Home Affairs, अन्तिम पहुँच २९ जनवरी २०१२ 
  3. "Report of the Commissioner for linguistic minorities: 47th report (July 2008 to June 2010)", Commissioner for Linguistic Minorities, Ministry of Minority Affairs, Government of India, पृ: 122–126 {नेपाली दार्जिलिङ जिल्लाको तीन उपक्षेत्रमा बोलिने गरिन्छ।}, अन्तिम पहुँच १६ फेब्रुअरी २०१२ 
  4. Georg, Feuerstein (२००२), The Yoga Tradition, Motilal Banarsidass, पृ: 600, आइएसबिएन 3-935001-06-1 
  5. Clarke, Peter Bernard (२००६), New Religions in Global Perspective, Routledge, पृ: २०९, आइएसबिएन 0-7007-1185-6, अन्तिम पहुँच २००६-०४-११ / 
  6. বাংলা সাহিত্যের ইতিবৃত্ত, প্রথম খণ্ড, অসিতকুমার বন্দ্যোপাধ্যায়, মডার্ন বুক এজেন্সি প্রাঃ লিঃ, কলকাতা, ২০০৬, পৃ. ১৪৩
  7. শ্রীকৃষ্ণকীর্তন বড়ু চণ্ডীদাস বিরচিত, ডঃ মিহির চৌধুরী কামিল্যা সম্পাদিত, শিলালিপি, কলকাতা, ১৯৯৭, পৃ.৪
  8. বাংলা মঙ্গলকাব্যের ইতিহাস, আশুতোষ ভট্টাচার্য, এ মুখার্জি অ্যান্ড কোং প্রাঃ লিঃ, কলকাতা, ২০০৯, পৃ. ২৫৪
  9. বাংলা মঙ্গলকাব্যের ইতিহাস, আশুতোষ ভট্টাচার্য, এ মুখার্জি অ্যান্ড কোং প্রাঃ লিঃ, কলকাতা, ২০০৯, পৃ. ২৮৪
  10. বাংলা মঙ্গলকাব্যের ইতিহাস, আশুতোষ ভট্টাচার্য, এ মুখার্জি অ্যান্ড কোং প্রাঃ লিঃ, কলকাতা, ২০০৯, পৃ. ৪০৪
  11. "Indian Districts by Population, Growth Rate, Sex Ratio 2011 Census", भारत सरकार, अन्तिम पहुँच ३ डिसेम्बर २०१२ 
  12. "Directory of district, sub division, panchayat samiti/ block and gram panchayats in West Bengal, March 2008" (DOC), West Bengal Electronics Industry Development Corporation Limited, Government of West Bengal, मार्च २००८, पृ: १, अन्तिम पहुँच १५ फेब्रुअरी २०१२  वेब्याक मेसिन अभिलेखिकरण ७ डिसेम्बर २०१३ मिति
  13. "Section 2 of West Bengal Panchayat Act, 1973", Department of Panchayat and Rural Department, West Bengal, अन्तिम पहुँच ९ डिसेम्बर २००८ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

सरकार