दार्जिलिङ जिल्ला
दार्जिलिङ जिल्ला
দার্জিলিং জেলা | |
---|---|
![]() पश्चिम बङ्गालको नक्सामा दार्जिलिङ जिल्ला | |
देश | भारत |
राज्य | पश्चिम बङ्गाल |
प्रशासनिक विभाजन | जलपाइगुरी |
सदरमुकाम | दार्जिलिङ |
सरकार | |
• लोकसभा निर्वाचनक्षेत्र | Darjeeling |
• विधानसभा क्षेत्र | Darjeeling, Kurseong, Matigara-Naxalbari, Siliguri, Phansidewa |
क्षेत्रफल | |
• जम्मा | ३,१४९ किमी२ (१,२१६ वर्ग माइल) |
जनसङ्ख्या (२०११) | |
• जम्मा | १,८४२,०३४ |
• घनत्व | ५८०/किमी२ (१,५००/वर्ग माइल) |
सङ्ख्या | |
• साक्षरता | ७९.९२% |
• लिङ्ग अनुपात | ९७१ |
मुख्य राजमार्गहरु | NH 31, NH 55 |
वेबसाइट | आधिकारिक वेवसाईट |
दार्जिलिङ जिल्ला (बङ्गाली: দার্জিলিং জেলা) पूर्वी भारतमा पश्चिम बङ्गाल राज्यको सबैभन्दा उत्तरमा पर्ने जिल्ला हो। यो जिल्ला भारतको पश्चिम बङ्गाल प्रान्तको १९ वटा जिल्लाहरू मध्ये एउटा जिल्ला हो। यो जिल्ला आफ्नो पहाडी रमणिय स्थलको लागि प्रसिद्ध छ, दार्जिलिङ, कयौं पटक यस जिल्लालाई हिमालयको रानी भनेर र दार्जिलिङको चिया र यसको बासनालाई पुन:निर्देशित गरिन्छ। कालिम्पोङ, खर्साङ र सिलिगुडी, तीन अन्य प्रमुख सहरहरू, यस जिल्लाको उप विभागीय सदरमुकाम हुन। मिरिक, यस जिल्लाको एउटा अन्य सहर, १९७० मा ताल रिसर्ट (lake resort)को रूपमा विकसित गरियो।
भौगोलिक रूपमा यो जिल्ला दुई भागमा विभाजित गर्न सकिन्छ, पहाड र समतल भू-भागमा। जिल्लाको पुरै पहाडी क्षेत्र दार्जिलिङ गोर्खा पार्वत्य परिषद अन्तर्गत पर्दछ, एउटा स्वायत्त प्रशासनिक क्षेत्र जुन पश्चिम बङ्गाल राज्य सरकारको आधिनमा छ। यो परिषदको अधिकार जिल्लाको तीन पहाडी उपविभाग दार्जिलिङ, कुर्सियांग र कलिम्पोंग माथि छ। दार्जिलिङ हिमालयको दक्षिणको समथर क्षेत्र, जुन सिलिगुडी उपविभाग अन्तर्गत आउँछ, तराई भनेर चिनीन्छ। यो तराई उत्तरको पहाडको आधार देखि बिहारको पूर्णिया जिल्ला सम्म फैलेको छ, पूर्वमा जलपाइगुडी जिल्ला देखि लिएर पश्चिममा नेपाल सम्म फैलिएको छ। उत्तर देखि दक्षिण सम्मको यसको दूरी १८ मील (२९ किमी), छ र पूर्व देखि पश्चिम सम्मको यसको दूरी १६ मील (२६ किमी) छ।
इतिहास[सम्पादन गर्नुहोस्]
दार्जिलिङ नाम तिब्बती शब्दहरू डोरेबाट आउछ।
यी पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
बाह्य सूत्र[सम्पादन गर्नुहोस्]
