सामग्रीमा जानुहोस्

गोरखाली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गोर्खाली
गोर्खा
१९ औँ शताब्दीको बेलायत र नेपालको युद्धको चित्र
जम्मा जनसङ्ख्या
३१,१२२,३८७
भाषाहरू
नेपाली
धर्महरू
हिन्दु, बौद्ध, मष्टो, किराँत


यो लेख गोर्खा ब्यक्ति समूहको बारेमा छ, अन्य विकल्पको लागि हेर्नुस: गोर्खा (बहुविकल्प)

गोरखा फौजको सर्वोच्च कमाण्डर बडाकाजी अमरसिंह थापा
हर्स गार्डस अवेन्युमा एक गोर्खाको प्रतिमा, जुन रक्षा मंत्रालयको बाहिर छ, वेस्टमिन्सटर सहर, लण्डनमा.

गोर्खाली वा गोरखाली (अङ्ग्रेजी: Gurkha) नेपालमा बसो बास गर्ने बासिन्दा हुन। गोरखा जिल्ला आधुनिक नेपालको ७७ जिल्लाहरू मध्य एक हो। गोर्खालीहरू आफ्नो साहस र हिम्मतको लागि विख्यात छन् र उनीहरू नेपाली आर्मी, भारतीय आर्मी को गोरखा रेजिमेन्टब्रिटिश आर्मी को गोरखा ब्रिगेज को लागि पनि खुबै जानिन्छन्।

गोर्खालीहरूलाई ब्रिटिस भारतका अधिकारीहरूले मार्शल रेश भनेर उपाधी दियेका थिए। उनीहरूका अनुसार गोर्खाली प्राकृतिक रूपमै योद्धा हुन्छन् र युद्धमा आक्रमक हुन्छन, वफादारी र साहसको गुण गोर्खालीहरूमा, आत्म निर्भर हुन्छन, भौतिक रूपबाट बलियो र फुर्तीलो, सुब्यवस्थित हुन्छन, लामो समय सम्म कडा मेहनत गर्ने, हठी योद्धा, मिलेट्री रणनैतिकार हुन्छन् गोर्खालीहरू।

ब्रिटिस भारतीय आर्मीमा यी "मार्शल रेश" हरूलाई भारी मात्रामा भर्ना गरिएको थियो। भारतीय आर्मीको भूतपूर्व चीफ अफ स्टाफ सैम मानेकशाले एक चोटी प्रख्यात रूपमा भनेका थिए:-

If a man says he is not afraid of dying, he is either lying or is a Gurkha.

अर्थात: "जुन ब्यक्तिले भन्छ कि मलाई मर्नुबाट डर लाग्दैन, उ ब्यक्ति कि त झुटो बोल्दैछ कि त गोर्खा हो।"