खस जाति
एक खस महिला | |
| जम्मा जनसङ्ख्या | |
|---|---|
| १.६ करोड | |
| उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू | |
| नेपाल, भारत, भुटान, तिब्बत | |
| भाषाहरू | |
| नेपाली | |
| धर्महरू | |
| हिन्दु |
खस जाति आर्य मुलका तत्कालिन विशाल नेपाल – अहिलेको नेपाल, अहिलेको चीन तिब्बती भुभाग, अहिलेको भुटान र वर्तमान भारतमा पर्ने -उत्तराखण्ड, हिमाचल प्रदेश र जम्मु कश्मीर र पाकिस्तानमा बसोबास गर्छन। पश्चिमी र उत्तरपश्चिमी हिमालयबाट मध्य हिमालयमा यस जनजातिको प्रवासलाई नेपाली भाषासँग सम्बन्धित प्रारम्भिक भाषिक प्रमाणहरूले प्रमाणित गरेको छ। २०७२ को संविधान अन्तर्गत खस आर्यका प्रमुख समुदायहरू बाहुन, क्षेत्री, ठकुरी, सन्न्यासी, कामी, दमाई, सार्की, गन्धर्व, र राउटे पर्छन भने धेरै पछि मात्र नेपाल मा वैदिक आर्य हरूको आगमन पश्चात खस जाति लाइ गोत्र र जनाइ दिएर बाहुन, क्षेत्रि, ठकुरी र दलित जाति मा परिणत गरेको पाइन्छ। खस जाति लाइ चिन मा साइ जनजाति पनि भनिन्छ भने तिब्बत तिर याचे भन्ने गरेको पाइन्छ। नेपाली समाज वैदिक आर्य , खस आर्य समुदायको मिश्रण भएको समाज हो। यो समाजको अन्तर सम्बन्ध अध्ययन गर्दा धेरै कुराहरु थाहा हुन् सक्छ। यिनीहरु इशापूर्व प्रथम सहस्राब्दिमा भारत बर्षमा प्रवेश गरेका थिए। खश राजाहरु पनि तिब्बती बौद्धहरुको सम्पर्कमा आएपछि बौद्धधर्ममा दीक्षित भएको उल्लेख छ। [१]
मूल
[सम्पादन गर्नुहोस्]खस जाति प्राचीन सिन्दु साहित्यमा उल्लेख गरिएका खशहरूसँग जोडिएका छन्।[२] इतिहासकार बाबुराम आचार्यको अनुमान छ कि खस ऐडाको उप-वंश हो, एक "आर्य" वंश जुन इदवृत (आधुनिक कश्मीर देखि नेपाल) प्रवेश भएको थियो।[३] खस ईसापूर्व तेस्रो सहस्राब्दीमा इडावरिटमा बस्दै आएका थिएँ र खस शब्दको मूल अर्थ शुरविर र पराक्रमी थियो।[३] उनले थप अनुमान गरेका छन् कि कश्मीरलाई स्थानीय बासिन्दाहरूबाट खसमिर नाम दिइएको थियो।[४]
इतिहासकार (बालकृष्ण पोखरेल आर्य नभई गुर्जर, दराडा, शक र पल्लव जस्ता त्यस पूर्व का आर्यहरू भएको दाबी गर्छन्।[५] उनले थप दाबी गरे कि उत्तर-लुटेर आर्यहरू भाषा र संस्कृतिको गणितले वैदिक आर्यहरू जस्तै थिएँ।[५] एक भाषाविद्ले संस्कृत र इरानी भाषा भाषिक सम्बन्ध भएका खसहरू "आर्य मूलका क्षत्रिय लडाकु जनजाति हुन् भनी दाबी गरे, जसले इतिहासमा युद्ध कैशलका अनुपम नमुना दर्शाएका थिए [६]
कश्मीरका खसहरू
[सम्पादन गर्नुहोस्]
छैटौँ शताब्दीको निलमत पुराण तथा १२औँ शताब्दीको राजतरङ्गिणीका अनुसार कश्मीरमा खसहरू शासन रह्यो। पीर पन्जालदेखि पश्चिम तथा दक्षिण भागका क्षेत्रहरू खसहरूको बाहुल्यता रहेको कुरा निलमत पुराण तथा राजतरङ्गिणीमा उल्लेखित छ। आइरिस इतिहासकार सर मार्क औरल स्टाइनले पण्डित कल्हणको १२औँ शताब्दीको राजतरङ्गिणीको अनुवाद गरेका थिएँँ। उक्त अनुवादमा "राजापुरी (वर्तमान राजौरी)को शासक खसहरूको मुखिया हो..." भन्ने वाक्य वर्णित थियो। राजौरीको शासकले कश्मीरको शासकहरूसँग बिहाबारी गरेको तथा लोहारका शासकले काबुलको हिन्दु शाहीकी राजकुमारीसँग विवाह गरेको वर्णित छ।[७] इतिहासकार स्टाइनका अनुसार राजौरीका २०औँ शताब्दीसम्मका शासक खस उद्गमका थिएँँ र हिन्दु धर्म परिवर्तन गरी राजपुत भनेका थिएँँ।
इतिहासकार सर मार्क औरल स्टाइनको राजतरङ्गिणीको अनुवादमा वर्तमान खख (वा खख राजपुत) जातिलाई खससँग जोडिएको थियो। त्यस्तै लोहार वंशलाई पनि खस जातिको भनी वर्णित छ। इतिहासकार जोनराजका अनुसार कश्मीरको प्रथम मुसलमान वंश, शाह मीर वंश, पनि खस जातिको थियो। लोहार राज्यका खस शासक सिंहराजका छोरी दिद्दाले कश्मीरको राजा क्षेमगुप्तसँग विवाह गरेकी थिइन्। दिद्दाका भतिजा सङ्ग्रामराज ईश्वी १००३ मा कश्मीरको प्रथम लोहार वंशका शासक बन्न पुगे। लोहार वंशका हर्ष वा हर्षदेव कश्मीरको प्रसिद्ध शासक बने।
=खस जातिका थरहरू
[सम्पादन गर्नुहोस्]खस भाषा
[सम्पादन गर्नुहोस्]बेबिलोनियाको अभिलेखबाट कस वा खस भाषाका ३०० जति शब्द र कसहरूले पुज्ने गरेका ३० वटा देव देविका नाम जानकारीमा आएको बताईको छ। कस अर्थात् खसहरू [स्रोत नखुलेको] बाल्लीक प्रदेशमा आइपुग्दा उनीहरूले बोल्ने भाषा बाल्हीकी नामले प्रसिद्ध भएको बुझिएको छ। ख्याती प्राप्त भाषा शास्त्री जी.ए. ग्रियसर्नले बाल्हीकीजन्य खस भाषालाई पहाडी भाषाको संज्ञा दिएर पश्चिमी पहाडी, पूर्वीय पहाडी र केन्द्रीय पहाडी गरी ३ भागमा बाँडेका छन्। पूर्वी पहाडी भनेर सिञ्जालीलाई दिएको छ। खस साम्राज्यमा सिञ्जाली (जुम्ली) राजकाजको माध्यम बनाई राज्य भाषाको स्थान दिइएकाले यसको उत्तरोत्तर विकास भयो। पछि गएर सबै बाहिसे र अधिकांश चौविसे राज्यको राज्य भाषा नेपाली हुन गयो। यो खस वा हालको नेपाली भाषा विश्वका एक दर्जन सजिला र वैज्ञानिक भाषा भित्र पर्दछ। यो भाषाको विकास पनि निकै द्रुत गतिमा भएको देखिन्छ। आज हामीले नेपाली भाषाका रूपमा बोलिने भाषाकाे मुल आधार खस भाषा, पालिभाषा र सँस्कृत भाषा हाे। यी तीन भाषाकाे मिश्रितरुप नेपाली भाषा हाे। साहित्य, संस्कृति र कलाको क्षेत्रमा समेत समृद्ध हुंदै गएको नेपाली भाषा पश्चिम नेपालबाटै फैलिंदै, परिमार्आजित हुँदै असम र वर्मा तथा भुटानसम्म फैलिएको छ। खस, पाली र सँस्कृत भाषा मिश्रित भए पनि नेपाली भाषाकाे मुल आधार भने खस कुरा (भाषा) नै हाे। यद्यपि ठेट खस भाषा सुदुर पश्चिम नेपालका सुदुर पश्चिम र कर्णाली प्रदेशका वासिन्दाले वाहेक अरुलाई बुझ्न गाह्राे हुन्छ। छिटाे विकास भएको र सजिलो भाषा हुनाले र नेपालमा खस राज्यको साम्राज्य कायम भएको हुनाले पनि यो भाषालाई अन्य भाषा भाषीहरूले ग्रहण गरेका र विस्तार भएको देखिन्छ। २०५८को जनजणना अनुसार ४८.६१ प्रतिशत नेपाली जनताले आफ्नो मातृभाषा नेपाली बताएका छन्। अन्य मातृभाषा बोल्ने जनजातिहरूले पनि नेपाली भाषालाई कामकाजी र दोस्रो भाषा बनाएका छन्। यसबाट नेपाली भाषा देशका बहुसङ्ख्यक जनताले बुझ्ने राष्ट्र भाषाका रूपमा स्थपित भएको छ। नेपाली भाषा विस्तारै स्थापित हुनुमा खस साम्राज्यको भाषिक आधिपत्यका कारण हो। यसको लागि पंचायती साशन सम्म पंचवर्षीय योजनामा अरु भाषाहरूको प्रयोग न्युनिकरण गर्न सरकारी कोष प्रयोग हुन्थ्यो। प्रजातन्त्र स्थापना भैसक्दा पनि नेपालको कुनै पनि सरकारी कामकाजमा नेपाली बाहेक अरु भाषा प्रयोग गर्न गैह्र कानुनी हुने सर्वोच्च न्यायालयले फैसला गरेको थियो, जुन दिनलाई अन्य भाषीहरूले कालोदिनको रूपमा अहिलेसम्म मनाउंछन्। लोकतन्त्र स्थापना पछि पनि, अहिले सम्मको नेपाल सरकारको बजेट र नेपालको शिक्षा प्रणालीमा सरलीकरण लगायतका अन्य भाषालाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याइएको छैन।
नेपालको खस अङ्ग
[सम्पादन गर्नुहोस्]नेपाल एउटा बहुराष्ट्रिय, बहुधार्मिक, बहुसांस्कृतिक र बहुजातीय मुलुक हो। नेपाली समाजका विविध अङ्गहरू छन्। जस्तै मधेसी, थारू, कोचे, लिम्बू, याखा राई, हायु र सुनुवार, झै, किराँतहरू, मगर, थामी, चेपाङ, लाप्चे, कुसुण्डा र राजी, झ्र, लाङघालीहरू, नेवार, तामाङ, गुरुङ र थारू झै हिमाली,जिरेल,राव, तराइलीहरू। यी अनेकौँ अङ्गहरू मध्ये खस विशेष पनि एक हो ।[८] नेपालको एकिकरण राष्ट्रिय एकता तथा अङ्ग्रेजी साम्राज्यवादका विरूद्धको सङ्घर्षमा नेपालका खसस जातीको ठूलो भुमिका रहेको छ ।। नेपालको इतिहासमा राणा शासन स्थापना, कोत पर्व, भण्डारखाल पर्व, पंचायती व्यवस्था, साथै नेपालको वर्गीय मुक्ति आन्दोलन, सामाजिक मुक्ति आन्दोलनमा पनि खस जाति मुख्य भूमिकामा रहेको देखिन्छ। वर्गीय समाजमा इतिहासको शासक यो जाति मात्रै हो। साथै, शासित र उत्पीडित रैतीका रूपमा, भाषिक शोसन बाहेक, अन्य उत्पीडनमा अन्य जातिहरू झैँ यो जाती रहेको छ ।
अर्काथरीले खसहरू मध्य एसियामा शकहरू हुन र उनिहरूलाई नै खस भनिएकाे पनि भनिन्छ। [स्रोत नखुलेको] खसहरू सिन्दु र बौद्ध दुबै धर्ममा आस्था राख्दथे। राजा भारदार र सामान्य प्रजा समेत दुबै धर्ममा प्रवल आस्था राख्थे।[९] तिब्बती लामाहरूका दृष्टिमा खसहरू बोधिसत्वतार नै थिएँँ भने कुमाउँ र गढवालका हिन्दुहरूका अगाडि खसहरूले आफुलाई संस्कारका भक्तका रूपमा उभ्याउँथे। खसहरूमा कुनै धार्मिक वा रिवाजमा कट्टरता थिएँँन। त्यसैले अवैदिक आर्य भइकन पनि खसहरूलाई वैदिक आर्य बन्न वा हिन्दुकरण हुन असहज नभएको देखिन्छ। कुनै पनि धार्मिक वा साम्प्रदायिक जड्ता नभएको र संस्काकारमा समेत उदार हुनाले कर्णालीका जातिले नेपालमा प्रचलित रहेका। [स्रोत नखुलेको] अहिले वर्णाश्रम र खानपानमा समेत मानव सभ्यताको आधुनिकतासँगै यो जातिले आफुलाई समय सापेक्ष बाटोमा सहजै ढाल्दै लगेको देखिन्छ। प्राचीन ऐतिहासिक कालदेखि नै नेपालमा मानव जातिको बसोबास भएको थियो।[१०] नेपाली संस्कृति कुनै जातिको प्रवेशले अर्को जातिको सङ्घर्ष नेपालमा भएन।[११] खसहरूले नेपालमा सह जाती मङ्गोलियनहरूलाई लखेटेर जातीय राज्य खडा गर्ने काम गरेनन्। [स्रोत नखुलेको] यहाँका आर्य र मङ्गोलियनका बीचमा ठुलो मात्रामा जातीय सङ्घर्ष भएन। दुवै जातिले प्रारम्भकाल देखि नै एक अर्काको अस्तित्व स्वीकारर्दै मेलमिलाप गरेर बसेको देखिन्छ।[१२] नेपालका यी जातिहरूका बचिमा र अन्य जातिहरूका बीचमा पनि सांस्कृतिक आदानप्रदान रहनसहनको लेनदेन तथा सद्भाव रहंदै आएको छ। नेपालको सामाजिक इतिहासमा यो सांस्कृति व्यावहारिक तथा मनोवैज्ञानिक सङ्गमलाई नेपाली सामाजिक सभ्यताका रूपमा अरूले पनि मूल्याङ्कन गर्ने गरेका छन्।
खस जातिमा कत्युरी वंशकाे प्रभाव
खस जातिमा कत्युरी वंशकाे प्रभाव पनि छ। कतिपयले त कत्युरी वंशलाई समेत खस जाति भनेर भन्दछन्। यथार्थमा त्याे सत्य हाेईन। कत्युरी वंश भनेकाे चन्द्र गुप्त (द्वतिय) बिक्रमादित्यकाे वंशकाे एक शाखा हाे। यसले छैटाे शताव्दिमा राजा कात्तिकेलाई प्रथम राजा मानेर कुमाउ गढवालका खसहरूका स-साना राज्यहरूमाथि नियन्त्रण गरेर राज्य स्थापना गरियाे। त्यसकाे प्रमुख राजधानी कुमाउ गढवाल (जाेशिमठ) उपत्यकामा स्थापना गरियाे। कात्तिके राजाले स्थापना गरेकाे राजधानीकाे नाम कात्तिकेपुरी र त्यहाँ शासन गर्ने वंशलाई कत्युरी वंश भनिएकाे हाे। कत्युरी वंशका वाेलिचाली भाषा पालि भए पनि राज्य भाषा सँस्कृत थियाे। जात व्यवस्था कत्युरी राज्यमा सुरु देखि नै थियाे। याे राज्य १० ओं शताव्दि तिर विस्तार गर्दै डाेटि सम्म पुगेकाे थियाे। वैशाख सुक्ल माेहनी एकादशीका दिन देवताकाेरुपमाराजा कात्तिकेलाई पुजा गर्दै आएकाे याे कत्युरीवंशले देवताकाे पुजा गर्ने शाखा डाेटिमा विस्तार गरेकाले कात्तिकेराजालाई माेहन्याल देवता भनिन्छ। कत्युरिवंशले खसहरूले मष्टलाई प्रमुख देवता माने जस्तै माेहन्याल देवतालाई आफ्नाे प्रमुख देवता मान्दछन्। माेहन्याल पुजा गर्नेहरू खस नभएर बिक्रमादित्यका वंशका शाखा कत्युरीवंश हुन। वि.सं.१२८० मा खस राजा क्राचल्लले कत्युरी राज्य पुरै आफ्नाे मातहतमा लगेर खस राज्य पुन: फिर्ता लगेका थिए। कत्युरी समुदायकाे बाहुल्यता भएकाे ठाउँमा मष्ट माडाैं समेत बाहिर राख्न दिदैनन्। जवकि मष्ट माडाै घर भित्र वा मन्दिरमा राखिदैन। खसला आकाशमुनी राखिन मष्ट माडाैंलाई कत्युरीवंशकाे ज्यादतिका कारण सुदुर पश्कचिम प्रदेशका कतिपय ठाउँमा खस जातिले मष्ट माडाैं घर भित्र राख्न बाध्य छन्। जुनसुकै जातमा विभाजन गरे पनि खस जातिले अरु सव छाेड्न सक्छ। तरफ मष्ट पुजा गर्न छाेड्दैन। त्यसकारण हामी पूरा दावीका साथ भन्न सक्छाैं- मष्ट पुजा गर्नेहरू जुनसुकै जातका भए पनि खसहरू हुन।
खसजातिमा भ्रम र वास्तविकता
खसजातिमा एउटा भ्रम के रहेकाे छ भने केहीले क्षेत्री भरी सवै खस हुन्। याे कुरा निकै गलत छ। नेपालका क्षेत्री जातिहरू खस, वैदिक आर्य, लिच्छिवीवंश, कत्युरीवंश आदिका पर्दछन्। यसरी दुई तिहाई सङ्ख्य गैर खसहरू खस जातिका हुन्छन्। त्यसकारण याे पुरै गलत छ। कतिपयले बाहुनवाट नझरेका झर्रा क्षेत्रीहरू मात्र खस हुन भन्दछन्। याे पनि सहि तर्क हाेईन। खस जातिमा कत्युरीवंश वा वैदिक आर्य जातिमा जस्ताे जातप्रथा वा व्यवस्था थिएन। जातिय विभेद वा छुवाछुत मुक्त खस सभ्यता थियाे। खस समुदायमा जातिय विभेद र छुवाछुत प्रणाली थिएन। जातप्रथाले खस सभ्यताली समुदायलाई जातमा विभाजन गरेकाे हाे। खस जातिलाई क्षेत्री वनाउने व्यवस्था/प्रथाले बाहुन्, ठकुरी, मतवाली र दलित किन वनाउदैन? त्यसकारण हामीले जाेडताेडले भन्न सक्छाैं कि मष्ट देवता पुजा गर्नेहरू सवै खस जाति हुन्।
सभ्यताकाे जननी सँस्कृति हाे
कुनै पनि सभ्यताकाे आधार (जग) त्याे सभ्यताकाे सँस्कृति हुन्छ। खस सभ्यताकाे जननी खस सँस्कृति हाे। खस सँस्कृति भनेकाे मष्ट सँस्कृति हाे। यसैका आधारमा खस सभ्यताकाे जन्म भएकाे हाे। मष्ठ सँस्कृतिलाई कतिपयले परमपरा भन्छन्। त्याे यथार्थमा गलत हाे। मष्ट संस्कृति भनेकाे प्रकृति पुजक सँस्कृति हाे। मष्ट देवतालाई अर्काे भाषामा माटे देवता पनि भनिन्छ। माटाे प्रकृति हाे। प्रकृति (मष्ट) पुजामा वलिप्रथा छ। प्रथा परम्पारा वा सँस्कार हाे। सँस्कृति समग्र हाे। संस्कार सँस्कृतिकाे अंश हाे। समग्र गुणात्मक र अंश मात्रात्मक विकास वा परिवर्तन हुने गर्दछ। यसकारण सँस्कार छिनछिनमै बदलिन्छ। सँस्कृति ढिलाे विकास वा परिवर्तन हुन्छ। 'मष्ठ सँस्कृति' सँस्कार वा परम्पारा हाेईन। खसहरू ती हुन्-जसले मष्ट सँस्कृति आदिमकाल देखि अङ्गाल्दै आएका छन्।
आजको समयमा खस
[सम्पादन गर्नुहोस्]
आजको समयमा पनि केही खस संस्कारहरू जीवितै छन्। पूर्ण रूपले सिन्दुकृत भएका खसहरूले सिन्दु धर्मसँगै खस संस्कारहरू पालना गर्छन्। खसको मूलभूत चिह्नहरूमध्ये मष्टो पुजा वा देवाली एक हो। आज पनि खस केही बाहुन,ठकुरि र क्षेत्री समुदायहरू १२ मष्टो देवताका पुजा गर्छन्। अन्य सिन्दु जातिहरूसँग भिन्न रहने मष्टो पुजा प्राचीन खस सँस्कृति हो। पर्वते सिन्दु समुदायको अर्को चिनारी खस भाषा हो। यो एक भारोपेली भाषा परिवार को एक शाखा हो।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ खश साम्राज्यको इतिहास पृष्ट २३,१४० प्रा डा सुर्यमणि अधिकारी , ( पहिलो सस्करण २०६१ ,भुडी पुराण प्रकाशन )
- ↑ Dor Bahadur Bista (१९९१), Fatalism and Development: Nepal's Struggle for Modernization, Orient Blackswan, आइएसबिएन 978-81-250-0188-1।
- 1 2 Acharya, Baburam (१९७५), "Itihas Kaalbhanda Pahile", in Bhandari, Devi Prasad, Purnima (Kathmandu) 8 (1)। अभिलेखिकरण २०२४-०५-१३ वेब्याक मेसिन
- ↑ John T Hitchcock (१९७८), "An Additional Perspective on the Nepali Caste System", in James F. Fisher, Himalayan Anthropology: The Indo-Tibetan Interface, Walter de Gruyter, आइएसबिएन 978-90-279-7700-7।
- 1 2 Pokharel, Balkrishna (डिसेम्बर १, १९७३) [१९६२], "Ancient Khas Culture", Regmi Research Series 5 (12): 229–236। अभिलेखिकरण जुन २५, २०२४ वेब्याक मेसिन
- ↑ Grierson, George Abraham (१९१६), Linguistic Survey of India, Volume 9, Part 4 9, Office of the superintendent of government printing, India।
- ↑ Kalhana, Kalhana's Rajatarangini: a chronicle of the kings of Kasmir 2, पृ: ४३३, आइएसबिएन 9788120803701, अन्तिम पहुँच ४ मार्च २०१९।
- ↑ [ बालकृष्ण पोखरेल, खस जातिको इतिहास, उदात्त अनुसन्धान अड्डी, बिराटनगर, २०६५ पृष्ठ ६३४ २०]
- ↑ [प्रा.डा.सूर्यमणि अधिकारी, खस साम्राज्यको इतिहास, भूँडीपूराण प्रकाशन, काठमाडौँ प्रथम संस्करण, २०६१, पृष्ठ १९७]
- ↑ [प्रा.डा. प्रेमरमण उप्रेती, प्रा. डा. कृष्णबहादुर थापा, नेपालको सङ्क्षिप्त सामाजिक आर्थिक तथा कुटनैतिक इतिहास, साझा प्रकाशन, काठमाडौँ २०५३ पृष्ठ १]
- ↑ [प्रा.डा. प्रेमरमण उप्रेती, प्रा. डा. कृष्णबहादुर थापा, नेपालको सङ्क्षिप्त सामाजिक आर्थिक तथा कुटनैतिक इतिहास, साझा प्रकाशन, काठमाडौँ २०५३ पृष्ठ १]
- ↑ [प्रा.डा. प्रेमरमण उप्रेती, प्रा. डा. कृष्णबहादुर थापा, नेपालको सङ्क्षिप्त सामाजिक आर्थिक तथा कुटनैतिक इतिहास, साझा प्रकाशन, काठमाडौँ २०५३ पृष्ठ १]
साभार : (शशिधर भण्डारी) हाक साप्ताहिक
पुस्तक
[सम्पादन गर्नुहोस्]- विष्ट, डोरबहादुर (१९९१), फ्याटालिजम एण्ड डेभलपमेन्ट: नेपाल्स स्ट्रगल फर मोर्डनाइजेसन, नेपाल: ओरियन्ट ब्लायक स्वान।