खस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
खस/खसिया/पर्वते/पहाडी/गोर्खालि
गोर्खाली/खस्या
उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू
 नेपाल 
 भारत 
भाषाहरू
खस भाषा तथा अन्य क्षेत्रगत भाषा (उदाहरण; नेपालमा डोटेली भाषा) तथा भारतको उत्तराखण्डमा कुमाँऊनीगढवाली
धर्महरू
Om.svg हिन्दु, मस्टो
सम्बन्धित जातीय समूह
पहाडी, कुमाँऊनी मानिस, गढवाली मानिस, कश्मीरी, डोग्रा
भारत सङ्ग्रहालयमा राखिएको खस व्यक्तिको नमुना तस्विर; जसलाई गोरखा जनजाति भनी पहिचान गरिएको छ
भारत सङ्ग्रहालयमा राखिएको दुई खस जनजाती व्यक्तिहरूको नमुना तस्विर

खस वा खसिया एक हिन्द-आर्य भाषिक जातिय समुदाय हो, जसले नेपालको पहाडी भूभागको ठूलो जनसंख्या ओगटेको छ। यो जातिका अन्य नामहरू पर्वते र पहाडी र गोर्खाली हुन्। यो जाति तत्कालिन विशाल नेपाल – हाल भारतमा पर्ने उत्तराखण्ड, हिमाचल प्रदेशजम्मु कश्मीरका साथै सुदुर तथा मध्य पश्चिम नेपालको कर्णाली क्षेत्रमा प्राग एतिहासिक कालखण्ड देखि बसोबास गरेको हो। त्यहाँबाट खसहरू नेपालको पूर्वी भागमा फैलदै गए र हाल नेपालको प्रायः सबैजसो ठाउँमा बसोबास गर्न पुगेका छन्। अहिले खस जातिहरूको मुख्य स्थान भनेको तत्कालिन विशाल नेपालमामा पर्ने भू-भाग – पूर्वमा आसम देखि पश्चिममा काश्मिर् सम्म – हिमाञचल प्रदेश तथा उतराखण्ड, नेपाल, सिक्किम, दार्जीलिङ, भुटान, आसाम र बर्माको पहाडी क्षेत्र आदि पर्दछन्।

खस समुदायका मुख्य हाँगा[सम्पादन गर्नुहोस्]

कश्मीरका खसहरू[सम्पादन गर्नुहोस्]

पीर पञ्जालदेखि पश्चिम तथा दक्षिण भागका क्षेत्रहरू खसहरूको बाहुल्यता रहेको कुरा निलमत पुराण तथा राजतरङ्गिणी

छैटौं शताब्दीको निलमत पुराण तथा १२ औँ शताब्दीको राजतरङ्गिणीका अनुसार कश्मीरमा खसहरू शासन रह्यो । पीर पञ्जालदेखि पश्चिम तथा दक्षिण भागका क्षेत्रहरू खसहरूको बाहुल्यता रहेको कुरा निलमत पुराण तथा राजतरङ्गिणीमा उल्लेखित छ । आइरिस इतिहासकार सर मार्क औरल स्टाइनले पण्डित कल्हणको १२ औँ शताब्दीको राजतरङ्गिणीको अनुवाद गरेका थिए । उक्त अनुवादमा "राजापुरी (वर्तमान राजौरी)को शासक खसहरूको मुखिया हो..." भन्ने वाक्य वर्णित थियो । राजौरीको शासकले कश्मीरको शासकहरूसंग बिहाबारी गरेको तथा लोहारका शासकले काबुलको हिन्दू शाहीकी राजकुमारीसंग विवाह गरेको वर्णित छ ।[१] इतिहासकार स्टाइनका अनुसार राजौरीका २०औं शताब्दीसम्मका शासक खस उद्गमका थिए र इस्लाममा धर्म परिवर्तन गरी मुसलमान राजपुत भनेका थिए ।

इतिहासकार सर मार्क औरल स्टाइनको राजतरङ्गिणीको अनुवादमा वर्तमान खख (वा खख राजपुत) जातिलाई खससंग जोडिएको थियो । त्यस्तै लोहार वंशलाई पनि खस जातिको भनी वर्णित छ । इतिहासकार जोनराजका अनुसार कश्मीरको प्रथम मुसलमान वंश, शाह मीर वंश, पनि खस जातिको थियो । लोहार राज्यका खस शासक सिंहराजका छोरी दिद्दाले कश्मीरको राजा क्षेमगुप्तसँग विवाह गरेकी थिइन् । दिद्दाका भतिजा संग्रामराज ईश्वी १००३ मा कश्मीरको प्रथम लोहार वंशका शासक बन्न पुगे । लोहार वंशका हर्ष वा हर्षदेव कश्मीरको प्रसिद्ध शासक बने ।

खस जातिका थरहरू[सम्पादन गर्नुहोस्]

सरकारी दर्जाबाट उत्पत्ति भएका थरहरू[सम्पादन गर्नुहोस्]

जस्तैः

कर्णाली प्रदेशका गाउँका नाउँबाट उत्पत्ति भएका थरहरू[सम्पादन गर्नुहोस्]

धिता- धिताल, पाण्डुसेरा - पाण्डे, सिञ्जा - सिजापति, चैडिलागाउँ - चौलागाई, प्याकुरी - प्याकुरेल, सिम्खाडा - सिम्खडा,

तिमिल्सैन - तिमल्सेना, तिम्सिना, घमिराउँ - घिमिरे, देवकोट - देवकोटा, ढुङ्ग्रानी - ढुङ्गाना, ढाँकु - ढकाल, बजगाउँ- बजगाईँ, रिमा- रिमाल, रसाईली, स्वाँरा - स्वार, घोडासैन - घोडासैनी, पुरासैन - पुडासैनी, धमाली - धमाला, दर्ना - दर्नाल, कुइका - कुँइकेल, चाल्सा - चालिसे, बारला - बराल, लामिसाल (लम्साल)

रेगम - रेग्मी, सोत - सोती, खार - खरेल, खराल, सुवाडा - सुबेडा, सुवेदी, बयाना - बनियाँ, बानियाँ. पौडी - पौडेल

जमकट्टी - जमरकट्टेल, छाती - छन्त्याल, कुँडी - कुड्याल, बेलकाटे - केलकाटिया, खातिवाडा - खाती

गाजरी - गजुरेल

डोटेखेला - डोटेल, दिपायल्या - कठायत, निरौली - निरौला, ओझाना - ओझा,

खनाया - खनाल, कालैगाउँ - कल्यान, खत्याड - खतिवडा

लामाछान्नी - लामिछाने, बाँस्कोट - बास्कोटा, बाँस्तोली - बास्तोला, सातला - सत्याल, लुयाटी - लुईँटेल, चापागाउँ - चापागाईँ, नेपा - नेपाल, रिजु - रिजाल, पोखर - पोखरेल, लम्सु - लम्साल, लम्जी - लम्जेल, दह - दाहाल, दहाल, दुल्लु (दुर्लूंग)- दुलाल, गैह्रा - गैह्रे, गैरे भूर्ति - भूर्तेल, पराजुल - पराजुली, कोइराली - कोइराला, दवाडा - दवाडी, कट्टील - कट्टेल, भुषाकोट - भुषाल, सुइय - सुइयेल, वड - बडाल, मोडासैन - मरासैनी, मरासिनी, गुरगाउँ - गुरागाईं

खिटि्कसैन - खिर्सिने, भुतौ - भुर्तेल, राँचु - रूचाल, गेला - गेलाल, वञ्जाडा - बन्जाडे, बाँझकोट - बाँँझकोटा

सर्पुकोट - सापकोटा, गोतामकोट -गौतम,गोतामे

रजौरा - रजौरिया

खस भाषा[सम्पादन गर्नुहोस्]

बेबिलोनियाको अभिलेखबाट कस वा खस भाषाका ३०० जति शब्द र कसहरूले पुज्ने गरेका ३० वटा देव देविका नाम जानकारीमा आएको बताईको छ। कस अर्थात् खसहरू[स्रोत नखुलेको] बाल्लीक प्रदेशमा आइपुग्दा उनीहरूले बोल्ने भाषा बाल्हीकी नामले प्रसिद्ध भएको बुझिएको छ। ख्याती प्राप्त भाषा शास्त्री जी.ए. ग्रियसर्नले बाल्हीकीजन्य खस भाषालाई पहाडी भाषाको संज्ञा दिएर पश्चिमी पहाडी, पूर्वीय पहाडी र केन्द्रीय पहाडी गरी ३ भागमा बाँडेका छन्। पूर्वी पहाडी भनेर सिञ्जालीलाई दिएको छ। खस साम्राज्यमा सिञ्जाली (जुम्ली) राजकाजको माध्यम बनाई राज्य भाषाको स्थान दिइएकाले यसको उत्तरोत्तर विकास भयो। पछि गएर सबै बाहिसे र अधिकांश चौविसे राज्यको राज्य भाषा नेपाली हुन गयो। यो खस वा हालको नेपाली भाषा विश्वका एक दर्जन सजिला र वैज्ञानिक भाषा भित्र पर्दछ। यो भाषाको विकास पनि निकै द्रुत गतिमा भएको देखिन्छ। आज हामीले नेपाली भाषाका रूपमा बोलिने खस भाषा यही अवस्थामा थिएन। साहित्य, संस्कृति र कलाको क्षेत्रमा समेत समृद्ध हुंदै गएको खस वा नेपाली भाषा पश्चिम नेपालबाटै फैलिंदै आसाम र वर्मा तथा भूटानसम्म फैलिएको छ। विकास भएको र सजिलो भाषा हुनाले र नेपालमा खस राज्यको साम्राज्य कायम भएको हुनाले पनि यो भाषालाई अन्य भाषा भाषीहरूले ग्रहण गरेका र विस्तार भएको देखिन्छ। २०५८को जनजणना अनुसार ४८.६१ प्रतिशत नेपाली जनताले आफ्नो मातृभाषा नेपाली बताएका छन्। अन्य मातृभाषा बोल्ने जनजातिहरूले पनि नेपाली भाषालाई कामकाजी र दोस्रो भाषा बनाएका छन्। यसबाट नेपाली या खस भाषा देशका बहुसंख्यक जनताले बुझ्ने राष्ट्र भाषाका रूपमा स्थपित भएको छ। नेपाली या खस भाषा विस्तारै स्थापित हुनुमा खस साम्राज्यको भाषिक आधिपत्यका कारण हो। यसको लागि पंचायती साशन सम्म पंचवर्षीय योजनामा अरु भाषाहरूको प्रयोग न्युनिकरण गर्न सरकारी कोष प्रयोग हुन्थ्यो। प्रजातन्त्र स्थापना भैसक्दा पनि नेपालको कुनै पनि सरकारी कामकाजमा नेपाली बाहेक अरु भाषा प्रयोग गर्न गैह्र कानुनी हुने सर्वोच्च अदालतले फैसला गरेको थियो, जुन दिनलाई अन्य भाषीहरूले कालोदिनको रूपमा अहिलेसम्म मनाउंछन्। लोकतन्त्र स्थापना पछि पनि, अहिले सम्मको नेपाल सरकारको बजेट र नेपालको शिक्षा प्रणालीमा सरलीकरण लगायतका अन्य भाषालाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याइएको छैन।

नेपालको खस अंग[सम्पादन गर्नुहोस्]

नेपाल एउटा बहुराष्ट्रिय, बहुधार्मिक, बहुसांस्कृतिक र बहुजातीय मुलुक हो। नेपाली समाजका विविध अङ्गहरू छन्। जस्तै मधेसी, थारु, कोचे, लिम्बु, याखा राई, हायु र सुनुवार, झै, किराँतहरू, मगर, थामी, चेपाङ, लाप्चे, कुसुण्डा र राजी, झ्र, लाङघालीहरू, नेवार, तामाङ, गुरुङ रथारू झै त१४९णहरू केही हिमाली, राव, तराइलीहरू। यी अनेकौँ अङ्गहरू मध्ये खस नामक अंगले पनि नेपाली हुनुमा गौरव मान्दै आएको छ।[२] नेपालको एकिकरण राष्ट्रिय एकता तथा अङ्ग्रेजी साम्राज्यवादका विरूद्धको संघर्षमा नेपालको इतिहासमा खस जातिले बलिदानीपूर्ण संघर्ष गर्दै आएको छ। नेपालको इतिहासमा राणा शासन स्थापना, कोत पर्व, भण्डारखाल पर्व, पंचायती व्यवस्था, साथै नेपालको वर्गीय मुक्ति र सामाजिक मुक्ति आन्दोलनमा पनि खस जातिको भूमिकामा रहेका देखिन्छ। वर्गीय समाजमा इतिहासको शासक यो जाति मात्रै हो। साथै, शासित र उत्पीडित रैतीका रूपमा, भाषिक शोसन बाहेक, अन्य उत्पीडनमा अन्य जातिहरू झैं यो जाति रहेको छ।

सामाजिक इतिहासमा खस[सम्पादन गर्नुहोस्]

माथि नै बताइसकिएको छ कि खसहरू आर्य हुन् तर बैदिक आर्य होइनन्।[स्रोत नखुलेको] एक समय खस साम्राज्यको राज धर्म बौद्ध थियो। राजा भारदार र सामान्य प्रजा समेत बौद्ध धर्ममा प्रवल आस्था राख्थे।[३] तिब्बती लामाहरूका दृष्टिमा खसहरू बोधिसत्वतार नै थिए भने कुमाउँ र गढवालका हिन्दूहरूका अगाडि खसहरूले आफूलाई संस्कारका भक्तका रूपमा उभ्याउँथे। खसहरूमा कुनै धार्मिक वा रिवाजमा कट्टरता थिएन। त्यसैले अवैदिक आर्य भइकन पनि खसहरूलाई वैदिक आर्य बन्न वा हिन्दूकरण हुन असहज नभएको देखिन्छ। कुनै पनि धार्मिक वा साम्प्रदायिक जड्ता नभएको र संस्काकारमा समेत उदार हुनाले कर्नालि को जतिले नेपालमा प्रचलित रहेका मंगोलियनहरूलाई दशैं पर्व मान्न सिकायो भने मंगोलियनहरूले कुनै उत्सवमा निधारभरी चामलका अक्षता लगाउने प्रचलनलाई दशैंमा टिकाका रूपमा अनुसरण गर्‍यो।[स्रोत नखुलेको] अहिले वर्णाश्रम र खानपानमा समेत मानव सभ्यताको आधुनिकतासँगै यो जातिले आफूलाई समय सापेक्ष बाटोमा सहजै ढाल्दै लगेको देखिन्छ।

प्राग एतिहासिक कालदेखि नै नेपालमा मानव जातिको बसोबास भएको थियो। नेपालका आर्य खस, मधेसी आर्य र मंगोल सबै बाहिरबाट आएर बसेका जाति हुन्। मंगोलियन जातिको नेपाल प्रवेश मुख्यतः उत्तर र पूर्वोत्तर दिशाबाट भएको देखिन्छ। भने खसहरू पश्चिम नेपाल प्रवेश गरेका थिए भने मधेसी दक्षिणबाट। यी दुई जाति मध्ये पुराणलाई छोड्दा खसहरू ने पहिले प्रबेश गरेको देखिन्छ । [४] नेपाली संस्कृति कुनै जातिको प्रवेशले अर्को जातिको संघर्ष नेपालमा भएन।[५] खसहरूले नेपालमा सह जाती मंगोलियनहरूलाई लखेटेर जातीय राज्य खडा गर्ने काम गरेनन्।[स्रोत नखुलेको] यहाँका आदिबासी, आर्य र मंगोलियनका बीचमा ठूलो मात्रामा जातीय संघर्ष भएन। दुवै जातिले प्रारम्भकाल देखि नै एक अर्काको अस्तित्व स्वीकारर्दै मेलमिलाप गरेर बसेको देखिन्छ।[६] नेपालका यी जातिहरूका बचिमा र अन्य जातिहरूका बीचमा पनि सांस्कृतिक आदानप्रदान रहनसहनको लेनदेन तथा सद्भाव रहंदै आएको छ। नेपालको सामाजिक इतिहासमा यो सांस्कृति व्यावहारिक तथा मनोवैज्ञानिक संगमलाई नेपाली सामाजिक सभ्यताका रूपमा अरूले पनि मूल्यांकन गर्ने गरेका छन्।

आजको समयमा खस[सम्पादन गर्नुहोस्]

आधुनिक खस जाति, पर्वते हिन्दु

आजको समयमा पनि केही खस संस्कारहरू जीवितै छन् । पूर्ण रूपले हिन्दुकृत भएका खसहरूले हिन्दु धर्मसँगै खस संस्कारहरू पालना गर्छन् । खसको मूलभूत चिन्हहरूमध्ये मष्टो पुजा वा देवाली एक हो । आज पनि ठकुरिक्षेत्री समुदायहरू १२ मष्टो देवताका पुजा गर्छन् । अन्य हिन्दु जातिहरूसँग भिन्न रहने मष्टो पुजा प्राचिन खस संस्कार हो । पर्वते हिन्दु समुदायको अर्को चिनारी खस भाषा (नेपाली भाषा) हो । यो एक इन्डो-आर्यन भाषा परिवारको सदस्य हो जो भारोपेली भाषा परिवार को एक शाखा हो ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Kalhana, Kalhana's Rajatarangini: a chronicle of the kings of Kasmir 2, पृ: ४३३, आइएसबिएन 9788120803701, अन्तिम पहुँच ४ मार्च २०१९ 
  2. [ बालकृष्ण पोखरेल, खस जातिको इतिहास, उदात्त अनुसन्धान अड्डी, बिराटनगर, २०६५ पृष्ठ ६३४ २०]
  3. [प्रा.डा.सूर्यमणि अधिकारी, खस साम्राज्यको इतिहास, भूँडीपूराण प्रकाशन, काठमाडौँ प्रथम संस्करण, २०६१, पृष्ठ १९७]
  4. [प्रा.डा. प्रेमरमण उप्रेती, प्रा. डा. कृष्णबहादुर थापा, नेपालको संक्षिप्त सामाजिक आर्थिक तथा कुटनैतिक इतिहास, साझा प्रकाशन, काठमाडौँ २०५३ पृष्ठ १]
  5. [प्रा.डा. प्रेमरमण उप्रेती, प्रा. डा. कृष्णबहादुर थापा, नेपालको संक्षिप्त सामाजिक आर्थिक तथा कुटनैतिक इतिहास, साझा प्रकाशन, काठमाडौँ २०५३ पृष्ठ १]
  6. [प्रा.डा. प्रेमरमण उप्रेती, प्रा. डा. कृष्णबहादुर थापा, नेपालको संक्षिप्त सामाजिक आर्थिक तथा कुटनैतिक इतिहास, साझा प्रकाशन, काठमाडौँ २०५३ पृष्ठ १]

साभार : (शशिधर भण्डारी) हाक साप्ताहिक

पुस्तक[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

बाहिरी स्रोत[सम्पादन गर्नुहोस्]

"https://ne.wikipedia.org/w/index.php?title=खस&oldid=1097804" बाट अनुप्रेषित